काठमाडौँ। सशस्त्र प्रहरी बल (एपीएफ) का तीन अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरिएको छ। सरुवा अनुसार नारायणदत्त पौडेल मानवस्रोत विभाग, वंशीराज दाहाल सीमा सुरक्षा विभाग र गणेश ठाडामगर कार्य विभागको जिम्मेवारीमा खटाइएका छन्। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले तीन एआईजी सरुवा गरेको सरकारका प्रवक्ता जगदीश खरेलले बताए। सरुवा संगठनको कार्यक्षमता सुदृढ बनाउने उद्देश्यले गरिएको जनाइएको छ। […]
धनगढीमा नाला किनारमा नवजात शिशु फाल्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह बिष्टका अनुसार पक्राउ परेकी ३० वर्षीया महिला विवाहित हुन् ।
१ पुस, काठमाडौं । चीनको अग्रणी टेबलटेनिस ब्रान्ड मध्ये एक यिन्हे स्पोर्ट्स इक्विपमेन्ट कम्पनी लिमिटेडले नेपालका राष्ट्रिय टेबलटेनिस खेलाडी संयोग कपालीलाई प्रायोजन गर्ने भएको छ ।
नेपालमा यिन्हेको आधिकारिक विक्रेता डाँफे स्पोटर््सका प्रमुख कार्यकारी अधिकृत नितिश …