काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाउनुपर्ने बताएका छन्। शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा अध्यक्ष लिङ्देनले कोशीमा देखिएको संकट समाधानका लागि एमाले–कांग्रेस मिलेर सरकार बनाउनुपर्ने बताएका हुन्। ‘कोशीमा जे रोपिएको थियो त्यसको फल लाग्ने कुरा हो। त्यो देखिरहेको छ। हामी कुनै पक्षमा नलाग्दा प्रदेश सभा नै विघटन हुनसक्ने परिस्थिति देखिन थालेको छ। तर, त्यो कुन बेला