लचिलो बन्दै नेपाल पक्ष, ओलीमाथि दबाब

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव गरे पनि त्यसलाई अस्वीकार गर्दै आएको माधव नेपाल पक्ष तीन दिनयता केही लचिलो देखिएको छ । नेपाल पक्षले एकताका लागि ओलीमाथि दबाब पनि बढाएको छ । ओलीलाई दबाब दिने रणनीति स्वरुप नेपाल पक्षले प्रदेश १ र बागमती प्रदेश सरकारलाई नीति तथा कार्यक्रम पास गर्न सहयोग गर्ने भएको छ । विभाजनको डिलमा पुगेको एमालेलाई बचाउन नेपाल पक्षले २०७५ जेठ २ गतेको अवस्थामा फर्किनुपर्ने अडान कायम राखेरै ओली पक्षमाथि रणनीतिक दबाब सिर्जना गर्न

सम्बन्धित सामग्री

आर्थिक गतिविधिमा मौद्रिक नीतिको दबाब

चालु आथिक वर्षको लागि जेठ १५ मा बजेट सार्वजनिक भएपछि निजी क्षेत्रले लचिलो मौद्रिक नीति ल्याउन अर्थमन्त्री, नेपाल राष्ट्र बैंक, विभिन्न राजनीतिक पार्टीका शीर्ष नेतालाई भेटी दबाब सिर्जना गरे पनि अन्तत: केन्द्रीय बैंकले कसिलो मौद्रिक नीति नै सार्वजनिक गरेको छ।बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था सिर्जना हुन पुग्दा बैंक तथा वित्तीय क्षेत्रले लगानी गर्न सकिरहेका छैनन्। बैकहरुले लगानी गर्न नसकेर पैसा थुप्रिएको बताउदै आइरहेको सम्बन्धमा राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याएको अनुमान गर्न सकिन्छ।मुद्रा

लचिलो देखाएर कडा आयो मौद्रिक नीति

काठमाडौं– सरकार र निजी क्षेत्रले यस वर्ष खुकुलो मौद्रिक नीति ल्याउन बारम्बार दबाब दिए पनि राष्ट्र बैंकले वित्तीय क्षेत्रको स्थायित्वलाई केन्द्रमा राखेर नीति सार्वजनिक गरेको छ । विदेशी विनिमय सञ्चितिमा उच्च चाप परेका कारण गत वर्ष बाह्य क्षेत्रको स्थायित्वलाई ध्यान दिएको राष्ट्र बैंकले यो वर्ष वित्तीय क्षेत्रको स्थायित्वलाई प्राथमिकतामा राखेको हो । राष्ट्र बैंकले आइतबार […]

लचिलो र विस्तारकारी मौद्रिक नीतिको दबाब

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार असार २८ गतेसम्ममा बैंक, वित्तीय संस्थाले ५७ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४८ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह नहुँदा बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१ दशमलव ७५ प्रतिशतमा झरेको छ । बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा दिन पाउने व्यवस्था छ । यसअनुसार बैंकहरूसँग अहिले करीब ५ खर्ब थप कर्जा विस्तार गर्न सक्ने क्षमता छ । तर, उच्च ब्याजदर र आर्थिक गतिविधिमा कमी आउँदा बैंकहरूले लगानी गर्न सकेका छैनन् ।  बैंकहरूमा तरलता थुप्रिएपछि अन्तरबैंक ब्याजदरलगायत अल्पकालीन दरहरू घटिरहेको छ । बिहीवार अन्तरबैंक ब्याजदर शून्य दशमलव ६० प्रतिशतमा झरेको छ । राष्ट्र बैंकले रिभर्स रिपो र निक्षेप संकलन उपकरणमार्फत बजारबाट तरलता खिचे पनि ब्याजदर मौद्रिक नीतिको लक्ष्यअनुसार कायम हुन सकेको छैन । चालू आर्थिक वर्ष (आव) को जेठसम्म आइपुग्दा अर्थतन्त्रमा बाह्य क्षेत्रको अवस्था सहज देखिएको छ । राष्ट्र बैंकले प्रकाशित गरेको चालू आवको ११ महीनाको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनमा शोधनान्तर स्थिति २ खर्ब २८ अर्ब ९८ करोडले बचतमा रहेको उल्लेख छ । १४ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चितिले ११ दशमलव २ महीनाको वस्तु आयात र ९ दशमलव ६ महीनाको वस्तु तथा सेवा आयात धान्ने प्रतिवेदनमा औंल्याइएको छ ।  अर्थतन्त्रमा बाह्य क्षेत्रको अवस्था सहज भए पनि आन्तरिक अर्थतन्त्र चलायमान नभएपछि राष्ट्र बैंकमाथि आगामी आवका लागि लचिलो र विस्तारकारी मौद्रिक नीति ल्याउनुपर्ने दबाब बढेको छ । चालू वर्षमा लिइएको कसिलो नीतिले अर्थतन्त्रमा बाह्य क्षेत्र सहज भए पनि बैंकहरूको कर्जा प्रवाह, आयातनिर्यात, सरकारी राजस्व घट्नुका साथै आर्थिक गतिविधि सुस्त भएपछि लचिलो बन्न केन्द्रीय बैंकलाई दबाब छ । यसैगरी प्रभावित भएको आर्थिक क्षेत्रलाई राहत हुने कार्यक्रमको अपेक्षामा निजीक्षेत्र छ । निजीक्षेत्रका उद्योगी व्यवसायीसँगै सरकारी अधिकारीहरूले पनि औपचारिक र अनौपचारिक माध्यमबाट लचिलो मौद्रिक नीतिकै पक्षपोषण गरिरहेका छन् ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि औपचारिक कार्यक्रमहरूमा बैंकिङ क्षेत्रमा रहेको पूँजी परिचालन हुने गरी मौद्रिक नीति आउनुपर्ने भन्दै राष्ट्र बैंकमाथि दबाब बढाइरहेका छन् । कोभिड प्रभावित अर्थतन्त्र पुनरुत्थानका लागि भन्दै राष्ट्र बैंकले आव २०७७/७८ र २०७८/७९ का लागि लचिलो र विस्तारकारी मौद्रिक नीति लिएको थियो । यसले बजारमा नगद प्रवाह वृद्धि भई अर्थतन्त्र चलायमान भए पनि लगानी अनुत्पादक क्षेत्र र आयातमा प्रयोग हुँदा अर्थतन्त्रमा नकारात्मक असर परेपछि चालू वर्ष कसिलो नीति ल्याएको थियो ।  जेठसम्म आइपुग्दा बाह्य क्षेत्रको अवस्था सहज भए पनि अझै सतर्क हुनुपर्ने अवस्था रहेको बताउँछन् राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ । ‘११ महीनाको अवस्थाले हामीलाई मौद्रिक नीतिमा लचिलो बन्न केही स्पेस भने दिएको छ,’ उनले भने ।  मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षासम्म आइपुग्दा केन्द्रीय बैंकले ‘सजगतापूर्वक केही लचिलो बनाइएको’ उल्लेख गर्दै केही क्षेत्रलाई राहत दिइसकेको छ । राष्ट्र बैंकले होटेल तथा रेस्टुराँ, पशुपक्षीपालन, निर्माण क्षेत्रसँग सम्बद्ध कर्जा र ५ करोडसम्मको अन्य सबै क्षेत्रमा प्रवाह भएको कर्जाका साथै लघवित्तको कर्जा पनि पुन:तालिकीकरण र पुन:संरचना गर्न पाउने सुविधा दिइसकेको छ । सरकारले बजेटमा आगामी आवमा ६ प्रतिशत आर्थिक वृद्धि र मूल्य वृद्धिदर ६ दशमलव ५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको छ । उक्त लक्ष्य प्राप्त गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्नुपर्नेछ । त्यसका लागि आन्तरिक उत्पादन बढाउन सहयोग गर्ने गरी उपलब्ध वित्तीय स्रोत परिचालन गर्ने नीति ल्याउन छलफल भइरहेको अधिकारीहरूको भनाइ छ ।

चालू पुँजी कर्जा विवादः गाँठो फुकाउँदै राष्ट्र बैंक

काठमाडौं, पुस १९ । चालू पुँजी कर्जाको पछिल्लो मार्गनिर्देशन तत्काल लागू नगर्न उद्योगी व्यवसायीले सबैतर्फबाट दबाब सिर्जना गरेपछि राष्ट्र बैंकले केही लचिलो हुने संकेत देखाएको छ । उद्योगी व्यवसायीले जिल्लाबाट सडक आन्दोलन गर्ने देखि केन्द्रमा उपल्लो राजनीतिक तहसम्म लबिङ गरेपछि केन्द्रीय बैंकले यसमा लचिलो हुने संकेत देखाएको हो । केन्द्रीय बैंकका गर्भनर महाप्रसाद अधिकारी र […]

गाँठो फुकाउँदै राष्ट्र बैंक

राष्ट्र बैंकको पहलमा सोमबार निजी क्षेत्रका तीन ठूला संस्थाका प्रतिनिधिहरू र गभर्नरबीच यसबारेमा भिन्नभिन्न समयमा छलफल भएको थियो । चालू पुँजी कर्जाको पछिल्लो मार्गनिर्देशन तत्काल लागू नगर्न उद्योगी–व्यवसायीले सबैतर्फबाट दबाब सिर्जना गरेपछि राष्ट्र बैंकले केही लचिलो हुने संकेत देखाएको छ । उद्योगी–व्यवसायीले जिल्लाबाट सडक आन्दोलन गर्नेदेखि केन्द्रमा उपल्लो राजनीतिक तहसम्म लबिङ गरेपछि केन्द्रीय बैंकले यसमा […]

अध्ययनमा राष्ट्र बैंक, तत्काल लचिलो नहुने

बैंक ब्याजदर कम गराउन र चालू पुँजी कर्जाको पछिल्लो निर्देशनलाई स्थगन गर्न निजी क्षेत्रले चर्को दबाब दिए पनि राष्ट्र बैंकले तत्कालै लचिलो नहुने संकेत गरेको छ । व्यवसायीहरूले चालू पुँजी कर्जालाई कम्तिमा २ वर्ष स्थगन गर्ने माग राखेकामा केन्द्रीय बैंकले अध्ययनकै क्रममा रहेको भन्दै तत्कालै स्थगन हुन्छ भन्न नसकिने बताएको हो । राष्ट्र बैंक आर्थिक […]

व्यवसायीका मागका विषयमा राष्ट्र बैंक तत्काल लचिलो नहुने

काठमाडौं, पुस १४ । बैंक ब्याजदर कम गराउन र चालू पुँजी कर्जाको पछिल्लो निर्देशनलाई स्थगन गर्न निजी क्षेत्रले चर्को दबाब दिए पनि राष्ट्र बैंकले तत्कालै लचिलो नहुने संकेत गरेको छ । व्यवसायीहरुले चालू पुँजी कर्जालाई कम्तिमा २ वर्ष स्थलगत गर्ने माग राखेकामा केन्द्रीय बैंकले अध्ययनकै क्रममा रहेको भन्दै तत्कालै स्थगन हुन्छ भन्न नसकिने बताएको हो […]

अध्ययनमा राष्ट्र बैंक, तत्काल लचिलो नहुने

काठमाडौं । बैंक ब्याजदर कम गराउन र चालू पुँजी कर्जाको पछिल्लो निर्देशनलाई स्थगन गर्न निजी क्षेत्रले चर्को दबाब दिए पनि राष्ट्र बैंकले तत्कालै लचिलो नहुने संकेत गरेको छ । व्यवसायीहरुले चालू पुँजी कर्जालाई कम्तिमा २ वर्ष स्थलगत गर्ने माग राखेकामा केन्द्रीय बैंकले अध्ययनकै क्रममा रहेको भन्दै तत्कालै स्थगन हुन्छ भन्न नसकिने बताएको हो । राष्ट्र […]

आयात प्रतिबन्ध लचिलो

व्यवसायी तथा अन्तर्राष्ट्रिय दबाबका बाबजुद प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा सरकारले प्रतिबन्ध लगाइएका वस्तुहरुमा केही संशोधन गरेर प्रतिबन्ध कायमै गरेको छ । सरकारले विदेशी मुद्रामा बढी दबाब पार्ने महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध २८ असोजसम्म थप गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मदिराको प्रतिबन्धलाई निरन्तरता दिएको भए पनि चुरोटको आयात […]

एमालेमा एकताका लागि दबाब: नेपाल पक्षप्रति ओली नरम

काठमाडौं, साउन ८ । एमाले अध्यक्ष केपी शर्मा ओली एकाएक यु–टर्न भएर वरिष्ठ नेता माधवकुमार नेपाल समूहप्रति लचिलो देखिएका छन्। तर यो यु–टर्न पनि ओलीको ‘जालझेल’ हुने सक्ने आशंकाले नेपाल समूह विश्वस्त देखिएको छैन। ओलीबाट ठोस प्रस्ताव नआउँदासम्म विश्वास गर्न नसकिने नेपाल समूहका नेताहरूको भनाइ छ। पार्टीभित्रको विवादका कारण सरकारको नेतृत्वबाट बाहिरिएपछि बसेको केन्द्रीय कमिटी […]