उपप्रधान एवम् परराष्ट्रमन्त्री महासेठसँग कतारी राजदूतको भेटवार्ता

काठमाडौं, ७ असार । नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहम्मदले उपप्रधान एवम् परराष्ट्रमन्त्री रघुवीर महासेठसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सोमबार सिंहदरबारस्थित् परराष्ट्र मन्त्रालय पुगेर राजदुत मोहम्मदले उपप्रधानमन्त्री महासेठसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटवार्ताको क्रममा नेपाल–कतार द्धिपक्षीय सम्बन्ध, सहकार्य र कोभिडविरुद्ध एकताबद्ध भएर लड्नेलगायत थुप्रै विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित सामग्री

उपराष्ट्रपतिसँग फ्रान्सेली राजदूतको भेटवार्ता

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि फ्रान्सेली राजदूत गिल्स बोरबाओले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । उपराष्ट्रपति कार्यालयमा मंगलबार भएको भेटवार्तामा उपराष्ट्रपति यादवले सन् १९४९ मा कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात नेपाल र फ्रान्सबीचको सम्बन्ध मैत्रीपूर्ण तथा सौहार्दपूर्ण रहेको उल्लेख गर्दै नेपालले दुई मुलुकबीचको सम्बन्धलाई उच्च प्राथमिकता दिँदै आएको बताउनुभएको थियो । उपराष्ट्रपति यादवले भन्नुभयो, “उच्च राजनीतिक नेतृत्व …

गृहमन्त्री लामिछानेसँग अमेरिकी राजदूतको भेटवार्ता

काठमाडौं, १० माघ । नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सनले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । मन्त्री लामिछानेलाई भेट्न राजदूत थम्प्सन आज (मंगलबार) सिंहदरबार पुगेका हुन् । सो क्रममा उनले मन्त्री लामिछानेलाई बधाई एवम् सफल कार्यकालको लागि शुभकामना दिएका थिए । उनीबीच नेपाल र अमेरिकाबीचको द्धिपक्षीय सम्बन्ध सुमधुर बनाउनेबारे छलफल भएको […]

प्रधानमन्त्रीसँग जर्मन राजदूतको भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि जर्मन राजदूत थ‍ोमस प्रिन्सले भेट गरेका छन् । प्रिन्सले बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।  भेटमा प्रधानमन्त्रीले जर्मन सरकारको सहयोगमा सञ्चालित आयोजनाहरूले देशको विकास र समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए । प्रधानमन्त्रीले सामाजिक न्याय, सुशासन र समृद्धि आफ्नो सरकारको प्राथमिकता रहेको […]

सिके राउतसँग अमेरिकी राजदूतको भेटवार्ता

काठमाडौं, २७ पुष । नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सनले जनमत पार्टीका अध्यक्ष एवम् सांसद डा. सिके राउतसँग भेटवार्ता गरेका छन् । राउतलाई भेट्न राजदूत थम्म्पसन आज जनमत पार्टीको कार्यालय पुगेका थिए । भेटवार्ताको क्रममा उनीहरुबीच दुई देशको विकास सहकार्यबारे चर्चा भएको राउतले जनाएका छन् । हिजोमात्रै प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा विश्वासको मत लिएका […]

प्रधानमन्त्री दाहालसँग भारतीय राजदूतको भेटवार्ता, सुनाए मोदीको शुभकामना सन्देश

काठमाडौं, १५ पुष । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । सो क्रममा उनले प्रधानमन्त्री दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देश पनि वाचन गरेर सुनाएका थिए । प्रधानमन्त्री दाहालको सचिवालयले भने उक्त भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई अझै मजबुद बनाउनेबारे छलफल भएको थियो ।

प्रधानसेनापति र अमेरिकी राजदूतको भेटवार्ता

सैनिक मुख्यालय जङ्गीअड्डामा आज भएको भेटवार्तामा उनीहरुबीच दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।...

प्रधानसेनापतिसँग भारतीय राजदूतको भेटवार्ता

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मासँग मित्रराष्ट्र भारतका राजदूत नवीन श्रीवास्तवबीच आज जङ्गी अड्डामा भेटवार्ता गरेका छन् । उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाली सेनाले यस्ता भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत […]

परराष्ट्रमन्त्री खड्कासँग भारतीय राजदूतको भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्कासँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच नेपाल–भारतबीचका द्विपक्षीय महत्वपूर्ण सम्बन्धबारेमा फलदायी छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा आगामी सातादेखि आपूर्ति हुने कोरोनाविरुद्धको कोभिसिल्ड खोपको विषयमा समेत छलफल भएको थियो ।

राष्ट्रपतिसँग अमेरिकी राजदूतको भेटवार्ता

१४ माघ, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीसँग नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले भेटवार्ता गरेका छन् । जो बाइडनले अमेरिकाको सत्ता सम्हालेलगत्तै राजनीतिक भेटघाटमा व्यस्त भएका बेरीले पछिल्लो पटक राष्ट्रपति भण्डारीलाई भेटेका हुन् । राष्ट्रपति भण्डारीसँगको भेटमा राजदूत बेरीले अमेरिकी राष्ट्रपति बाइडनले लोकतन्त्रलाई मजबुत बनाउन र महिला तथा किशोरीहरुको उत्थानमा केन्दि्रत भएर कसरी काम गर्दैछन् […]