काठमाडौं : उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले ललितपुरको धोबीघाटकाे दुईमध्ये एउटा फोहोर पानी प्रशोधन केन्द्रको (सिभिल) तर्फको निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ।आयोजनाले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी उक्त केन्द्रमा फोहोर पानी प्रशोधनका लागि अत्याधुनिक उपकरण जडान गर्ने प्रक्रिया अगाडि बढाएको जानकारी दिएको हो। आयोजना उपनिर्देशक एवं प्रवक्ता लोकेन्द्रप्रसाद यादवले केन्द्रबाट फोहोर पानी प्रशोधनको परीक्षण आगामी साउन महिनाभित्र शुरु गर्