पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देशमा बढ्दो बलात्कारका घटनालाई नियन्त्रण गर्न कडा कानुन बनाउने घोषणा गरे अनुसार बलात्कारीलाई नपुंसक बनाउने कानुन पारित गरेको छ । पाकिस्तानमा महिला र बालिकामाथि बलात्कारका घटना उल्लेख्य रूपमा बढेको देखिएपछि कडा कानुन लागु गर्न सरकारमाथि दबाब बढ्दै गएपछि त्यहाँको संसद्ले बलात्कारका दोषीलाई औषधि खुवाएर नपुंसक बनाइने कानुन पारित गरेको हो । …