वाग्मती प्रदेश सरकारले आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने भएको छ । आगामी प्रदेशसभाको वैठकमा प्रदेशसरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले आर्थिक सर्वेक्षण पेस गर्ने भएका छन् । प्रदेशसभाको बैठक ३२ गते दिउँसो २ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।