नेपाल एयरलाइन्सलाई प्राधिकरणको कारबाही, दिल्ली उडान संख्या कटौती

काठमाडौँ – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को भारतको नयाँदिल्लीको उडान कटौती भएको छ। नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सको आइतबार विहान तय भएको दिल्ली उडान कटौती गरेको हो। भारतका तीन गन्तव्यमा उडान गरिरहेको नेपाल एयरलाइन्सलाई कारबाहीस्वरुप नयाँ दिल्ली गन्तव्यको उडान सङ्ख्यामा केही कटौती भएको निगमको वाणिज्य विभागले जनाएको छ। नियामक नेपाल नागरिक […]

सम्बन्धित सामग्री

नेवानिको दिल्ली उडान तालिका कटौतीको मारमा यात्रु, दुई उडान रद्द

१४ कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगमले भारतको राजधानी नयाँ दिल्लीमा गर्दै आएको उडान संख्या नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट कटौती हुँदा त्यसको मारमा यात्रु परेका छन् । नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार आइतबार एउटा उडान कटौती भएको थियो । जसमा २५६ जना यात्रुले उडान गर्ने तयारी थियो । आइतबार गन्तव्य स्थान […]

नेपाल एयरलाइन्सलाई प्राधिकरणको कारबाही, दिल्ली उडान संख्या कटौती

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को भारतको नयाँँ दिल्लीको उडान कटौती गरिएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सको आइतबार बिहान तय भएको दिल्ली उडान कटौती गरेको हो । भारतका तीन गन्तव्यमा उडान गरिरहेको नेपाल एयरलाइन्सलाई कारबाहीस्वरूप नयाँ दिल्ली गन्तव्यको उडान संख्यामा केही कटौती गरिएको निगमको...

२५४ जना यात्रु लिएर दिल्ली उड्न लागेको नेपाल एयरलाइन्सको जहाज किन रोकियो ?

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले नेपाल वायुसेवा निगमको दिल्ली उडान रोकिदिएको छ । २५४ जना यात्रु लिएर नयाँदिल्ली उड्न लागेको निगमको वाइडबडीको आरए–२१७ उडान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले रोकिदिएको हो । नागरिक उड्डयन प्राधिकरण (क्यान)ले निगमको उडान संख्या कटौती गरेपछि आज दिउँसो हुने निगमको दिल्ली उडान रोकिएको हो । प्राधिकरणले अन्तराष्ट्रिय उडानको तालिका स्वीकृत गर्ने क्रममा अक्टोबर ३० देखि मार्च २७ सम्मको तालिका अनुसार निगमको आइतबार र शुक्रबार दिउँसो १ः४५ बजे हुने काठमाडौँ–दिल्ली उडान कटौती गरेपछि आजको उडान रोकिएको हो । प्राधिकरणले निगमलाई भैरहवा विमानस्थलबाट पनि उडान सुरु गर्न भनेको तर, त्यहाँ यात्रु नभएका कारण निगमले उडान गर्न नसकेपछि भैरहवाबाट उडान नगरेको भन्दै प्राधिकरणले काठमाडौँ–दिल्ली सातामा सातै उडान हुँदै आएकोमा २ वटा उडान कटौती गरिदिएको हो ।ब्यापार नहुने भन्दै नेपाल एयरलाइन्ससहित हिमालयन एयरलाइन्सले भैरहवाबाट उडान गर्न मानिरहेका छैनन् । उसो त यात्रु घटेको भन्दै भैरहवाबाट उडान गरिरहेको जजीरा एयरलाइन्सले पनि उडान संख्या घटाएर सातामा ३ उडान मात्रै गर्न थालेको छ । यात्रु संख्या क्रमशः घटिरहेको दाबी गर्दै उक्त एयरलाइन्स कम्पनीले यही क्रम जारी रहे उडान नै बन्द गर्नुपर्ने अवस्था आउन सक्ने पनि बताइसकेको छ ।