फोहोर पानी प्रशोधन केन्द्र निर्माण तीव्र

काठमाडौं, चैत ५ । उपत्यकाका नदी र खोलाहरूलाई सफा बनाउने उद्देश्यले फोहोर पानी प्रशोधन केन्द्र निर्माण तीव्र पारिएको छ । गुह्येश्वरी फोहोर पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । थप पाँच ठाउँमा प्रशोधन केन्द्र निर्माण हुँदैछ । अहिले सञ्चालनमा रहेका र निर्माणाधीन प्रशोधन केन्द्रहरूको प्रतिदिन १० करोड ५० लाख लिटर फोहोर पानी प्रशोधन गर्ने क्षमता […]

सम्बन्धित सामग्री

पानी प्रशोधन केन्द्र निर्माण अलपत्र पार्ने चिनियाँ कम्पनीको ठेक्का रद्द

काठमाडौं उपत्यकाको फोहोर पानी व्यवस्थापनका लागि सरकारले थालेको फोहोर पानी प्रशोधन केन्द्र (उपचार पोखरी) निर्माण अलपत्र पार्ने चिनियाँ कम्पनीको ठेक्का रद्द गरिएको छ । सन् २०१३ मा नेपाल सरकार, एसियाली विकास बैंक र ओपेक कोषको आर्थिक स्रोत परिचालनमा सुरु भएको फोहोर पानी व्यवस्थापन आयोजना निर्माण कोभिडको कारण देखाउँदै निर्माण कम्पनीले काम रोकेको थियो ।

मन्त्री झाँक्रीद्धारा टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्रको शिल्यान्यास

काठमाडौँ- काठमाडौँको टुकुचा खोलाको पानी प्रशोधन गर्न फोहर पानी प्रशोधन केन्द्र निर्माण हुने भएको छ । पानी प्रशोधन केन्द्रको बिहीबार काठमाडौँको थापाथलीमा सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शिलान्यास गरेकी हुन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति अन्तर्गत बागमती सुधार आयोजनाद्वारा एसियाली विकास बैंकको सहयोगमा निर्माण हुन लागेको उक्त केन्द्रको १७ दशमलव ३ एमएलडी प्रशोधन […]

हनुमानघाटमा फोहोर पानी प्रशोधन केन्द्र निर्माण सुरु

भक्तपुर नगरपालिका–७ हनुमानघाटमा फोहोर पानी प्रशोधन केन्द्र निर्माण कार्य सुरु भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौँ उपत्यका फोहोर पानी व्यवस्थापन आयोजना र भक्तपुर नगरपालिका–७ को संयोजनमा निर्माण हुने उक्त प्रशोधन केन्द्रको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एक समारोहका बीच आइतबार शुभारम्भ गरेका हुन् ।कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले स्थानीय तह निर्वाचन […]

उपत्यकामा ७ वटा फोहोर पानी प्रशोधन केन्द्र बन्दै

सरकारले काठमाडौं उपत्यकाको बढ्दो फोहोर पानी व्यवस्थापनका लागि ७ वटा प्रशोधन केन्द्र निर्माण प्रक्रिया अघि बढाएको छ । सहरी विकास मन्त्रालयले टुकुचा र खानेपानी मन्त्रालयले गुह्येश्वरी र धोबीघाटमा २/२ वटा तथा सल्लाघारी, कोड्कु र धोबीघाट प्रशोधन केन्द्र निर्माण अघि बढाएको हो ।