राष्ट्रिय सुरक्षा र प्रतिरक्षा प्रणालीलाई सबल बनाइने : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा र प्रतिरक्षा प्रणालीलाई सबल बनाउने बताएका छन्। आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले भने, “सीमा क्षेत्रका थप स्थानहरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट स्थापना गरिनेछ।” हवाई तथा स्थल मार्गबाट आवतजावत गर्ने विदेशी नागरिकको अभिलेख व्यवस्थित गरिने उनले जनाए। सुरक्षाकर्मीहरुको सुरक्षा सम्बन्धमा विशेष ध्यान दिइने उनले बताए।

सम्बन्धित सामग्री

सेनालाई विवादमा तान्न खोजियो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संकिर्ण स्वार्थका लागि समय समयमा नेपाली सेनालाई अनावश्यक ढंगले विवादमा तान्ने गरिएको बताएका छन् ।राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको वार्षिकोत्सवको अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सेनालाई विवादमा तान्नका लागि हुने गरेका प्रयासहरुप्रति सजग र सर्तक रहन पनि सबैलाई आग्रह गरे । कानुन उलंघन भए सम्बन्धित निकायले हेर्ने भएकाले […]

नेपाली सेनालाई विवादमा घिसार्ने काम अनुचित : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई विवादमा घिसार्ने काम अनुचित भएको बताएका छन्। राष्ट्रिय सुरक्षा परिषदको २० औं वार्षिक उत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले भने,‘आफ्ना संकिर्ण स्वार्थका लागि नेपाली सेनालाई अनावश्यक ढंगले विवादमा तान्न खोज्ने, अपमान वा प्रोभोक गर्न खोज्ने लगायत विभिन्नखालमा प्रवृत्तिहरु देखिन्छ।’ प्रधानमन्त्री ओलीले नेपाली…

नेपाल शान्तिकाे नयाँ युगमा प्रवेश गरेकाे छ - प्रधानमन्त्री ओली

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कुनै प्रकारको अशान्ति नरहेको बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालले २० औँ स्थापना दिवसका अवसरमा बुधवार सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा परिषद्का अध्यक्षसमेत रहनुभएका ओलीले नेपाल अब विकास र सुशासनको बाटामा अघि बढेको बताउनुभयो । हिंसाको बाटामा हिँडेकालाई शान्तिको मूलाधारमा ल्याउन आफ्नो सरकार सफल भएको जनाउँदै उहाँले पृथकतावादी सोचलाई समेत टुङ्ग्याएको बताउनुभयो । ‘हामी राष्ट्रिय एकताको भावका साथ अघि बढेका छौँ’, प्रधानमन्त्री ओलीले ...

नेपालमा अब कुनै प्रकारको अशान्ति छैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कुनै प्रकारको अशान्ति नरहेको बताएका छन्। राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयद्वारा २०औँ स्थापना दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष ओलीले नेपाल अब विकास र सुशासनको बाट...

राष्ट्रिय सुरक्षाको बलियो किल्ला जनता हुन् : प्रधानमन्त्री ओली :: Pahilopost.com

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राष्ट्रिय सुरक्षाको प्रश्न उन्नतस्तरमा पुगेको बताएका छन्।  राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको आज आयोजित १७ वार्षिकोत्सव समारोहमा ओलीले नागरिक, देश र स्वाभिमानलगायत समग्र सुरक्षासम्बन्धी अवधारणामा आज नेपाल उन्नतस्तरमा पुगेको स्पष्ट पारे।  राष्ट्रिय सुरक्षा र विकासको प्रश्नमा जनताको अवधारणा र मानसिकता के छ भन्ने कुरा