सिन्धुपाल्चोकको तिपेनी बजारमा बाढी पस्यो

सिन्धुपाल्चोकको तिपेनी बजारमा बाढी पसेको छ । अविरल वर्षापछि स्थानीय लार्के खोलामा बाढी आउँदा सो बजारमा बाढी पसेको हो ।   थाङपाल गाउँपलिका अन्तर्गत पर्ने सो बजारमा मंगलबार राति बाढी पसेको हो । बाढीपछि केही स्थानीय सम्पर्क हीन बनेको भनिएपनि एकिन विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले घटनास्थलमा उद्धार टोली जान लागेको तर वर्षा र बाढीका कारण कठिन भइरहेको बताए ।  

सम्बन्धित सामग्री

बनेपाको पुलबजार डुबानमा पर्दा भक्तपुरको पलाँसेसम्मै सडक ठप्प, दृश्यमा जामको लाम

काठमाडौं : आइतवार रातिको भिषण वर्षाका कारण बनेपाको पुल बजारमा बाढी पस्यो। बाढीका कारण पुल बजार डुबानमा परेपछि अरनिको राजमार्ग ठप्प बन्यो। यसले राजधानी काठमाडौं आउँदै गरेको सवारी साधन बनेपा, धुलिखेलतिरै रोकियो। यता काठमाडौंबाट सिन्धुपाल्चोक, दोलखा, रामेछापदेखि सिन्धुली र पूर्व निस्केका सवारी साधन साँगामा अड्कियो। डुबान क्षेत्रमा जान ट्राफिक प्रहरीले…

मेलम्ची बाढीको बितण्डा : बजारमै यसरी पस्यो नदी, १५ फोटो

सिन्धुपाल्चोकको मेलम्ची नदीमा मंगलबार बाढी आउँदा मेलम्ची बजारमा बाढी पसेको छ। बाढीले पक्की पुलहरुसमेत बगाएका छन्। स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले नदीमा आएको बाढीमा परी ५० जना बेपत्ता भएको जनाएका छन्। तामाङले फेसबुकमा लेखेका छन्, 'मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले ५० औँ जना बेपत्ता भएको, मेलम्ची खानेपानी ड्याम समाप्त गरेको,…

सिन्धुपाल्चोकको तिपेनी बजारमा बाढी पस्यो

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपलिका स्थित तिपेनी बजारमा बाढी पसेको छ । स्थानिय लार्के खोलामा आएको बाढी बजारमा पसेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले रातोपाटीलाई बताए । तिपेनी बजारमा सुरक्षाकर्मी जाने प्रयास गरिरहेका छन् । जोखिमका कारण सुरक्षा सावधानीका साथ प्रभावित क्षेत्रमा पुग्ने प्रयास भइरहेको डिएसपी सापकोटाले बताए ।  बाढीका कारण के, कति क्षति भयो भन्ने विवरण आएको छैन ।

मेलम्ची बजारमै बाढी पस्यो, हजारौँ परिवारको बिचल्ली

न्युज अफ नेपाल, काठमाडौं । सिन्धुपाल्चोकस्थित इन्द्रावती र मेलम्ची नदीमा आएको बाढी मेलम्ची बजारमा पसेपछि स्थानीय जनजीवन अस्तव्यस्त बनेको । मेलम्ची बजारमै बाढी पसेपछि स्थानीयहरु यतिबेला घर छाडेर भाग्न बाध्य भएका स्थानीय पत्रकार देवराज सुवेदीले न्युज अफ नेपाललाई जानकारी दिए । पत्रकार सुवेदीले भने, ‘बाढीका कारण ज्यान जोगाउनै हम्मेहम्मे परेको छ । जनजीवन अस्तव्यस्त छ, […]

तातोपानी बजारमा बाढी पस्यो, स्थानीयको भागदौड

चीनको खासासँग नाका जोडिएको तातोपानी बजारमा भलबाढी पसेर क्षति पुऱ्याएको छ । वर्षा निरन्तर भइरहेकोले माथिको