काँक्रेविहार (सुर्खेत)- कर्णाली प्रदेश सरकारले हालसम्म ३०२ दशमलव ८४ किलोमिटर सडक कालोपत्र तथा पक्की गरेको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म ३०२ दशमलव ८४ किमी सडक कालोपत्र गरिएको हो । आर्थिक वर्ष २०८१/८२ मा २४९ दशमलव ५८ प्रतिशत सडक कालोपत्र तथा पक्की गरिएको थियो । चालु आवको चैत […]
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सोमबार दिउँसो १ः०० बजे केन्द्रीय कार्यालय, सानेपा ललितपुरमा बस्ने गरी बैठक बस्न लागेको हो । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।
म्यासाच्युसेट्सका एक संघीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा ३९ देशका नागरिकहरूको ग्रिनकार्डका निर्णयमा लगाइएको रोकलाई ‘गैरकानुनी’ ठहर गरेका छन्। बिहीबार फैसला सुनाउँदै न्यायाधीश जुलिया कोबिकले ट्रम्प प्रशासनको उक्त नीतिले हजारौँ आवेदकहरूलाई अन्यायपूर्ण रूपमा अन्योलमा पारेको भन्दै सो नीति कार्यान्वयन नगर्न आदेश जारी गरेकी छिन्। राष्ट्रपति जो बाइडेनद्वारा नियुक्त न्यायाधीश कोबिकले गत वर्ष वासिङ्टन डिसीमा एक अफगान […]