बाग्मतीमा आज सानो आकारको मन्त्रिपरिषद् गठन हुँदै : मुख्यमन्त्रीसँगै दुई मन्त्रीले शपथ लिने

मकवानपुर - बाग्मती प्रदेशमा आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी भएको छ । मुख्यमन्त्रीसँगै दुई जना मन्त्रीले शपथ लिँदैछन् । बाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ । प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहणका लागि सबै तयारी भइसकेको छ । उहाँलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ ग्रहण गराउनुहुनेछ । मुख्यमन्त्री जम्मकट्टेलसँगै दुई जना मन्त्रीले पनि शपथ ग्रहण गर्नेछन् । सत्ता गठबन्धनमा रहेको ठूलो दल नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दल...

सम्बन्धित सामग्री

अर्थमन्त्रालयको जिम्मेवारी कसले पाउलान्?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दिउँसो ५ बजे पाँचौपटक प्रधानमन्त्रीमा नियुक्त हुँदै छन्। उनले आफूसँगै मन्त्रिपरिषद् गठन गर्नेछन्। त्यसक्रममा कांग्रेसले अर्थमन्त्रालय आफैसँग राख्ने सम्भावना बढी रहेको बताइएको छ। कांग्रेसले आगामी निर्वाचन र कांग्रेसको महाधिवेशनलाई लक्षित गरेर अर्थमन्त्रालय आफैसँग राख्ने भएको हो। अर्थ मन्त्रालयको भाग कांग्रेसकै पोल्टामा डा.मिनेन्द्र रिजाल र ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री बन्ने सम्भावना बढी रहेको बताइएको छ।