नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकरले शन्तिपूर्ण विरोधबाट प्रतिगमन नसच्चिए जनविद्रोह हुने चेतावनी दिएका छन् ।
त्यस्तो विद्रोहले गणतन्त्रविरोधी र संघीयताविरोधीलाई समाप्त पार्ने चेतावनी दिए ।
प्रतिनिधि सभा विघटनको विरोधमा नेकपा (प्रचण्ड–नेपाल समूह)ले बुधवार काठमाडौंमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र र संघीयतासँग पद साटेका कारण आफूहरू सडक आन्दोलनमा उत्रिनुपरेको बताएका हुन् ।
‘प्रतिगमनको विरोधमा लाखौं जनता शान्तिपूर्ण विरोधमा आएका छन्,...