युक्रेनका लागि वार्ता र कूटनीतिक पहल गर्न मोदीको आग्रह

कोपेनहेगन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनको हालको द्वन्द्व समाधानका लागि वार्ता र कूटनीतिक प्रयास सँगसँगै गर्नुपर्ने बताएका छन्। उनले युक्रेनमा हाल जारी रहेको समस्याको समाधानका लागि वार्ता र कूटनीतिक पहल जरुरी रहेको बताएका हुन् । हाल युरोप भ्रमणमा रहेका प्रधानमन्त्री मोदीले मंगलबार डेनमार्कका आफ्ना समकक्षी मेट्टे फ्रेडरिक्सनसँगको वार्तापछि सो धारणा राखेका हुन् । डेनमार्कका […]

सम्बन्धित सामग्री

पञ्चेश्वरमा कूटनीतिक पहल

पञ्चेश्वर बहुउद्देश्यीय परियोजना निर्माणका बारेमा नेपाल र भारतबीच सम्झौता भएको ३ दशक हुन लाग्दा पनि परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) समेत बन्न सकेको छैन । पञ्चेश्वर विकास प्राधिकरणले विज्ञ समूहलाई डीपीआरमा रहेको समस्या समाधान गर्न ३ महीनाको अवधि दिएर सक्रिय बनाएपछि यो परियोजना अघि बढ्छ कि भन्ने आशा बढेको छ । तर, भारतको चासो यहाँ बिजुली निकाल्नभन्दा पनि पानी उपयोगमा बढी देखिएकाले यो विषय अघि बढाउन नेपालले बलियो कूटनीतिक पहल गर्नुपर्ने देखिन्छ ।  भारतले नेपालका जलविद्युत् आयोजनाहरूमा भन्दा यहाँको पानीमा बढी चासो राखेको पाइन्छ । सिँचाइ र खानेपानीमा नै उसले पञ्चेश्वर बहुउद्देश्यीय परियोजनामा पनि चासो देखाएको मानिन्छ । त्यही भएर उसले पानी बाँडफाँटमा अहिले पनि बखेडा झिकिरहेको छ । त्यही भएर यसको गभर्निङ बडीको बैठकसमेत बस्न सकेको देखिँदैन । २०७६ सालपछि यसको बैठक बस्न नसकेको हो । अहिले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणपछि भारत केही सकारात्मक भएको देखिन्छ । तर, प्रधानमन्त्रीको भ्रमणहरूमा यस विषयले चर्चा पाउने र त्यसपछि बिस्तारै सेलाउने गरेको छ । अहिले पनि त्यस्तै होला कि भन्ने आशंका नेपाली पक्षलाई छ ।  पञ्चेश्वरमा दुवै देश लाभान्वित हुने देखिन्छ । त्यसो हुँदा यसको निर्माण मोडालिटी, निर्माण अवधि, लाभ र लगानीको बाँडफाँट जस्ता विषयमा दुई देशले स्पष्ट रूपमा एकअर्कालाई बुझाउनुपर्छ । पञ्चेश्वर परियोजना नेपालका लागि निकै महङ्खवपूर्ण छ । झन्डै १० हजार मेगावाट बिजुली उत्पादन हुने र हजारौं हेक्टर जमीनमा सिँचाइ हुने भएकाले सुदूरपश्चिम प्रदेशका लागि यो रूपान्तरणकारी परियोजना नै बन्ने निश्चित छ । पञ्चेश्वर आयोजनाबाट भारतले बढी लाभ लिने भएकाले त्यसमा भारतीय लगानी बढी हुनुपर्छ भन्ने नेपालको भनाइ छ । भारतले यहाँबाट बढी पानी लान खोजेको छ । देखिने गरी भएको विवाद यत्ति नै भए पनि भारतको वास्तविक रुचि के हो बुझेर त्यसअनुसार कूटनीतिक रूपमा स्पष्ट पार्न नेपाल असमर्थ रहेको देखिन्छ । नेपालले बारम्बार पञ्चेश्वरको कुरा उठाउँदा उसले त्यसको बदला साना केही जलविद्युत् आयोजनाहरू बनाइदिने प्रस्ताव पनि गरेको हो । तर, ती आयोजना पनि अघि बढेनन् । अहिले भारत नेपालबाट जलविद्युत् लैजान केही मात्रामा सकारात्मक देखिएको छ । यही बेला पञ्चेश्वर परियोजनालाई ब्युँताउन नेपालले पहल गर्नु परिणामदायी हुन सक्छ ।  जबसम्म नेपालमा भारतीय आयोजना र सहयोगप्रति दलहरू बीच एकमत हुँदैन तबसम्म नेपालले चाहे जस्तो गरी उसले सहयोग गर्ने सम्भावना देखिँदैन । नेपालको विकासका लागि ठूलो दाता भए पनि उसले नेपालको आर्थिक रूपान्तरण हुने खालका आयोजनामा भने चासो देखाएको छैन । भारतीय सहयोगलाई लिएर देशभित्रै चर्को विरोध र विवाद हुने गरेको छ । त्यही भएर ऊ नेपाल सरकारका धेरै माग र अपेक्षाप्रति सकारात्मक नबनेको हो भन्न सकिन्छ । दलहरू र बौद्धिक वर्गले एकमत भएर भारतसँग पञ्चेश्वरजस्ता ठूला आयोजना बनाइदिन प्रभावकारी ढंगले कूटनीतिक पहल गर्ने हो भने नेपालले चाहेका परियोजना बनाइदिन र अन्य सहयोग गर्न पनि ऊ तयार हुन सक्छ । मुख्य कुरा नेपाल आफ्नो नीतिमा एक ढिक्का र स्थिर रहन सक्नुपर्छ । नेपाल र भारतबीच जेजति सम्झौता, समझदारी भएका छन् र मौखिक सहमति भएका छन् त्यसमा दुवै देशले आआफ्नो देशको स्वार्थ हेरेका छन् । पञ्चेश्वरमा दुवै देश लाभान्वित हुने देखिन्छ । त्यसो हुँदा यसको निर्माण मोडालिटी, निर्माण अवधि, लाभ र लगानीको बाँडफाँट जस्ता विषयमा दुई देशले स्पष्ट रूपमा एकअर्कालाई बुझाउनुपर्छ । यसमा कर्मचारीको तहबाट मात्रै समाधान ननिक्लने हुँदा कूटनीतिक मिशन नै सञ्चालन गरिनु आवश्यक छ ।  अहिले केही आशा पलाएको अवस्था छ । यतिबेला भारतसँग निरन्तर कूटनीतिक तहमा नै वार्ता भइरहने हो भने उपलब्धि प्राप्त हुन सक्छ । भारतको भित्री इच्छा के हो त्यो बुझेर नेपालले आफ्नो पूर्ण कूटनीतिक र राजनीतिक शक्ति उपयोग गर्नुपर्छ । यसो गर्न नसक्ने हो भने दशकौं एउटै परियोजनालाई गिजोलिरहनु उपयुक्त हुँदैन ।

युक्रेनका लागि वार्ता र कूटनीतिक पहल गर्न मोदीको आग्रह

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनको हालको द्धन्द्ध समाधानका लागि वार्ता र कूटनीतिक प्रयास सँगसँगै गर्नुपर्ने बताउनुभएको छ । उहाँले युक्रेनमा हाल जारी रहेको समस्याको समाधानका लागि वार्ता र कूटनीतिक पहल जरुरी रहेको बताउनुभएको हो । हाल युरोप भ्रमणमा रहनुभएका प्रधानमन्त्री मोदीले मंगलबार डेनमार्कका आफ्ना समकक्षी मेट्टे फ्रेडरिक्सनसँगको वार्तापछि सो धारणा राख्नुभएको हो । डेनमार्कका आफ्ना …

युक्रेनका लागि वार्ता र कूटनीतिक पहल गर्न मोदीको आग्रह

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनको हालको द्वन्द्व समाधानका लागि वार्ता र कूटनीतिक प्रयास सँगसँगै गर्नुपर्ने बताएका छन्। उनले युक्रेनमा हाल जारी रहेको समस्याको समाधानका लागि वार्ता र कूटनीतिक पहल जरुरी रहेको बताए।

युक्रेनका लागि वार्ता र कूटनीतिक पहल गर्न मोदीको आग्रह

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनको हालको द्वन्द्व समाधानका लागि वार्ता र कूटनीतिक प्रयास सँगसँगै गर्नुपर्ने बताएका छन्। उनले युक्रेनमा हाल जारी रहेको समस्याको समाधानका लागि वार्ता र कूटनीतिक पहल जरुरी रहेको बताए।

युक्रेनका लागि वार्ता र कूटनीतिक पहल गर्न मोदीको आग्रह

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनको हालको द्वन्द्व समाधानका लागि वार्ता र कूटनीतिक प्रयास सँगसँगै गर्नुपर्ने बताएका छन्। उनले युक्रेनमा हाल जारी रहेको समस्याको समाधानका लागि वार्ता र कूटनीतिक पहल जरुरी रहेको बताए।

पूर्वगोर्खा सैनिकको समस्या समाधानमा कूटनीतिक पहल गर्न राणाको आग्रह

राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले बेलायती सरकारसँग वार्ता गरेर पूर्वगोर्खा सैनिकहरूको समस्या समाधानमा कूटनीतिक पहल गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार भेटेर सरकारको तहबाट समस्या समाधान...

गोर्खा सङ्गठनहरुद्वारा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

भूतपूर्व गोर्खा सैनिक सङ्गठनहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सेवानिवृत्त बेलायती गोर्खा सैनिकहरुको समस्यामा केन्द्रित रहेर ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा सङ्गठनहरूको संयुक्त प्राविधिक समितिमा गरिएको छलफलमा आधारित १३ बुँदे प्रतिवेदन लगायतलाई सम्बोधन गर्नका लागि बेलायत सरकारसँग कूटनीतिक पहल गर्न एक उच्चस्तरीय वार्ता समिति गठन गर्न माग गरिएको छ । त्यस्तै भूतपूर्व गोर्खा सैनिकका विषयमा नेपाल तथा बेलायत सरकारबीच भएका पत्राचार, अन्य सूचना र तत्सम्बन्धमा नेपाल सरकारको आधिकारिक धारणासमेत अविलम्ब सार्वजनिक गर्न माग गरिएको छ ।

सीमा विवादबारे भारतसँग उच्चस्तरीय वार्ता गर्ने सरकारको तयारी

काठमाण्डाै – सरकारले कालापानी, लिपुलेक र लिम्पियाधूराका विषयमा उठेका प्रश्नबारे तत्काल भारतसँग कूटनीतिक पहल गर्ने भएको छ । शनिबारको सर्वपक्षीय बैठकमा राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताको विषयमा अभूतपूर्व राष्ट्रिय सहमति कायम भएको भन्दै सरकारले उच्चस्तरीय वार्ताको पहल गर्ने बताएको हो । सङ्घीय संसद्मा प्रतिनि...

यही अवस्थामा अमेरिकासँग वार्ता सम्भावना छैन : इरान

इरानका राष्ट्रपति हसन रौहानी वर्तमान् राजनीतिक अवस्थामा संयुक्त राज्य अमेरिकासँग वार्ता हुनसक्ने सम्भावना नरहेको बताएको तस्निम न्यूज एजेन्सीले मंगलबार बताएको छ।     अमेरिकासँगको विवादास्पद विषयमा इरानी कूटनीतिक पहल जारी राखेको बताउँदै इरान अमेरिकासँग यही अवस्थामा वार्ता गर्ने पक्षमा नरहेको राष्ट्रपति रौ...

अमेरिका–उत्तर कोरिया विवादः ‘वार्ता प्रयास जारी रहन्छ’

अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले उत्तर कोरियाली संकट समाधानका लागि अन्तिम अवस्थासम्म पनि कूटनीतिक पहल जारी राख्ने बताएका छन् । साथै उनले राष्ट्रपति डोनाल्ड ट्रम्प पनि यसका लागि प्रयासरत रहेको दाबी गरे ।