कांग्रेसको कोइराला समूहको छुट्टै बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेसको शेखर कोइराला पक्षले बैठक बोलाएको छ । कोइराला समूहले आज दिउँसो २ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा छुट्टै बैठक बोलाएको हो । आजको भेलामा यसअघि गरिएका खबरदारी अभियानको समीक्षालगायतका बिषयमा छलफल गर्नुका साथै पार्टीका तर्फबाट बनेका उम्मेदवारबारेमा छलफल गरिनेछ।

सम्बन्धित सामग्री

कांग्रेस बैठकअघि शेखर–गगन समूहकाे छुट्टै बैठक बस्दै, तीन मन्त्रालय चाहिने

नेपाली कांग्रेसको संस्थापनइतर समूहले तीन मन्त्रालय पाउनुपर्ने अडान लिँदै पार्टी सभापति शेरबहादुर देउवामाथि दबाब बढाएको छ ।

शेखर कोइराला पक्षकाे आज पनि छुट्टै बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस नेता डा. शेखर कोइराला पक्षको छुट्टै बैठक आज (आइतबार) पनि बस्ने भएकाे छ । काठमाडौंको बालुवाटारस्थित डा. कोइरालाको सम्पर्क कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने भएकाे हाे । कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बाेलाएकै समयमा कोइराला पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरूले पनि छुट्टै बैठक राख्न लागेका हुन् । सोमबार हुने […]

आज पनि शेखर कोइराला पक्षको छुट्टै बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस नेता डा. शेखर कोइराला पक्षको बैठक आज शुक्रबार पनि बस्दैछ । बिहीबारबाट सुरू भएको भेला शुक्रबार पनि बस्नेछ । शुक्रबारको बैठक दिउँसो २ बजे अनुपम फुडल्याण्ड बत्तिसपुतलीमा बस्ने छ । प्रधानमन्त्री एवं पार्टीका सभापति शेरबहादुर देउवाले एकलौटी निर्णय गरेको आरोपसहित देउवाको विरुद्धमा कोइराला पक्षको छुट्टै भेला भइरहेको छ । बिहीबारको बैठकमा […]

ओलीको चियापान नेपाल-खनाल समूहद्वारा बहिष्कार, गौतम समूहको छुट्टै बैठक

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आयोजना गरेको चियापान कार्यक्रमलाई वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बहिष्कार गरेको छ । बिहान ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चियापान कार्यक्रम गर्न लागिएको हो । चियापानमा पार्टीका सबै केन्द्रीय सदस्यहरुलाई निमन्त्रणा गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मोबाइल एसएमएसमार्फत ओली समूहले पार्टीका सबै केन्द्रीय सदस्यलाई निम्तोसहितको सन्देश पठाएको छ । एमाले फुटको संघारमा पुगेको बेला ओलीले आयोजना गरेको चियापान कार्यक्रममा नेकपाको खनाल–नेपाल समूह भने नजाने भएको छ । अध्यक्ष ओलीले पार्टीमा एकलौटी गरेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह रुष्ट छ। गएको फागुन २८ गते ओलीले महासचिव बाहेक पार्टीका सबै पदाधिकारी खारेज गरेर विभिन्न प्रदेश तथा संगठनमा नयाँ नियुक्त गरेपछि एमालेमा विवाद तीव्र बनेको छ। विवाद समाधानको लागि सोमबार ओलीले खनाल–नेपाल समूहसँग छलफल गरेका थिए । तर, हिजोको छलफलमा दुबै पक्ष आ–आफ्नो अडानमा कायम रहेपछि एमाले विवाद अझ बढ्ने संकेत देखिएको छ । नेपाल–खनाल समूहले बुधवार र बिहीवार राष्ट्रिय कार्यकर्ता भेला गर्ने तयारी अघि बढाएको छ । नेपाल–खनालको आज पत्रकार सम्मेलन यसैबीच नेपाल–खनाल समूहले आज दिउँसो पत्रकार सम्मेलन आयोजना गर्दैछ । वरिष्ठ नेता माधवकुमार नेपाल निकट एक नेताका अनुसार ४ र ५ चैतमा गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको विषयमा जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलन गर्न लागिएको हो । साथै समसामयिक राजनीतिक विषयमासमेत नेता नेपालले पत्रकार सम्मेलनमा आफ्ना धारणा सार्वजनिक गर्ने उनको भनाई छ । वामदेव समूहको आज बैठक बस्दै यता, एमाले उपाध्यक्ष वामदेव गौतमले आज (मंगलबार) आफू संयोजक रहेको ‘नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान’को बैठक राख्दै हुनुहुन्छ । उहाँका प्रेस सल्लाहकार विश्वमणि सुवेदीका अनुसार बैठक बिहान ११ बजे बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा बस्दैछ । गौतमका प्रेस सल्लाहकार सुवेदीका अनुसार आज अभियानको कार्यसमिति नभई कार्यसम्पादन समितिको सानो समूहबीच छलफल गर्न लागिएको हो । यही फागुन २८ गते आफूपक्षीय केन्द्रीय सदस्यको बैठक राखेर अध्यक्ष ओलीले एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पद हटाउने निर्णय गरेपछि नेता गौतमको उपाध्यक्ष ...