कैलालीमा सरकारी कर्मचारीलाई कुटपिट गरी कार लगेर फरार भएका तीन भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरुलाई कैलालीको गोदावरी नगरपालिका–१ स्थित ऐश्वर्य सामुदायिक वनमा लुकेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले बताए ।‘पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतिको हिरासतमा राखिएको छ,’ प्रवक्ता जोशीले भने, ‘घाटाको कारण भने अझै खुलेको छैन, अहिले तीनै जनामाथि सोधपुछ भइरहेको छ ।’ सोमबार बिहान