धनगढी उपमहानगरपालिका– ३ चटकपुर र कञ्चनपुरको राजघाट हुँदै बग्छ, मोहना नदी । नदीमाथि एउटा पक्की पुल निर्माणाधीन अवस्थामा छ ।
अहिले हैन त्यो पुल ७ वर्ष अघिदेखि निर्माण भइरहेको हो तर अझै पूर्णता पाउन भने सकेको छैन । नदीमा पुल नहुँदा आवत–जावत गर्न स्थानीयलाई निकै सास्ती हुन्छ ।
‘नदी तरेको पैसा तिर्नुपर्छ’
निर्माणाधीन पुलको नजिकै नदीमाथि काठे पुल छ । त्यहाँको सामुदायिक वनले काठेपुलबाट नदी तरेबापत सर्वसाधारणबाट रकम लिन्छ । ओहोर–दोहोर गरेबापत प्रतिमोटरसाइकल २०, साइकल र प्रतिव्यक्ति १०...