तत्कालिन भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पदबाट हटाइने विषयमा भित्री जानकारी प्रयोग गरी सट्टेबाजीबाट करिब ४ लाख अमेरिकी डलर कमाएको आरोपमा पक्राउ परेका एक अमेरिकी सैनिक मंगलबार अदालतमा उपस्थित हुने भएका छन्। उनलाई ठगीसम्बन्धी आरोपमा कसरी दोष स्वीकार गर्ने भन्नेबारे सोधिने अपेक्षा गरिएको छ। ३८ वर्षीय ग्यानन भान डाइक म्यानह्याटनस्थित अमेरिकी जिल्ला अदालतमा न्यायाधीश मार्गरेट गार्नेटसमक्ष […]
नेकपाका सहसंयोजक माधव कुमार नेपालले आगामी मङ्सिरमा पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने घोषणा गर्दै नेतृत्वमा ५० प्रतिशत युवाहरूलाई स्थापित गर्ने प्रतिबद्धता जनाएका छन्।
जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरीसहित मेघगर्जन, चट्याङ, असिना र वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार बुधबार सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटी, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँची, मधेस प्रदेशका धनुषा र बारा तथा कोशी प्रदेशको मोरङसहित […]