पहिरोले अवरुद्ध भीमफेदी-कुलेखानी सडकखण्ड सञ्चालनमा आयो

हेटौंडा : हेटौंडालाई काठमाडाैंसँग जोड्ने छोटो दूरीको मार्ग भीमफेदी-कुलेखानी सडकखण्ड सञ्चालनमा आएको छ। मंगलबार बिहानदेखि परेको अविरल पानीले खसेको पहिरो पन्छाएसँगै सडकखण्ड सञचालनमा आएको हो। भीमफेदी गाउँपालिका वडा नम्बर-६ साउनेखोल्चीमा आएको पहिरो पन्छाएर बाटो सञ्चालनमा ल्याइएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताए।उनका अनुसार हाल यस मार्गमा कुनै पनि अवरोध छैन। तर ३ दिनमा ३ पटक पहिरो खसेको साउनेखोल्चीमा पहिरोको जोखिम भने कायमै छ।

सम्बन्धित सामग्री

भीमफेदी-कुलेखानी सडक पहिरोले पुनः अवरुद्ध

हेटौंडा : हेटौंडालाई काठमाडौंसँग जोड्ने छोटो दूरीको भीमफेदी–कुलेखानी सडकखण्डमा पहिरो खस्दा पुनः अवरुद्ध भएको छ।शुक्रबार बिहान गएको पहिरो पन्छाएर साँझबाट सञ्चालनमा आएको सडकखण्ड शनिबार बिहान खसेको पहिरोले पुनः अवरुद्ध भएको हो।शुक्रबार राती परेको पानीले भीमफेदी गाउँपालिका–६, देउरालीनजिक पहिरो जाँदा सडकखण्ड अवरुद्ध बनेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले जानकारी दिए।पहिरो पन्छाउने प्रयास भइरहेपनि पानी परिरहेकोले समस्या भएको उनको भनाइ छ।

पहिरोले भीमफेदी-कुलेखानी सडक खण्ड अवरुद्व

हेटौंडा : मंगलबार बिहानदेखि परेको वर्षाका कारण खसेको पहिरोले भीमफेदी–कुलेखानी सडक खण्ड अवरुद्व बनेको छ। एक दिन अघिमात्रै पहिरो पन्छाएर सञ्चालनमा आएको हेटौंडालाई काठमाडौंसँग जोड्ने छोटो दूरीको मार्गमा फेरि पहिरो खस्दा अवरुद्व बनेको हो।जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासको अनुसार भीमफेदी गाउँपालिका–६ स्थित साउनेखोल्चीमा पहिरो खसेको छ। बिहान १० बजेतिर खसेको पहिरो पन्छाउने कार्य भइरहेको उनले बताए।

भीमफेदी–कुलेखानी सडक जेठ २५ गतेसम्मका लागि बन्द

हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग भीमफेदी–कुलेखानी सडक स्तरोन्नतिका लागि आजबाट बन्द हुने भएको छ । सडक स्तरोन्नतिका लागि वैशाख १० गतेदेखि जेठ २५ गतेसम्मका लागि यातायात सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको यातायात पूर्वाधार विकास निर्देशनालय बागमती प्रदेश हेटौँडाले जनाएको छ ।यसअघि निर्देशनालयले सो सडक विस्तारको कामका लागि २ महिनासम्म यातायात सेवा बन्द गरेर सडक विस्तारको काम गरेको थियो । हाल सो सडकमा स्लाब ढलान र पिच गर्ने काम भइरहेकाले यातायात सेवा बन्द गर्नुपर्ने अवस्था आएको

२ महिनापछि खुल्यो भीमफेदी–कुलेखानी सडक

११ चैत, हेटौंडा । गत माघदेखि बन्द रहेको मकवानपुरको भीमफेदी–कुलेखानी सडक सञ्चालनमा आएको छ । वाग्मती प्रदेशको राजधानी हेटौंडाबाट काठमाडौं जोड्ने यो सडक स्तरोन्नतिको काम नसकिँदै सञ्चालनमा ल्याइएको हो । यातायात सञ्चालन नरोक्दा स्तरोन्नतिको काममा असहज …