कोसोभोको संसद् बैठकमा सांसदबीच कुटाकुट

कोसोभोको संसद् बैठकमा सांसदहरूबीच कुटाकुट भएको छ । उत्तरी क्षेत्रका सर्बियन आदिवासीको मुद्दामा संसद् बैठकमा भइरहेको छलफलका क्रममा प्रधानमन्त्री एल्विन कुर्तीले बोलिरहेको बेला विपक्षी सांसदले पानी छ्यापेपछि कुटाकुट भएको हो । सांसदबीचको कुटाकुट रोक्न प्रहरी नै परिचालन गरिएको थियो । प्रधानमन्त्री कुर्तीलाई सुरक्षा घेराबाट बाहिर निकालिएको थियो ।  कुटाकुटपछि संसद् बैठक दुई घन्टाका लागि स्थगित भएको थियो । 

सम्बन्धित सामग्री

जोर्डनको संसदमा सांसदबीच कुटाकुट, उपसभामुख भुइँमा ढले

काठमाडौं :  जोर्डनको संसदमा सांसदहरूबीच हात कुटाकुट भएको छ। विवाद र चर्काचर्कीपछि सत्ता पक्ष र विपक्षी सांसदहरुबीच भवनभित्र कुटाकुट भएको हो। सभामुखले उपसभामुखलाई सदन छोड्न भनेपछि विवाद चर्किएको थियो।संसद् भवनभित्र भएको विवादबारे सामाजिक सञ्जालमा राखिएका भिडियोमा सांसदहरू एक अर्कालाई मुक्का हानेको तथा उपसभामुख भुइँमा ढलेको देखिन्छन्। उपसभामुख ढलेपछि केही सांसदहरूले होहल्ला गरेका थिए।संविधान संशोधनको प्रस्तावबारे भएको छलफलमा एक सांसदले अस्वाभाविक मन्तव्य दिएपछि सांसदहरूबीच चर्क