बाढीपहिरो अपडेट : ११ को मृत्यु, २५ बेपत्ता

मनसुन प्रवेशसँगै परेको भारी वर्षापछि आएको बाढी, पहिरो र हावा हुरीका कारण मुलुकका विभिन्न जिल्लामा ११ जनाको मृत्यु भएको छ । जेठ ३१ देखि आज अपरान्हसम्म ७ जनाको मृत्यु भएकोमा साँझ थप चार जनाको शव फेला परेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बाढीपहिरोमा परेर सिन्धुपाल्चोकमा तीन, बाजुरा, गोरखा, पाल्पा, डोटी, जुम्ला, अर्घाखाँची, कास्की र काभ्रेमा एक–एक जनाको मृत्यु भएको हो । यस्तै विभिन्न जिल्लामा अहिलेसम्म २५ जना हराइरहेका छन् । प्राप्त विवरणअनुसार सिन्धुपाल्चोकमा १५ जना सम्पर्