नेपालगञ्ज भन्सारको राजस्व संकलनमा वृद्धि

बाँके । बाँकेको नेपालगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको तीन महीनामै ५ अर्ब ४९ करोड राजस्व संकलन गरेको छ । भन्सार कार्यालयको राजस्व संकलन वृद्धि ११० प्रतिशत रहेको छ । गत आर्थिक वर्ष २०७७÷७८ मा कार्यालयले २१ अर्ब राजस्व संकलन गरेको थियो । चालू आवमा २५ अर्ब राजस्व संकलन गर्ने कार्यालयको लक्ष्य छ । चालू आवमा पेट्रोलियम पदार्थ, चामल, दालचिनी, गहुँ, मकै, उद्योग, कच्चापदार्थ, लत्ताकपडा, गेडागुडी, तरकारी र खसीबोकाको आयातमा वृद्धि भएको छ । जडीबुटी र सुगन्धित तेल निर्यात बढी भइरहेको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जयबहादुर भण्डारीले बताए । नेपालगञ्ज नाकाबाट हरेक वर्ष चामल आयतमा वृद्धि हुँदै गएको छ । नेपालगञ्ज नाकाबाट गत आवमा वर्षमा १ अर्ब ५२ करोड ३७ लाखको गेडागुडी भारतबाट आयात भएको भएको थियो । बाँकेमा खुला सीमाका कारण भन्सार कार्यालयलाई लक्ष्यअनुसार राजस्व संकलन गर्न समस्या हुने गरेको भण्डारीले बताए । रासस

सम्बन्धित सामग्री

घरजग्गा कारोबारमा पोखरा र इटहरी अगाडी, धनगढी र नेपालगञ्ज नयाँ ‘हटस्पट’

अहिले घरजग्गा कारोबार अत्याधिक बढेको छ । काठमाडौँ उपत्यका छोडेर कारोबारीहरु मोफसलमा केन्द्रित भएका छन् । जसका कारण घरजग्गा कारोबार र राजस्व असुलीमा काठमाडौं उपत्यकाका मालपोत कार्यालयहरुलाई काठमाडौँ बाहिरका मालपोतले पछि पारेका छन् ।भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कले पनि काठमाडौँ बाहिरका शहरहरु घरजग्गा कारोबारको ‘हटस्पट’ बन्ने गरेको देखाएको छ । पोखरा र इटहरी पहिलोकाठमाडौँ उपत्यकालाई पछि पार्ने दौडमा अहिले मोफलसका शहरहरुबीच तीव्र प्रतिस्पर्धा छ । २ वर्ष अगाडीसम्म काठमाडौँ बाहिर पोखरा र चितवनमा जग्गाको कारोबार उच्च थियो । तर, अहिले पोखरा र चितवनलाई नेपालगञ्ज र धनगढीले पछि पारिसकेका छन् ।राजस्व संकलनमा भने पोखरा अझै अग्रस्थानमा कायमै छ । तर, कारोबार संख्या भने धनगढी र नेपालगञ्जको बढी छ । देशभरीमा सबैभन्दा बढी घरजग्गा कारोबार इटहरीमा भएको छ । इटहरी, चितवन, पोखरा, भैरहवा र बुटवलमा जग्गाको भाउ काठमाडौँ उपत्यकाकै हाराहारीमा छ ।भूमी व्यवस्थापन तथा अभिलेख विभागका अनुसार उपत्यका बाहिर घरजग्गा किनबेचमा इटहरी पहिलो र राजस्व संकलनमा पोखरा पहिलो देखिएको छ । गतवर्ष इटहरीमा २७ हजार ९५५ घरजग्गा किनबेच हुँदा १ अर्ब १३ करोड राजस्व संकलन भएको छ । पोखराबाट १३ हजार ८९५ घरजग्गा किनबेच हुँदा २ अर्ब ११ करोड ४९ लाख रुपैयाँ राजस्व संकलन भएको छ । कहाँ कति कारोबार ?झापाको भद्रपुर र दमक मालपोतबाट ३५ हजार घरजग्गा किनबेच हुँदा १ अर्ब ३० करोड राजस्व उठेको छ ।मोरङको विराटनगर र बेलवारीबाट ४० हजार घरजग्गा किनबेच भएको छ । यसवापत १ अर्ब ८२ करोड राजस्व संकलन भएको छ । चितवनका ४ मालपोत कार्यालयबाट २२ हजार घरजग्गा किनबेच हुँदा २ अर्ब ३३ करोड राजस्व संकलन भएको छ ।बुटवल र भैरहवामा ११ हजार घरजग्गा किनबेच हुँदा १ अर्ब ७९ करोड राजस्व उठेको छ । प्रदेश राजधानी दाङ सरेवपछि बुटवलको कारोबार सुस्ताएको हो ।दाङ, नेपालगञ्ज र धनगढी हटस्पट बन्दैनेपालगञ्ज र धनगढी अहिले परिचित हटस्पट शहरभन्दा बढी कारोबार हुने शहर बनेका छन् । बुटवल, पोखरा, चितवनलाई यी २ शहरले उछिनेका छन् । चितवन र पोखरा जस्ता उच्च कारोबार हुने शहरलाई दाङले पनि पछाडि पारेको छ । दाङका घोराही, लमही र तुल्सिपुरबाट २९ हजार घरजग्गा किनबेच भएका छन् । नेपालगञ्ज र धनगढी घरजग्गा कारोबारको नयाँ हटस्पट बन्ने दौडमा छन् । गत बर्ष नेपालगञ्जमा २० हजार ६ सय घरजग्गा किनेबच हुँदा ९१ करोड ३४ लाख राजस्व संकलन भएको छ ।धनगढी र टिकापुर मालपोतबाट १६ हजार ३ सय घरजग्गा किनबेच हुँदा १ अर्ब १४ करोड राजस्व उठेको छ । कैलालीमा धनगढी, टिकापुर, अत्तरिया, सुखड र लम्की गरी ५ वटा शहर छन् । यी ठाउँमा केही वर्षअघि लाख रुपैयाँ कट्ठा पर्ने जग्गाको मूल्य अहिले १० लाखसम्म पुगेको छ ।

नेपालगञ्ज भन्सार कार्यालयमा लक्ष्यभन्दा बढी भन्सार राजस्व संकलन

यहाँस्थित नेपाल भारत सीमा नाका गत नाै महिनादेखि बन्द रहे पनि राजस्व संकलनमा उल्लेख्य प्रगति भएको छ । नाका बन्द भएपनि सामाग्रीको आयात बन्द नहुँदा नेपालगञ्ज भन्सार कार्यालयले विगतभन्दा धेरै बढी राजस्व संकलन गरेर देखाएको छ । नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले चालु आर्थिक बर्षको ६ महिनामा यो कार्यालयले लक्ष्य भन्दा २ अर्ब ३२ करोड रुपैया बढी राजश्व संकलन गरेर उल्लेख्य उपलब्धि हासिल गरेको बताउनुभयो ।