विश्वमा एकै दिन थपिए ८ लाख कोरोना संक्रमित, १५ सयको मृत्यु

काठमाडौँ – पछिल्लो २४ घण्टामा विश्वमा कोरोना भाइरसका ८ लाखभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । सोही समयमा कोरोनाका कारण १ हजार ५ सयभन्दा बढीले ज्यान गुमाएका छन् । वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो चौबिस घण्टामा विश्वमा ८ लाख १८ हजार ४६४ जना कोरोना संक्रमित थपिएका छन् । सो अवधिमा सबैभन्दा बढी जापानमा १ लाख ३५ हजार […]

सम्बन्धित सामग्री

थपिए ४ हजार ९०४ जना कोरोना संक्रमित, ५ हजार ९२४ जना संक्रमणमुक्त

माघ १५, काठमाडौं । नेपालमा विगत २४ घण्टामा ४ हजार ९०४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएको जानकारी अनुसार मुुलुकभर गरिएको १० हजार १०१ पीसीआर र ४ हजार ४६१ जनाको एन्टीजेन परीक्षणका क्रममा ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।  उक्त अवधिमा छ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले बताएको छ।  योसँगै  नेपाल कुल संक्रमितको संख्या ९ लाख ४७ हजार ३९२ जना पुगेको छ। मन्त्रालयले कुल संक्रमितमध्ये ८७ हजार ३२९ जना सक्रिय संक्रमित रहेको बताएको छ । विगत २४ घण्टामा ५ हजार ९२४ जना संक्रमणमुक्त भएका छन्। योसँगै मुलुकभर संक्रमणमुक्त हुनेको संख्या ८ लाख ४८ हजार ३६० पुगेको छ।  हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७०३ पुगेको छ। हाल १३९ जना क्वारेन्टाइनमा,२८६ जना आईसीयूमा र ४७ जना भेन्टिलेटरमा रहेका छन् ।  काठमाडौं उपत्यकामा थपिए १ हजार ८२० संक्रमित  काठमाडौं उपत्यकामा १ हजार ८२० जना कोरोना संक्रमित थपिएका छन्।  विगत २४ घण्टामा गरिएको एन्टिजेन र पीसीआर परीक्षणबाट उपत्यकाका तीन ओटा जिल्लामा थप १ हजार ८२० जनामा संक्रमण पुष्टि भएको हो।  थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका छन्। काठमाडौंमा १ हजार ४०४ जना संक्रमित थपिएका छन् भने ललितपुर जिल्लामा ३०५ जना र भक्तपुर जिल्लामा १११ जना संक्रमित थपिएका मन्त्रालयले जानकारी दिएको छ । तेस्रो लहर ओरालो लागेको हो ? गत सातादेखि निरन्तर ओरालो लागिरहेको कोरोना भाइरसको संक्रमण दर शनिवार भने गत माघ १ गते नजिककै अवस्थामा झरेको छ। तर परीक्षण घटेकाले संक्रमण दर घट्दै गएको भनेर ढुक्क हुन सकिने अवस्था अझै नआइसकेको मन्त्रालयका अधिकारीहरूले बताएका छन्। अघिल्लो साताको अन्त्यमा परीक्षण गराउनेमध्ये आधाभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको थियो।  गत माघ १ गते ३१ दशमलव ८ प्रतिशत रहेको संक्रमण दर त्यसयता निरन्तर बढेर माघ ८ गते ५० दशमलव ८ प्रतिशतसम्म पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । गत माघ १० गतेपछि भने निरन्तर घट्दै गएको कोरोना संक्रमण दर शनिवार ३३ दशमलव ७ प्रतिशतमा झरेको छ। मन्त्रालयको तथ्याङ्क अनुसार संक्रमित हुनेहरूको संख्या पनि केही दिनयता घट्दै गइरहेको देखिन्छ। मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा कृष्ण प्रसाद पौडेलले पछिल्लो समय सक्रमण घटेको बताए। उनले यही नै रेन्जबाट थप घट्दै जाला नै भन्ने आकलन हो, थप नयाँ भेरिएन्ट आएन वा भिडभाड हुने गतिविधि बढेनन् भने अब नबढ्ला भनेका छन् । संक्रमण दर र संक्रमित हुनेहरूको संख्यामा कमी आएसँगै देशभरि भएका सक्रिय संक्रमितको संक्रमितको संख्या पनि घट्न थालेको छ।

२४ घण्टामा देशभर १० हजार बढी कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले २२ हजार ८२८ जनामा कोरोना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको मंगलबार जानकारी दिएको हो । मन्त्रालयका अनुसार सोही अवधिमा ५६२ जना संक्रमणमुक्त हुँदा १ जनाको मृत्यु भएको जनाएको छ । यससँगै देशभर संक्रमितको कुल संख्या ३९ हजार ४४ पुगेको छ।  हालसम्म पीसीआर विधिबाट भएको कोरोना परीक्षणमा ८ लाख ६८ हजार २१५ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३ हजार ९८३ जनामा संक्रमण पुष्टि भएको छ।  संक्र

थपिए ५ हजार ८७ जना नयाँ कोरोना संक्रमित, ३०६ जना निको हुँदा ३ जनाको मृत्यु

पुस ३०, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप ५ हजार ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार दिएको जानकारी अनुसार उक्त अवधिमा १३ हजार ४७४ पीसीआर परीक्षणमा ४ हजार २०४ जना र ७ हजार ८६ एन्टिजेन परीक्षणमा ८८३ जना गरी कुल ५ हजार ८७ जनामा भाइरसको संक्रमण देखिएको हो । त्यस्तै, सोही अवधिमा देशभर ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार शुक्रवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट ३ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६१३ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २३५ जना पुगेको छ । यसैगरी, शुक्रवार ३०६ जना निको भएसँगै हालसम्म ८ लाख १५ हजार ६५३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

एकैदिन थपिए १ हजार १६७ कोरोना संक्रमित, २ जनाको मृत्यु

पुस २५, काठमाडौं । नेपालमा एकैदिन १ हजार १६७ जना कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतवार पीसीआर परीक्षणबाट ८४१ र एन्टिजेन परीक्षणबाट ३२६ जना गरी कुल १ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । देशभर ६ हजार ७५५ जना कोरोनाका संक्रिय संक्रमित छन् ।  पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट दुई जनाले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६०४ पुगेको छ ।   काठमाडौं उपत्यकामा आइतवार ६१५ जना नयाँ संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना थपिएका हुन् ।  यसैगरी, आइतवार २२४ जना निको भएसँगै हालसम्म ८ लाख १४ हजार २३० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

थपिए २५९ जना कोरोना संक्रमित, २६४ जना संक्रमणमुक्त

मंसिर १३, काठमाडौं। नेपालमा विगत २४ घण्टामा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार दिएको जानकारी अनुसार ७ हजार २३१ जनाको पीसीआर परीक्षण गर्दा २४३ जना र २ हजार ६५७ जनाको एन्टीजेन परीक्षण गर्दा १६ जना गरी २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार उक्त अवधिसम्ममा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५२४ पुगेको छ । त्यसैगरी सो अवधिमा २६४ जना संक्रमणमुक्त भएका छन् । सोमवार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या भने ९ लाख १६ हजार ६०९ पुगेको छ । नेपालमा हालसम्म ८ लाख २ हजार ६५३ जना संक्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९४४ जना रहेका छन् । मन्त्रालयका अनुसार हाल मुलुकमा ६ हजार ५४१ जना होम आईसोलेशनमा रहेका छन् भने ४०३ जना संस्थागत आईसोलेशनमा रहेका छन् । हाल विभिन्न अस्पतालमा १५९ जना आईसीयू र ३७ जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।

थपिए ३५१ जना कोरोना संक्रमित, २७३ जना संक्रमणमुक्त

मंसिर ७, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप ३५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार  दिएको जानकारी अनुसार उक्त अवधिमा ८ हजार ७२९ जनाको पीसीआर परीक्षण गर्दा ३१३ जना र १ हजार ४४५ ओटा एन्टिजेन परीक्षण गर्दा ३८ जना गरी  कुल ३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट नौ जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५०९ पुगेको छ । यसैगरी  नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार ६९ पुगेको छ भने  हालसम्ममा ८ लाख ८९० जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार ३०० रहेको छ । हाल कोरोनाका बिरामीमध्ये २२३ जना आईसीयू र ५१ जना भेन्टिलेटरमा उपचाररत्  रहेका छन् । सो अवधिमा २७३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

थपिए ३८५ जना कोरोना संक्रमित, २५८ जना संक्रमणमुक्त

मंसिर ६, काठमाडौं । नेपालमा विगत २४ घण्टामा ३८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार दिएको जानकारी अनुसार सो अवधिमा १२ हजार ६९७ जनामा गरिएको परिक्षणमा ३८५ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार उक्त अवधिमा २५८ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी सो अवधिमा कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ११ हजार ५०० जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार योसहित नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा ८ लाख १९ हजार ३८६ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९५ हजार ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थपिए ५९१ जना कोरोना संक्रमित, ६६४ जना संक्रमणमुक्त

कात्तिक ११, काठमाडौं। नेपालमा विगत २४ घण्टामा थप ५९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार सो अवधिमा ८ हजार ४४८ जनाको पीसीआर परीक्षण गर्दा ५२७ जना र २ हजार ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा ६४ जना गरी ५९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । सो अवधिमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ भने ६६४ जना संक्रमणमुक्त भएका छन् । उक्त अवधिमा संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ११ हजार ४०७ पुगेको छ । योसँगै नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ३८२ पुगेको छ । त्यसैगरी हालसम्म ७ लाख ८९ हजार ७८९ जना कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार मुलुकभर हाल कोरोनाका सक्रिय संक्रमितको संख्या १० हजार २३६ जना रहेका छन् ।

थपिए १०९६ जना कोरोना संक्रमित, १२ जनाको मृत्‍यु

कात्तिक २, काठमाडौं ।  नेपालमा विगत २४ घण्टामा  १ हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ले मंगलवार दिएको जानकारी अनुसार ९ हजार ९१६ ओटा पीसीआर परीक्षण गर्दा ९५७ जना र १ हजार १ हजार ७७६ ओटा एन्टिजेन परीक्षण गर्दा १३९ गरी कुल १ हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उक्त अवधिमा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ३०५ पुगेको छ  । त्यसैगरी १ हजार ४ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ६ हजार ५१७ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ८१५ जना रहेका छन् ।

विश्वमा एकै दिन थपिए ८ लाख १७ हजार कोरोना संक्रमित‚ १३ हजारभन्दा बढीको मृत्यु

विश्वभर एकै दिन ८ लाख १७ हजार कोरोना संक्रमित थपिएका छन्। जसमध्ये सबैभन्दा धेरै भारतमा ३ लाख ४९ हजार ३ सय १३ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ २७ सयभन्दा बढी संक्रमितको मृत्यु भएको छ।पछिल्लो २४ घण्टामा ब्राजिलमा ७० हजार, अमेरिकामा ५२ हजार, फ्रान्समा ३२ हजार, टर्कीमा ४० हजार, इटलीमा १३ हजार र जमर्नीमा १५ हजार संक्रमित थपिएका छन्।सोही अवधिमा विश्वमा १३ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा धेरै ब्राजिलका छन्। त्यहाँ २ हजार ९८६ जनाको मृत्यु भएको छ