तेस्रो दिनसम्म मध्यभोटेकोशी जलविद्युतको आईपीओमा मागभन्दा २.८८ गुणा बढी आवेदन

असोज २२, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको आईपीओमा निष्कासनको तेस्रो दिन सम्ममा २ दशमलव ८८ गुणा बढी आवेदन परेको छ । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकका अनुसार शुक्रवार साढे ३ बजेसम्म १५ लाख ६२ हजार १८० जना आवेदकबाट २ करोड ३५ लाख ९२ हजार २९० कित्ता शेयरको लागि आवेदन परेका हो । यो माग भन्दा २ दशमलव ८८ गुणा बढी हो । कम्पनीले असोज २० गते देखि ९० लाख कित्ता आईपीओमध्य ८१ लाख ९० हजार कित्ता आईपीओ सर्वसाधारणमा सार्वजनिक निष्कासन गरेकोे हो । कुल कित्तामध्ये ४ प्रतिशत दरको ३ लाख ६० हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरेको छ भने ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरी बाँकी रहेको ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणले अवोदन दिन सक्नेछन् । यो शेयर विक्रीको लागि छिटोमा असोज २५ गते र ढिलोमा कात्तिक ३ गतेसम्मको मिति तोकिएको छ । शेयर खरीदका लागि आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आईपीओ खरीदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । यो आईपीओलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी आईएस रेटिङ प्रदान गरेको छ । सर्वसाधारणमा आईपीओ जारी गर्नुपूर्व कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीहरुका लागि १ करोड ४४ लाख कित्ता आईपीओ विक्री गरिसकेको छ भने आयोजना प्रभावित स्थानिय सहित सिन्धुपाल्चोक जिल्लाका वासिन्दाहरु समेतमा ६० लाख कित्ता शेयर बाँडफाँट गरिसकेको छ । सर्वसाधारणका लागि रू. १ अर्ब ५० करोड बराबरको आईपीओ विक्री गर्न बैशाख ५ गतेनै बोर्डको अनुमति पाएको कम्पनीले पहिलो चरणमा १० प्रतिशत शेयर स्थानियमा वितरण गरेको हो । यस पछि दोस्रो चरणमा १५ प्रतिशतका दरले रू. ९० करोड बराबरको ९० लाख कित्ता शेयर कम्पनीले हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ५० करोड रहेको छ । सर्वसाधारणमा आईपीओ जारी गरेपश्चात कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब पुग्नेछ । यस कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको कुल निर्माण लागत निर्माण अवधिको ब्याजसहित रू. १६ अर्ब ९७ करोड ३२ लाख १८ हजार रहेको छ । आर्थिक वर्ष ०७६/७७ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी रू. ५ करोड ५० लाखभन्दा बढी नोक्सानीमा रहेको छ । उक्त अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९४ दशमलव ३९ रहेको छ । प्रतिशेयर आम्दानी भने रू. १ दशमलव २२ ऋणाम्त्मक छ ।

सम्बन्धित सामग्री

चिरख्वाको आइपीओमा आवेदन दिने अन्तिम दिन आज

काठमाडौं- चिरख्वा हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज शुक्रबार अन्तिम दिन रहेको छ। लगानीकर्ताले आज असोज २६ गते कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन्। सीडीएसका अनुसार यसमा बिहीबार (असोज २५ गते) साँझ ५ः०७ बजेसम्ममा ८ लाख ७३ हजार १८० जना आवेदकले ९५ लाख ६८ हजार ४३० कित्ताका लागि आवेदन दिइसकेका छन्। यो मागभन्दा ११.१४ गुणा बढी […]

एसियनको आइपीओमा आवेदन दिने अन्तिम दिन आज

काठमाडौँ – एसियन हाइड्रोपावरको आइपीओमा आवेदन दिने फागुन ३ गते बुधबार अन्तिम दिन रहेको छ। लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन्। हाइड्रोपावरले माघ २७ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणका लागि ६ लाख ९७ हजार २ सय कित्ता आइपीओ बिक्री खुला हो। यस कम्पनीले आफ्नो जारी पुँजी ३४ करोड […]

सुपर मादीकाे आइपीओमा आजसम्म मात्र आवेदन दिन पाइने

काठमाडौँ – सुपर मादी हाइड्रोपावरको आइपीओमा बिहीबारसम्म मात्र आवेदन दिन पाइने भएकाे छ। आज माघ १२ गते बिहीबार अन्तिम दिन भएकाले लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन्। यसमा मागभन्दा बढी आवेदन परिसकेको छ। यस कम्पनीले माघ ९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो। कम्पनीले २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता […]

सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज मंगलवार अन्तिम दिन रहेको छ । कम्पनीले साउन १३ गतेदेखि आवेदन आह्वान गरेकोमा मंगलवार लगानीकर्ताले आवेदन दिन पाउँने भएका हुन् ।कम्पनीले कुल ७ लाख २१ हजार ६० कित्ता शेयर निष्कासन गर्न लागेको हो ।  यसमध्ये ३६ हजार ५३ कित्ता शेयर समूहिक लगानी कोष र १४ हजार ४२१ कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ  भने बाँकी रहेको ६ लाख ७० हजार ५८६ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त आ

फ्युजमेसिनको एआई फेलोशिपमा मंगलबारसम्म आवेदन दिन सकिने, यसरी दिनुहोस् आवेदन

फ्युजमेसिनको एआई फेलोशिपमा भोलि मंगलबारसम्म आवेदन दिन सकिने छ । एआईको क्षेत्रमा काम गर्दै आएको फ्युजमेसिनले केही दिन अगाडि नेपालमा ‘एआई फेलोशिप २०२२’ घोषणा गरेको थियो ।  फ्युजमेसिनले एआई शिक्षा र एआई रोजगार दिने लक्ष्य राखेको छ । उक्त कार्यक्रम अन्तर्गत फ्युजमेसिनले नेपालमा एआई फेलोशिप २०२२ को घोषणा पनि गरेको छ ।   अनलाइनबाट हुने फेलोशिप कार्यक्रम विगत २ वर्ष देखि...

मध्य भोटेकोशीको आईपीओमा आजसम्म आवेदन दिन सकिने

२० असोज, काठमाडौं । करिब ८ लाख १९ हजार आवेदकलाई १० कित्ता पर्ने मध्ये भोटेकोशी जलविद्युत कम्पनीको आईपीओका लागि आजसम्म आवेदन दिन सकिनेछ । २० असोजबाट सर्वसाधाराणका लागि खुला भएको आइपीओमा आजसम्म आवेदन दिन सकिनेछ । कम्पनीले कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशनमा ल्याए पनि ८१ लाख ९० हजार कित्ता शेयरका […]

कलेज आइडिया हन्ट २०२१ का लागि आवेदन खुल्यो, विद्यार्थीले यसरी दिन सक्छन् आवेदन

आवेदन गत साउनमै खुलाइए पनि कोरोनाका कारण विद्यार्थीले आवदेन दिन समस्या हुने भन्दै मिति संशोधन गरिएको आयोजकले जनाएका छन् ।

आइसिटी अवार्डमा आवेदन दिने अन्तिम दिन आज, यसरी दिनुहोस् आवेदन

छैठौं आइसिटी अवार्डमा मंगलबार रातीसम्म मात्र आवेदन दिन सकिने  भएको छ । गत असार ८ गतदेखि खुल्ला भएको आवेदन आज रातीदेखि बन्द हुने भएको हो ।  लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न सरकारी तथा निजी संस्थाहरूको सहकार्यमा आयोजना हुने ‘आइसिटी अवार्ड २०२१’ को लागि विभिन्न ११ विधाहरूमा नोमिनेशन खुला गरिएको छ । सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा चिनिएको...

इजरायल रोजगारी-अनलाइन आवेदन दिन समस्या भयो ? यसरी भर्नुहोस् फारम

वैदेशिक रोजगार विभागले सहायक कामदारको रूपमा इजरायलमा सरकारी तवर बाटै नेपाली श्रमिक पठाउनका लागि मंगलबार आवेदन दिने सूचना जारी गरेको छ । इजरायल रोजगारीको लागि आवेदन दिने चाहनेहरूले सजिलै अनलाइनमार्फत नै आवेदन दिन सक्छन् । तर अनलाइनमार्फत आवेदन दिन विभिन्न समस्या भएको आवेदकले गुनासो गरिरहेका छन् । अनलाइनमार्फत सजिलै कसरी आवेदन दिन सकिन्छ त ? हामीले वैदेशिक रोजगार विभागका सूचना प्रविधि शाखाका निर्देशक श्रीचन्द्र साहलाई सोधेका छौँ ।इजरायल रोजगारीका लागि सजिलै कसरी आवेदन दिने ?इजरायलको दीर्घकालीन स्याहार सेवा केन्द्...

स्टार्टअप सम्मानमा आवेदन दिन समय थप

२७ असार,काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘स्टार्टअप सम्मानका लागि आवेदन दिने म्याद चार दिन थप गरेको छ । नवप्रर्वतनात्मक उद्यम र संस्थालाई सम्मान गर्न भन्दै मन्त्रालयले पहिलो पटक असार १६ देखि २५ सम्म स्वतन्त्र आवेदन माग गरेको थियो । त्यसअवधिमा छुट भएकाहरुका लागि असार २९ गतेसम्म निवेदन दिन सकिने गरी मन्त्रालयले दोस्रो सूचना […]