जोकोभिचले जिते छैटौं विम्बल्डन टेनिसको उपाधि

एजेन्सी। विश्व नम्बर एक नोभाक जोकोभिचले इटालीका माट्टेयो बेरेट्टिनीलाई ३–१ ले हराउँदै विम्बल्डन टेनिसको उपाधि जितेका छन्। ३४ वर्षे सर्वियाका जोकोभिचको यो छैटौं विम्बल्डन उपाधि हो। उनले सातौं वरीयाताप्राप्त बेरेट्टिनीलाई ६–७(४/७), ६–४, ६–४, ६–३ को सेटमा हराएका हुन्। जितसँगै जोकोभिचले रोजर फेडेरर र राफेल नाडालको सबैभन्दा धेरै ग्राण्डस्लाम जित्ने कीर्तिमानसँग बराबरी गरे। तीनै जनाले २० ग्राण्डस्लाम उपाधि जितेका छन्।

सम्बन्धित सामग्री

जोकोभिचले जिते विम्बल्डन टेनिसको उपाधि

काठमाडौं : नोभाक जोकोभिचले विम्बल्डन टेनिस अन्तर्गत पुरुषतर्फको उपाधि जितेका छन्।लण्डनस्थित सेन्टर कोर्टमा आइतबार भएको फाइनलमा अष्ट्रेलियन निक क्रिगोसलाई हराउँदै सर्बियन खेलाडी जोकोभिचले उपाधि जितेका हुन्।विश्व नम्बर एक जोकोभिचले सुरुआती एक सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै उपाधि हात पारेका हुन्। जोकोभिचले निकमाथि ४-६,६-३,६-४ र ७-६ (७-३) को सेटमा जित निकाले।यससँगै जोकोभिचले लगातार दोस्रो पटक विम्बल्डनको उपाधि हात पारेका छन्। यस्तै जोकोभिचले सातौं पटकको विम्बल्डनको उपाधि जितेका हुन्। जोक

विम्बल्डन : महिलातर्फको उपाधि राइबाकिनालाई

काठमाडौं, २६ असार  । ओन्स जाबेरलाई हराउँदै काजकिस्तानकी इलिना राइबाकिनाले विम्बल्डन टेनिस अन्तर्गत महिलातर्फको उपाधि जितेकी छिन् । शनिबार भएको फाइनलमा राइबाकिनाले ट्युनिसियाकी ओन्स जाबेरलाई  ३-६,६-२,  ६-२ ले पराजित गरिन् । २३ वर्षीय राइबाकिनाको यो करियरको पहिलो ग्रान्डस्लाम उपाधि हो । राइबाकिना ग्रान्डस्लाम जित्ने र विम्बल्डन जित्ने पहिलो काजाकिस्तानको खेलाडी बनेकी छिन् ।

राइबाकिनाले जितिन् विम्बल्डन टेनिस महिलातर्फको उपाधि

काठमाडौं : इलिना राइबाकिनाले विम्बल्डन टेनिस अन्तर्गत महिलातर्फको उपाधि हात पारेकी छन्। गएराति भएको फाइनलमा ट्युनिसियाकी ओन्स जाबेरलाई हराउँदै काजकिस्तानकी राइबाकिना विम्बल्डनको नयाँ च्याम्पियन बनेकी हुन्।  १७ औं वरियताकी राइबाकिनाले जाबेरलाई ३–६,६–२ र ६–२ ले पराजित गरिन्। २३ वर्षीय राइबाकिनाको यो करियरको पहिलो ग्रान्डस्लाम उपाधि हो। उनले पहिलो पटक विम्बल्डनको उपाधि जितेकी हुन्। राइबाकिना ग्रान्डस्लाम जित्ने र विम्बल्डन जित्ने पहिलो काजाकिस्तानको खेलाडी बनेक

विम्बल्डन टेनिस : महिलातर्फको उपाधि राइबाकिनालाई

ओन्स जाबेरलाई हराउँदै काजकिस्तानकी इलिना राइबाकिनाले विम्बल्डन टेनिस अन्तर्गत महिलातर्फको उपाधि जितेकी छिन् ।शनिबार भएको फाइनलमा राइबाकिनाले ट्युनिसियाकी ओन्स जाबेरलाई  ३-६, ६-२,  ६-२ ले पराजित गरिन् ।२३ वर्षीय राइबाकिनाको यो करियरको पहिलो ग्रान्डस्लाम उपाधि हो । राइबाकिना ग्रान्डस्लाम जित्ने र विम्बल्डन जित्ने पहिलो काजाकिस्तानको खेलाडी बनेकी छिन् ।

राइबाकिना नयाँ च्याम्पियन

काजकिस्तानकी इलिना राइबाकिनाले विम्बल्डन टेनिस अन्तर्गत महिलातर्फको उपाधि जितेकी छिन् । योसँगै उनी विम्बल्डनकी नयाँ च्याम्पियन बनेकी छन् ।  शनिबार भएको फाइनलमा ट्युनिसियाकी ओन्स जाबेरलाई हराउँदै राइबाकिना विम्बल्डनको नयाँ च्याम्पियन बनेकी हुन् ।१७ औं वरियताकी राइबाकिनाले जाबेरलाई ३–६,६–२ र ६–२ ले पराजित गरिन् । २३ वर्षीय राइबाकिनाको यो करियरको पहिलो ग्रान्डस्लाम उपाधि हो । यस्तै उनले पहिलो पटक विम्बल्डनको उपाधि जितेकी हुन् ।राइबाकिना ग्रान्डस्लाम जित्ने र विम्बल्डन जित्ने

विम्बल्डन टेनिस : नाडाल सेमिफाइनलमा

पाँचौ सेटको टाइब्रेकरमा टेलर फ्रिट्जलाई हराउदै स्पेनिस टेनिस स्टार राफेल नाडाल वर्षको तेस्रो ग्रान्डस्लाम विम्बल्डनको सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको खेलमा नाडालले फ्रिट्जलाई ३–६ ७–५ ३–६ ७–५ ७–६ (१०–४) ले हराए । नाडालले जितसँगै फाइनल प्रवेशका लागि निक कीर्गिओससँगको भेट पक्का गरे ।जितसँगै अस्ट्रेलियन ओपन र फ्रेन्च ओपनको उपाधि जितेका नाडालले वर्षको तेस्रो ग्रान्डस्लाम जित्ने सम्भावनालाई अझ बलियो बनाएका छन् । नाडालले पछिल्लो पटक सन् २०१० मा व

विम्बल्डन टेनिस : नाडाल तेस्रो चरणमा प्रवेश

स्पेनिस टेनिस स्टार राफायल नाडाल विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा बिहीबार राति लिथुनियाका रिकार्डस बेरान्किसलाई हराउँदै नाडालले तेस्रो चरणमा प्रवेश गरेका हुन् ।नाडालले रिकार्डसमाथि ६-४,६-४,४-६ र ६-३  को सेटमा जित निकाले ।  नाडालको यो ३ सय ७ औं ग्रान्डस्लाम जित हो । नाडालले दुई पटक विम्बल्डनको उपाधि जितेका छन् ।महिलातर्फ विश्व नम्बर एक इगा स्वेटेक र सिमोना हालेपले समेत तेस्रो चरणमा स्थान बनाएका छन् ।

विम्बल्डन टेनिस भोलिबाट सुरु हुँदै

काठमाडौं । वर्षको तेस्रो ग्राण्डस्लाम टेनिस प्रतियोगिता विम्बल्डन भोलि सोमबारबाट सुरु हुँदैछ । लण्डनको अल इंग्ल्याण्ड लन टेनिस कोर्टमा हुने प्रतियोगिताको लागि शिर्ष खेलाडीहरु तयार छन् । यस पटक विम्बल्डनको उपाधि दावेदारको रुपमा राफायल नादाललाई नोभाक जोकोभिचले टक्कर दिनेछन् । आधुनिक टेनिसका सर्वाधिक सफल खेलाडी नादालले २२ वटा ग्राण्डस्लाम जितेका छन् भने जोकोभिचले २० उपाधि […]

जोकोभिचले टोकियो ओलम्पिक खेल्ने पक्का

एजेन्सी।विश्व नम्बर एक जोभाक जोकोभिचले टोकियो ओलम्पिक खेल्ने घोषणा गरेका छन्। विम्बल्डन टेनिस उपाधि जितेपछि जोेकोभिचले ओलम्पिक खेल्ने सम्भावना ५० प्रतिशतमात्र रहेको बताएका थिए। अष्ट्रेलियन र फ्रेन्च ओपन तथा विम्बल्डनको उपाधि जितेका जोकोभिचले ट्विटरमा टोकियोको टिकट काटेको बताएका छन्। जोकोभिचले अब अर्को महिना न्युयोर्कमा हुने युएस ओपन र ओलम्पिकमा स्वर्ण पदक जिते ‘गोल्डेन स्लाम’ पहिलो पुरुष टेनिस खेलाडी बन्नेछन्।

बार्टीले जितिन् विम्बल्डन टेनिसको उपाधि

काठमाडौं : अस्ट्रेलियन  एसलिघ बार्टीले विम्बल्डन टेनिस अन्तर्गत महिलातर्फको उपाधि जितेकी छन्। गएराति सम्पन्न फाइनल खेलमा चेक गणतन्त्रकी कोरोलिना प्लिस्कोभाको चुनौतीलाई पार गर्दै पहिलोपटक विम्बल्डनको उपाधि उचालेकी हुन्। २५ वर्षीय बार्टीले उपाधि हात पार्ने क्रममा प्लिस्कोभालाई ६–३, ६–७ (४–७) र ६–३ को सेटमा पराजित गरिन्।सेमिफाइनलमा एन्जिलिक केर्बरलाई हराउँदै पहिलोपटक विम्बल्डनको फाइनलमा प्रवेश गरेकी बर्टीले पहिलो प्रयासमै उपाधि हात पार्न सफल भइन्।प्लिस्कोभाले