निर्वाचनको परिणाम आएसँगै दलका कार्यालय रङ्गरोगन गरिँदै

काठमाडौं : सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भएसँगै राजनीतिक दलका लागि कार्यालय व्यवस्थापन, रङ्गरोगन र सरसफाइ सुरु गरेको छ।पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको नतिजाका आधारमा कार्यालय व्यवस्थापन गर्नुपर्ने दलको सङ्ख्या आकलन गरी संसद् सचिवालयले तयारी सुरु गरेको हो।कम्तीमा दुई सांसद रहेको दलले संसदीय दल खोल्न सक्ने कानुनी प्रावधान रहेकाले उनीहरुको दल गठन भएपछि सञ्चालनका लागि कार्यालय र स्थान उपलब्ध गराउने गृहकार्य सचिवालयले सुरु गरेको प्रव