काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण अति जोखिममा रहेका मुलुकको साझा आवाजलाई सशक्त बनाउन हिमाली र साना टापु राष्ट्रबीच सुदृढ सहकार्य हुनुपर्नेमा जोड दिएका छन् । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभाका अवसरमा आयोजित ‘जलवायु जोखिममा रहेका राष्ट्रहरूको मञ्च’को बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले जलवायु न्याय सुनिश्चितताका लागि सामूहिक पहलको अपरिहार्यता औंल्याएका हुन् । […]
काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । बिहान ११ बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नि:शुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यसैगरी, बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोर मैला व्यवस्थापन विधेयक, २०८३ माथि विचार गरियोस् ’ भन्ने प्रस्ताव प्रस्तुत […]
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा हालै आएको बाढीबाट प्रभावित क्षेत्रको पुन:स्थापना, पुनर्वास तथा पुनर्निर्माणका लागि जर्मनीसँग आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको अवसरमा संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा आज जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री रिम अलाबाली राडोभानसँग भएको द्विपक्षीय ‘साइडलाइन’ भेटवार्तामा मन्त्री खनालले विपद्पछिको पुनर्निर्माणसँगै जलवायु उत्थानशील, विपद् पूर्व तयारी र क्षमता अभिवृद्धिमा […]
ट्रम्प प्रशासनले अमेरिकामा व्यावसायिक रूपमा गरिने ‘बर्थ टुरिजम’ अर्थात् अमेरिकी भूमिमा बच्चा जन्माएर उसलाई अमेरिकी नागरिकता दिलाउने उद्देश्यले गरिने यात्रामा जानाजानी संलग्न हुने वा त्यसलाई सहजीकरण गर्ने व्यक्तिलाई लक्षित गर्दै बुधबार नयाँ भिसा प्रतिबन्ध नीति घोषणा गरेको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोका अनुसार नयाँ नीति ‘बर्थ टुरिजम’ सञ्जालका मालिक, सञ्चालक तथा व्यवस्थापक; भिसा आवेदनमा झुटो […]