वर्तमान सरकार कुनै पनि हिसाबले विश्वास नगर्नुपर्ने सरकार हुँदै होइन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार कुनै पनि हिसाबले विश्वास नगर्नुपर्ने सरकार हुँदै नभएको बताएका छन् । सोमवार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले भने, ‘वर्तमान सरकार कुनै पनि हिसाबले विश्वास नगर्नुपर्ने सरकार हुँदै होइन ।’ राष्ट्रियताको सवालमा अडान लिएर सरकारले राष्ट्रिय स्वाभिमान माथि उठाउने काम गरेको उनले बताए । ‘राष्ट्रियताको सवालमा मैले धेरै भनिराख्नुपर्दैन । राष्ट्रिय हितको रक्षा र सम्वर्द्धनको प्रश्नमा, भौगोलिक अखण्डताको पहरेदारी गर्ने सन्दर्भमा, राष्ट्रिय स्वाभिमान माथि ...

सम्बन्धित सामग्री

सरकारले काेराेना सङ्क्रमणलाई सत्ता सुरक्षा कवच बनायाे : कांग्रेस

काठमाण्डाै – नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार संविधानको मूल मर्म र भावना विपरीत सत्तामा आसिन रहेको बताएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली संविधानको मूल मर्म र भावना विपरीत सत्तामा आसिन रहेको बताउनुभएको हो । सरकारले संसदीय प्रक्रियालाई छलेर दुरगामी प्रकृतिका निर्णय लिइरहेको पनि विज्ञप्तिमा उल्लेख छ । सभापति देउवाले सरकारी संयन्त्रको दुरुपयोग नगर्न चेतावनी दिँदै सरकारका सम्बन्धमा मुद्दा सर्व...

विश्वासको मत पाउन असफल : प्रधानमन्त्री ओली कामचलाउ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विश्वास गुमाउनु भएको छ । प्रतिनिधिसभाको सोमवार बसेको बैठकमा ओलीले पेश गर्नुभएको विश्वासको मतको प्रस्ताव सभाले अस्वीकृत गरेसँगै संविधानतः ओली सरकार कामचलाउ सरकार बनेको छ । सरकार निर्माण सम्बन्धमा अन्योल कायम रहे पनि सोमबारको मतदानले राजनीतिक निकास खोल्ने अपेक्षा गरिएको छ । सोमवार प्रतिनिधिसभासमक्ष प्रधानमन्त्री ओलीले राखेको विश्वासको मत प्राप्त गर्ने सम्बन्धी प्रस्तावको पक्षमा ९३ मत मात्रै परेकाले उहाँको सरकार कामचलाउमा परिणत भएको हो । प्रधानमन्त्रीका रूपमा निरन्तरताका लागि ओलीलाई प्रतिनिधि सभामा कायम कुल २७१ सांसदको बहुमत अर्थात् १३६ मत आवश्यक थियो । २३२ जना सांसद उपस्थित प्रतिनिधि सभाको विशेष बैठकमा प्रधानमन्त्री ओलीले राख्नुभएको प्रस्तावको विपक्षमा १२४ मत प¥यो भने १५ जना सांसदले पक्ष वा विपक्षमा मतदान गरेनन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षका सांसद र राष्ट्रिय जनमोर्चाका सांसदले विपक्षमा मतदान गरे । त्यस्तै, जसपाकै अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षका सांसद तटस्थ बसे । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसद बैठकमा सहभागी भएनन् । माओवादीले समर्थन फिर्ता नलिँदै प्रधानमन्त्री ओलीले संविधानको धारा १०० को प्रावधानअनुसार विश्वासको मत लिएका थिए । ओली नेकपा (माओवादी केन्द्र) को समर्थनमा ३ फागुन २०७४ मा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । आम निर्वाचनबाट बहुमत प्राप्त नेकपाको संसदीय दलको नेताको हैसियतमा ओली प्रधानमन्त्री हुनुभएको थियो । तर, सोमवार उहाँले प्रतिनिधिसभामा बहुमत सिद्ध गर्न सक्नुभएन । प्रधानमन्त्री ओली पदमुक्त भए पनि नयाँ प्रधानमन्त्री नियुक्त नहोउन्जेल ओलीले नै कामचलाउ प्रधानमन्त्रीका रूपमा काम गर्नु हुनेछ । प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न नसकेको घोषणा गर्दै प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सभाको अर्काे बैठक ३० वैशाख दिउँसो १ बजेका लागि बोलाउनुभयो । तर, सोमवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभाको अधिवेशन नै अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेको छ । बालुवाटारमा बसेको बैठकले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको अधिवेशन अन्त्य गर्न सिफारिश गरेको सरकारका एक मन्त्रीले जानकारी दिए । नेकपाको माधव नेपाल समूहको आगामी रणनीति केहो भन्ने स्पष्ट छैन । त्यसैले नयाँ सरकार कस्तो बन्छ वा यही सरकारले निरन्तरता पाइरहन्छ भन्ने अन्योल कायमै छ । संसद्मा आरोप–प्रत्यारोप प्रतिनिधिसभासमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको प्रस्तावमाथि छलफलका क्रममा सोमवार दलहरूबीच आरोपप्रत्यारोप चल्यो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीले संवैधानिक व्यवस्था समाप्त गरेको आरोप लगाए । संसद् पुनःस्थापना भएपछि राजीनामा दिनुपर्नेमा अटेर गरेको भन्दै देउवाले ओलीको चर्को आलोचना गरे । त्यस्तै, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पनि प्रतिनिधिसभासमक्ष विश्वासको मत माग्ने नैतिक अधिकार ओलीले गुमाएको भन्दै आक्रोश पोखे । प्रधानमन्त्री ओली प्रतिनिधिसभा विघटन गर्ने मनसायका साथ विश्वासको मत लिएर आएको हुन सक्ने उनको आशंका थियो । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बजेट र योजना विनाको शिलान्यास गरेर ओली सरकारले गलत काम गरेको बताए । उनले भने, ‘आयोजनाको डिजाइन पनि छैन, बजेट पनि छैन, हतार÷हतार शिलान्यास गरेको छ, बजेट र योजनाविनाको शिलान्यासलाई विकास भनिँदैन प्रधानमन्त्रीजी ।,’ संसद्मा बोल्ने अन्य दलले समेत ओली सरकारको चर्को आलोचना गरेका थिए तर प्रधानमन्त्री ओलीले भने आप्mनो सरकारको रक्षा गर्नुभयो । नयाँ सरकार गठनका लागि राष्ट्रपतिद्वारा आह्वान काठमाडौं (अस) । वर्तमान सरकार कामचलाउ बनेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । सोमवार विज्ञप्ति जारी गर्दै उहाँले दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई प्रधानमन्त्रीको दाबी पेश गर्न आह्वान गर्नुभएको हो । नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई ३० गते बिहीबारका दिन साँझ ९ः०० बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेश गर्न राष्ट्रपतिले आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ताले केशवप्रसाद घिमिरेले जानकारी दिए ।

ढुक्क भएर औद्योगिक विकासमा लाग्नुहोस् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापार असन्तुलन घटाउनेतर्फ वर्तमान सरकार गम्भीर भएर लागेको बताएका छन्  ।नेपाल उद्योग वाणिज्य महासङ्घको पचपन्नौँ वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यापार घाटा घटाउन उल्लेखनीय सफलता प्राप्त नभए पनि त्यसमा क्रमिक सुधार आएको बताए ।...

प्रधानमन्त्री ओली माफियाको घेराबन्दीमा: अनेरास्ववियू सह अध्यक्ष तामाङ

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)का सह–अध्यक्ष रन्जित तामाङले वर्तमान सरकार चौतर्फी आलोचनाको घेरामा परेको बताएका छन्। पार्टी एकताको मर्म, भावना र निर्वाचनमा जनतालाई दिएको प्रतिबद्धता पुरा गर्ने तर्फ सरकारले ध्यान केन्द्रित गर्न नसकेको बताएका हुन्।

खाद्य वस्तुमाथि सबैको पहुँच कायम गराउन प्रयासरत छौंः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार जनतालाई खाद्य संप्रभूताको प्रत्याभूति दिलाउन प्रयासरत रहेको बताएका छन्। १७ औ राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सवका अवसरमा सोमवार शुभकामना सन्देश जारी गर्दै कोही भोकै पर्दैन र कोही भोकले मर्दैन भन्ने वर्तमान सरकारको नारा अनुरुप आधारभूत खाद्य वस्तुमाथि सबै नागरिकको पहुँच कायम गराउन विशेष प्रयास गरिरहेको बताए।

यो सरकार बनेपछि दैनिक ६ किमी बाटो कालोपत्रे भएको छ: प्रधानमन्त्री ओली

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार गठनपश्चात प्रतिदिन लगभग छ किलोमिटरका दरले सडक कालोपत्र हुदै आएको बताएका छन्। सरकार गठनको दुई वर्ष पूरा भएको अवसरमा प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै आज उनले सरकारले यस अवधिमा हासिल गरेका उपलब्धिका बारेमा जानकारी गराउँदै सो जानकारी दिएका हुन्। प्रधानमन्त्री ओल...

प्रधानमन्त्री ओली राजा हुन् र ? : डिला संग्रौला

जुम्ला । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले केपी ओली नेतृत्वको वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको...

तर, यसकारण, यदी, यस्तो भएर भएन भन्ने छुट अब कसैलाई छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सबैको सुझाव लिने तर कसैको दबाबमा नपर्ने बताएका छन् ।