पर्वत : मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ स्थित काग खोलामा रहेको पुल अविरल वर्षासँगै आएको बाढीले बगायो। कागबेनीबाट पारी पट्टी रहेको तथा सवारीको पहुँच विस्तार नभएको गाउँ हो तिरी।कागबेनीबाट तिरी गाउँलाई जोड्ने पुल नै बगेपछि तिरी गाउँ र कागबेनी आउजाउ गर्न करिब चार घण्टा पैदल यात्रा गरेर जानुपर्ने बाध्यता थियो। सिधै जान काग खोला तर्न सकिँदैन। घुमेर जाँदा पाङलिङ, फल्याक, लगायतका गाउँहरू हुँदै निकै घुमेर जानुपर्ने अवस्था थियो। त्यो घुमाउरो बाटो पैदल यात्राका लागि समेत अप्ठ्यारो भएकोले