काठमाडौं। चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण आज सार्वजनिक हुने भएको छ। अर्थमन्त्रालयले आज दिउँसो २ बजे आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने भएको हो। मन्त्रालय परिसरबाट जुममार्फत सर्वेक्षणमा सार्वजनिक गर्ने बताइएको छ।
मधेश प्रदेश सरकारले आर्थिक सर्वेक्षण २०७९/८० सार्वजनिक गरेको छ । प्रदेशका अर्थमन्त्री संजयकुमार यादवले बिहीबार प्रदेशसभाको बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरेका हुन् । सर्वेक्षणमा मधेश प्रदेश सरकारको चालु आवको बजेट खर्चको अवस्था, आर्थिक वृद्धिदरदेखि लिएर मधेशको बैंक तथा वित्तीय संस्थाको अवस्था उल्लेख गरिएको छ । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म कुल बजेटको […]
वाग्मती प्रदेश सरकारले आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने भएको छ । आगामी प्रदेशसभाको वैठकमा प्रदेशसरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले आर्थिक सर्वेक्षण पेस गर्ने भएका छन् । प्रदेशसभाको बैठक ३२ गते दिउँसो २ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।
१४ जेठ, काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको आर्थिक विवरण समावेश गरिएको आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेस भएको छ । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण २०७८/७९ पेस गरेका हुन् । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुभन्दा केही दिनपहिले संघीय संसद्मा आर्थिक सर्वेक्षण पेस गर्ने व्यवस्था छ । संविधानमा नै हरेक वर्षको जेठ १५ […]
सरकारले चालु आर्थिक वर्षको आठ महिनामा संघीय सरकार मातहत पाँच सय ५० किलोमिटर सडक कालोपत्रे गरेको तथ्यांक सार्वजनिक गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रबार अर्थ मन्त्रालयमा आर्थिक वर्ष २०७७/७८ आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै संघीय सरकार मातहत पा...
जेठ १४, काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०७७/ ७८ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रवार आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै चालू वर्षमा संशोधित ४ दशमलव शून्य १ प्रतिशतको आर्थिक वृद्धिदर पुरा गर्न कठिन हुने बताए ।
उनकाअनुसार कोभिड महामारी बढेका कारण आर्थिक गतिविधिमा संकुचन आएको र लक्ष्य हासिल गर्न कठिन भएको हो ।
चालू आर्थिक वर्षको कुल मूल्यवृद्धि, कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २५ दशमलव ८, १३ दशमलव १, ६१ दशमलव १ प्रतिशत रहेको अनुमान छ।
मन्त्री पौडेलका अनुसार चालू आवमा धानको उत्पादन १ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ। चालू आवको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन उत्पादकको मूल्यमा ४२ खर्ब ६६ अर्ब ३२ करोडमध्ये वाग्मती प्रदेशको अंश सबैभन्दा बढी अर्थात् ३७ दशमलव शून्य ७ प्रतिशत र कर्णाली प्रदेशको सबैभन्दा कम ४ प्रतिशत रहेको अनुमान रहेको अर्थमन्त्री पौडेलले जानकारी दिए ।
आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै मन्त्री पौडेलले ०७६/ ०७७ मा आर्थिक वृद्धिदर २ दशकमै पहिलोपटक २ दशमलव १२ प्रतिशतले ऋणात्मक रहेको जानकारी दिए।
सोही अवसरमा अर्थसचिव शिशिर ढुंगानाले आर्थिक वृद्धिदरमा धक्का लागे पनि निषेधाज्ञा अघिको अर्थतन्त्रको गति हेर्दा पहिलाभन्दा राम्रो रहेको बताए ।
काठमाडौं। सातवटै प्रदेशको आर्थिक वृद्धिदर ३.५ प्रतिशतभन्दा उच्च रहने भएको छ। अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै प्रदेशहरुको आर्थिक वृद्धिदर ३.५ प्रतिशतभन्दा बढी रहेको जानकारी दिएको हो। सात प्रदेशमध्ये बागमती प्रदेशको वृद्धिदर सबैभन्दा बढी ४.६५ र प्रदेश २ को सबैभन्दा कम ३.५२ प्रतिशत रहने अनुमान गरिएको छ।
काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०७८ सालको सुरुवातसँगै फैलिन सुरु गरेको कोभिड-१९ को दोस्रो लहरले अर्थतन्त्रमा पुनः जोखिम बढाएको बताएका छन्। उनले आज आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने क्रममा लकडाउनपछि 'भी' आकारमा सुधार हुँदै गएको अर्थतन्त्रमा चूनौती थपेको बताएका हुन्।
काठमाडौं। सरकारले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण भोलि शुक्रबार (१४ गते) सार्वजनिक गर्ने भएको छ। भर्चुअलमाध्यमबाट अर्थमन्त्रालय परिसरमै आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने तयारी भइरहेको हो। भोलि आर्थिक सर्वेक्षण सार्वजनिक गरेपछि जेठ १५ गते बजेट घोषणा हुने बताइएको छ।
काठमाडौं। सरकारले आज आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने भएको छ। हरेक वर्ष बजेटको पूर्वसन्ध्यामा चालू वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्नुपर्ने हुन्छ। सोहीअनुरुप, अर्थमन्त्रालयले आज आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने भएको हो। सर्वेक्षणमा देशको चालू वर्षको बजेटको अवस्था र देशको वर्तमान आर्थिक स्थितिको तथ्याङ्क राखिएको हुन्छ।