काठमाडौँ। नेपालका लागि टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले धरानमा टिभिएस एनटर्क १५० सार्वजनिक गरेको छ। चर्चित गायक बिपुल क्षेत्रीको कन्सर्टकाबीच सार्वजनिक गरिएको नयाँ स्कुटरलाई कम्पनीले नेपालको पहिलो १५० सीसी हाइपर स्पोर्ट स्कुटरका रूपमा प्रस्तुत गरेको छ। कार्यक्रममा टिभिएसका ग्राहक तथा प्रेमी, सञ्चारकर्मी, कन्टेन्ट क्रिएटर, डिलर र अतिथिहरूको सहभागिता थियो। एनटर्क १५० को […]
अमेरिकी राज्य मिनेसोटामा अदालतको आदेशपछि हिरासतमुक्त भएका अध्यागमन बन्दीहरूलाई सङ्घीय अध्यागमन अधिकारीहरूले रिहा हुनासाथ भवन बाहिरै पुनः गिरफ्तार गरिरहेका छन्। वकिलहरूका अनुसार आइसका एजेन्टहरूले रिहाइको कानुनी ढाँचाको फाइदा उठाउँदै नियन्त्रणमा लिने नयाँ रणनीति अपनाएका हुन्। ग्वाटेमालाका २७ वर्षीय इभानले अदालतबाट बंन्दी प्रत्यक्षीकरण याचिका जितेपछि विशप हेनरी व्हिपल फेडरल विल्डिङमा रिहाइको कागजमा हस्ताक्षर गरेका थिए। उनी […]
काठमाडौँ। नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियालाई निश्चित वैदेशिक रोजगार व्यवसायी संस्थामा सीमित गरी एकाधिकार कायम गर्न खोजिएको भन्दै त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराएको छ। सङ्घले साेमबार पत्रकार सम्मेलन गरी मलेसियाको फरेन वर्कर्स सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्ल्युसिएमएस) अन्तर्गत नेपालका सीमित वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरिएको विषयमा प्रश्न उठाएको हो। […]
दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक वर्षको अवधिमा सात दशमलव दुई कलोमिटर सडक कालोपत्र, १० किलोमिटर ग्रावेल र नौ किलोमिटर नयाँ सडकको ट्रयाक निर्माण गरेको छ । गाउँपालिकाले सडक, पुल, खानेपानी तथा सिँचाइ, नदी नियन्त्रण, पार्कलगायत भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । पछिल्लो एक वर्षमा मात्रै गाउँपालिकाभित्र चार वटा पार्क […]
काठमाडौँ । कालीगण्डकी नदीको बाढीले अवरुद्ध बेनी-जोमसोम-कोरला सडकको पुनर्निर्माण तथा मर्मतमा प्रयोग हुने उपकरणका लागि ड्रोनमार्फत करिब ४०० लिटर डिजेल पुर्याइएको छ। पूर्वाधार विकास मन्त्री सुनील लम्सालका अनुसार नेपाली सेनाको सहयोगमा म्याग्दीको रघुगंगा गाउँपालिका-२ स्थित बैसरी (कुनौटो) बाट बेगखोलासम्म इन्धन ढुवानी गरिएको हो। सडक अवरुद्ध हुँदा निर्माण तथा मर्मतमा प्रयोग हुने उपकरणका लागि इन्धन आपूर्तिमा […]