२३४ स्थानीय तहले मात्रै ल्याए बजेट

काठमाडौं। देशका कुल ७५३ वटा स्थानीय तहमध्ये जम्मा २३४ वटा स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट ल्याएका छन्। असार १० गतेभित्रै बजेट पेस गर्नुपर्ने व्यवस्था भएपनि जम्मा २३४ वटा स्थानीय तहले मात्रै बजेट ल्याएका हुन्। आजसम्म बजेट पेस गरेका ती स्थानीय तहले पनि १० गतेभित्र बजेट पेस नगरेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बताएको छ।

सम्बन्धित सामग्री

दार्चुलाका आठ स्थानीय तहले बजेट ल्याए

दार्चुला । दार्चुलाका ९ स्थानीय तहमध्ये ८ वटाले आगामी आर्थिक वर्ष २०८०–०८१ को लागि नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गरेका छन् । जिल्लाको लेकम, मार्मा, अपी हिमाल, मालिकार्जुन, नौगाड, दुहूँ, व्याँस गाउँपालिका तथा महाकाली नगरपालिकाले बजेट ल्याएका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को कानूनी व्यवस्थाअनुसार असार १० गतेसम्म बजेट पेस गरिसक्नुपर्ने नियम हुन्छ […] The post दार्चुलाका आठ स्थानीय तहले बजेट ल्याए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

१० स्थानीय तहले ल्याए बजेट, बाँकीको भोलि

आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ७५३ मध्ये १० स्थानीय तहले बजेट सार्वजनिक गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहले प्रत्येक वर्षको असार १० गतेअघि नै वार्षिक बजेट ल्याउनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार हालसम्म १० स्थानीय तहले बजेट सार्वजनिक गरिसकेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ । बाँकी ७४३ […]

लमजुङका आठ स्थानीय तहले ल्याए ४ अर्ब १ करोड ५९ लाखको बजेट

लमजुङ, असार १८ । लमजुङका आठवटै स्थानीय तहले समयसिमा भित्रै आगामी आर्थिक वर्षका लागि बजेट, नीति तथा कार्यक्रम ल्याएका छन् । जिल्लाका आठ स्थानिय तहले चार अर्ब एक करोड ५९ लाख एक हजार बजेट ल्याएका छन् । जिल्लामा सबैभन्दा धेरै सन्दरबजार नगरपालिकाले आगामी वर्षका लागि ७९ करोड ७५ लाख ८० हजार रुपैया बजेट ल्याएको छ […]

धनकुटाका सातमध्ये चार स्थानीय तहले ल्याए बजेट

सात स्थानीय तह रहेको धनकुटाका चार वटा स्थानीय तहले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गरेका छन् । तीन स्थानीय तहले भने विवादका कारण बजेट प्रस्तुत गर्न नसकेको जनाएका छन् ।धनकुटाको छथरजोरपाटी गाउँपालिका, शहिदभूमी गाउँपालिका, चौबिसे गाउँपालिका र महालक्ष्मी नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गरेका छन् भने धनकुटा नगरपालिका, पाख्रिवास नगरपालिका र साँगुरीगढी […]

षडानन्द बाहेक भोजपुरका आठ स्थानीय तहले ल्याए बजेट

भोजपुर : भोजपुरका नौमध्ये आठवटा स्थानीय तहले बजेट नीति तथा कार्यक्रम ल्याउँदा षडानन्द नगरपालिका भने असफल बनेको छ। शुक्रबारका लागि तयार गरिएको नगरसभा सत्तागठबन्धन दलका कार्यपालिका सदस्यहरूले बहिष्कार गरेपछि स्थगित भएको हो। उपप्रमुख प्रमिला राईसहित १३ जना कार्यपालिका सदस्यले नगरप्रमुखलाई पत्र लेखेर सभा बहिष्कार गरेका हुन्।उनीहरूले पर्याप्त छलफल तथा परामर्श नगरी नगरसभा बोलाएको, विषयगत समितिको टुङ्गो नलगाएको, टोल तथा वडाको योजना तर्जुमा नगरिएको, बजेटको सिलिङ नबनाई नगरसभा बोलाएको लगायत कुरामा असन्तुष

नवलपरासीका सबै स्थानीय तहले ल्याए बजेट, कुन पालिकाको कति ?

नवलपरासी जिल्लामा सवै स्थानीय तहले बजेट ल्याएका छन् ।  जस अनुसार रामग्राम नगरपालिकाको कुल बजेट १ अर्ब १९ करोड, ३७ लाख ७३ हजार ४ सय रुपैयाँ प्रस्तुत भएको छ भने सुस्ता गाउँपालिकामा पनि कुल कुल बजेट ५३ करोड २९ लाख ७३ हजारको बजेट प्रस्तुत भएको छ । यस्तै सरावल गाउँपालिकामा पनि कुल बजेट ५६ करोड ८७ लाख १३ हजार बजेट प्रस्तुत भएको छ, जसमा चालू तर्फ ३३ करोड ८९ लाख ३ हजार ३ सय ९४ रुपैया र  पूँजीगत तर्फ २२ करोड ९८ लाख ९ हजार ६ सय ६ रुपैयाँ रहेको छ ।सुनवल नगरपालिकाको कुल बजेट ९६ करोड, ३९ लाख,

७०२ स्थानीय तहले ल्याए नीति तथा कार्यक्रम र बजेट

काठमाडौं : देशका ७५३ मध्ये ७०२ स्थानीय तहले नयाँआर्थिक वर्ष २०७९\०८० को बजेट प्रस्तुत गरेका छन्। उनीहरूले आ–आफ्नो गाउँ\नगर सभामा नीति तथा कार्यक्रम र बजेट पेश गरेका हुन्।नेपाल नगरपालिका संघले २९३ मध्ये २६७ नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट पेश गरेका जनाएको छ। २६ नगरपालिकाको बजेट आउन बाँकी छ । बाजुराको बुढीगंगामामा भने निर्वाचन नै हुन बाँकी छ।गाउँपालिका महासंघका अनुसार ४६० मध्ये ४३५ गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट गाउँसभामा पेश गरेका छन्। बाँकी २५ मध्ये ६ वटा गाउँप

कर्णालीका अधिकांश स्थानीय तहले ल्याए बजेट

सुर्खेत– कर्णालीका अधिकांश स्थानीय तहले बजेट ल्याएका छन् । आर्थिक वर्ष १०७९/०८०का लागि कर्णालीका अधिकांश स्थानीय तहले बजेट ल्याएका हुन् । कर्णालीका स्थानीय तहले ल्याएको बजेटमा स्थानीय तहले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र केही स्थानीय तहले लोक रिझाउने बजेट ल्याएका छन् । कर्णालीका ७९ स्थानीय तहमध्ये अधिकांशले गाउँपालिका तथा नगरपालिकाले नीति तथा कार्यक्रम पेस गर्दै […]

कैलालीका १३ मध्ये १२ स्थानीय तहले ल्याए वार्षिक बजेट

कैलालीका १३ वटा स्थानीय तहमध्ये शुक्रबार १२ वटा स्थानीय तहले वार्षिक बजेट पेस गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार असार १० गतेभित्र स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुपर्छ ।कैलालीको लम्की चुहा नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममात्र सभामा पेस गरेको छ भने अन्य १२ स्थानीय तहले बजेट पेस गरेका हुन । सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीले आगामी आर्थिक वर्ष २०७९/८० लागि अनुमानित एक अर्ब ८३ करोडभन्दा बढी बजेट प्रस्तुत गरेको छ ।शुक्

लमजुङका आठ स्थानीय तहले ल्याए साढे चार अर्ब बजेट

लमजुङका आठ स्थानीय तहले चार अर्ब ५५ करोड ५२ लाख ७४ हजार बराबरको बजेट प्रस्तुत गरेका छन् । स्थानीय सरकारले १० असारभित्र बजेट ल्याइसक्नुपर्ने प्रावधान छ । सोहीअनुसार लमजुङका आठ...