प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डता र सुरक्षामा ‘धावा’ बोल्नेमाथि सरकारले कडा नीति लिने बताएका छन्। राष्ट्रिय सुरक्षा परिषद्को १७ औं सचिवालय बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्। प्रधानमन्त्री ओलीले कहिले जनताका नाममा ,कहिले जातिका नाममा आतंक मच्चाउनेहरूलाई नछोडिने चेतावनी दिए। ‘राष्ट्र निर्माणको महाअभियानमा लागेका बेला यसलाई विभिन्न नाममा अवरोध…