२ मंसिर, काठमाडौं । एएफसी एसियन कप छनोटमा नेपाल मलेसियासँग पराजित भएको छ । नेपाललाई मलेसियाले १-० ले पराजित गरेको हो ।
मलेसियाका लागि फैसल हालिमले ५६औं मिनेटमा गोल गरे । त्यही गोल खेलको निर्णायक गोल …
काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औँ सम्मेलन (कोप–३०)मा नेपालको सहभागिता प्रभावकारी भइरहेको बताएका छन् । ब्राजिलको बेलेममा जारी उक्त सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका उनले विभिन्न सत्रमा प्रभावकारी रूपमा नेपालको एजेण्डा प्रस्तुत गर्ने काम भइरहेको जानकारी दिए । ब्राजिलबाट वन तथा […]
अमेरिकाको नर्थ क्यारोलिनाको शार्लोट–मेकलेनबर्ग स्कुल (सिएमएस) मा सोमबार करिब २१ हजार विद्यार्थी अनुपस्थित रहेको तथ्याङ्क सार्वजनिक भएको छ। सिएमएस अधिकारीहरूका अनुसार नोभेम्बर १७ मा जिल्लाभरका १८५ विद्यालयमा २० हजार ९३५ विद्यार्थी उपस्थित भएनन्, जुन कुल भर्ना भएका विद्यार्थीको १५ प्रतिशत हो। राज्यले अनुमोदन नगरेसम्म दैनिक उपस्थिति तथ्याङ्कलाई आधिकारिक मानिँदैन। सिएमएसका तथ्याङ्कअनुसार विद्यालयहरूमा अध्ययनरत विद्यार्थीमध्ये ३१ […]
गोरखा – चालु आर्थिक वर्षको साउनयता आठ हजार ५४४ पर्यटकले गोरखाको मनास्लु क्षेत्र अवलोकन गरेका छन् । मनास्लु क्षेत्रमा कात्तिकमा मात्र चार हजार २४७ पर्यटक भित्रिएका मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जनाएको छ । एमक्याप प्रमुख सन्तोष शेरचनका अनुसार असोजमा तीन हजार ४४२, भदौमा ७७९ र साउनमा ७६ जना पर्यटक मनास्लु क्षेत्र भ्रमण गर्न आएका […]
२ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ मा मंगलबार दुई खेलहरू सम्पन्न भए । पहिलो खेल डे लाइटमा खेलिएको थियो भने दोस्रो खेल डे-नाइट म्याचका रूपमा रह्यो ।
पहिलो खेलमा चितवन …