चट्टानी पहिरोको जोखिममा छाप्राक गाउँ

स्याङ्जा । स्याङ्जाको वालिङ–२ मा अवस्थित ‘छाप्राक’ गाउँ चट्टानी पहिरोको जोखिममा छ । उच्च जोखिममा रहेका १७ परिवारले आफूहरूलाई स्थानान्तरण गरिदिन माग गर्दै वडा कार्यालयमा निवेदनसमेत दिएका छन् । यो दलित समुदायको बाक्लो बस्ती भएको गाउँ हो । गाउँमाथि चट्टानै चट्टानको राते पहरो छ । यही पहराका कारण छाप्राक गाउँ जोखिममा छ । गाउँलेको एउटै […] The post चट्टानी पहिरोको जोखिममा छाप्राक गाउँ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

सल्यानका दर्जनौं बस्ती बाढीपहिरोको जोखिममा

सल्यान । सल्यानका दर्जनौं बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार जिल्लाका तीन नगरपालिका र सात गाउँपालिकाका अधिकांश बस्ती बाढी पहिरोको जोखिममा रहेका हुन् । जिल्ला विपद् व्यवस्थापन समिति सल्यानले निर्माण गरेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार जिल्लाको तल्लो भेगका बस्तीमा बाढीको जोखिम बढेको छ । कालिमाटी गाउँपालिकाको काप्रेचौर, कालिमाटी काल्चे, कालिमाटी रामपुर क्षेत्र बाढीको उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईंले जानकारी दिइन् । उनका अनुसार जिल्लाको माथिल्लो क्षेत्रमा भने पहिरोको जोखिम छ । भौगोलिक भूबनोट तथा भिरालो जमीनका कारण माथिल्लो क्षेत्र पहिरोको उच्च जोखिममा रहेको उनको भनाइ छ । यस्तै कपुरकोट गाउँपालिकाका धनवाङ र सिनवाङ क्षेत्र, छत्रेश्वरी गाउँपालिकाको कोर्वाङ झिम्पे क्षेत्र, सिद्धकुमाख गाउँपालिकाको सिद्धेश्वरी क्षेत्र, बागचौर नगरपालिकाको बाफुखोला क्षेत्र, कुमाख गाउँपालिकाका मर्मपरिकाँडा, स्वीकोट, कालागाउँ क्षेत्र र बन्गाड कुपिण्डे नगरपालिकाका निगालचुँला, घाँजरीपिपल लगायत क्षेत्र पहिरोको उच्च जोखिममा छन् । प्रमुख जिल्ला अधिकारी होमागाईंले वर्षात् भइरहेको र बाढीपहिरोको जोखिमको समय नजिकिँदै गएकाले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरेर अगाडि बढेको बताइन् । ‘प्राविधिक जनशक्ति र स्रोतसाधनको अभाव छ, हामीले योजना तयार पार्ने हो, यसको कार्यान्वयनका लागि मूलतः स्थानीय तह नै सक्रिय बन्नुपर्छ,’ उनले भनिन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जिल्लाका प्रत्येक पालिकाले विपद् प्रतिकार्य योजना तयार पारेर अगाडि बढ्ने निर्णय गरेको छ । यस्तै प्रत्येक वडामा १६ प्रकारका विपद् रोकथाम, नियन्त्रण तथा उद्धार सम्बन्धी सामग्रीको व्यवस्था गर्ने र सबै क्षेत्रसँगको समन्वय र सहकार्यमार्फत अगाडि बढ्ने निर्णय गरेको छ । बाढीपहिरोको उच्च जोखिममा परेका बस्ती स्थानान्तरण गरिनुपर्ने आवाज समेत उठ्ने गरेको छ । केही घरपरिवार उच्च जोखिममा भए पनि सरकारले बस्ती स्थानान्तरणका लागि कुनै पहल नगरेको सरोकारवालाको भनाइ छ । गाउँ–गाउँमा डोजरमार्फत सडक खन्दा पनि पहिरोको जोखिम बढेको छ । बाढीपहिरोले जिल्लामा वर्षेनि करोडौंको क्षति हुने गरेको छ ।

पहिरोको जोखिममा रुवीभ्यालीका गाउँ (फोटो फिचर)

धादिङ : अविरल वर्षा पछि उत्तरी धादिङको रुबीभ्याली गाउँपालिकाका अधिकांश गाउँ पहिरोको जोखिममा परेको छ। वडा नम्बर २ का सिम्पले, दक्दुङ, सेर्तुङ, चालिसे, वडा नम्बर ५ का कपुरगाउँ, हेम्दुङ, नेवेर र वडा नम्बर ६ को तिरमा रहेका बस्तीहरु पहिरोको जोखिम परेको हो। २०७२ सालको भूकम्पपछि सरकारले ती बस्तीहरुलाई रेड जोनमा राखेको थियो...

संखुवासभाकाे साप्तेलमा पहिरोको जोखिम

संखुवासभा : उत्तरी क्षेत्रको  सिलिचोङ गाउँपालिका ३ ताम्कु साप्तेल गाउँ पहिरोको जोखिममा परेको छ। गत मंसिर ३ गते दिउँसो गएको साप्तेल गाउँ तान्दै सुख्खा पहिरो झरेको थियो।   साप्तेलमा जब सिमसिम पानी पर्न थाल्छ तब साप्तेलवासी नागरिकहरुमा डर त्रास फैलिन्छ। यति मात्र होइन मुटुमा ढ्याङ्ग्रो बज्न थाल्छ यसको एक मात्र कारण ह...