मनी ट्रान्सफरमा लुटपाट, सञ्चालकमाथि गोली प्रहार, तीनजना पक्राउ

गौर : रौहतटमा मनी ट्रान्सफरमा लुटपाट भएको छ। रौतहटको परोहा नगरपालिका–९ खापचोकस्थित शिवम मनी ट्रान्सफरमा लुटपाट भएको हो।शुक्रबार दिउँसो मोटरसाइकलमा हतियारसहित आएका तीनजना लुटेराले मनी ट्रान्सफर सञ्चालकलाई धम्क्याउँदै लुटपाट गरेका हुन्। त्यस क्रममा लुटेराहरूले मनी ट्रान्सफरका सञ्चालक २६ वर्षीय नीतेश साहलाई गोली प्रहार गरेका छन्। गोली साहको कान छेडेर बाहिर निस्केको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी एलिजा गिरिले घटनाको पुष्टि गर्दै घाइतेलाई उपचारका लागि वीरगन

सम्बन्धित सामग्री

चोरी गरेपछि गोली प्रहार गरेर फरार भएका दुईजना पक्राउ

बुटवलः रुपन्देहीको बेलहिया बाइपासमा लुटपाट गरी एक व्यक्तिलाई गोली हानेर फरार भएका २ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ। गत साउन २९ गते रोहिणी गाउँपालिका १ मा बेलहिया बाइपास सडकमा रहेको न्यू सिद्धार्थ रेष्टुरेण्टमा लुटपाट गरेको र स्थानीय विकास गुरुङमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। पक्राउ…

जापानका पूर्व प्रधानमन्त्री आबेमाथि गोली प्रहार, उपचार चल्दै

जापानका पूर्व प्रधानमन्त्री सिन्जाे आबेमाथि गोली प्रहार भएको छ । नारा सहरमा भएको एक कार्यक्रममा भाषण दिइरहेको अवस्थामा पूर्व प्रधानमन्त्री आबेमाथि गोली प्रहार भएको जापानको एनएचके टीभीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । घटनास्थलमा रहेका एनएचकेका संवाददाताले आफूले गोली चलेको आवाज सुनेको र पूर्व प्रधानमन्त्री आबेको शरीर रगतले लतपतिएको देखेको बताएका खबरमा उल्लेख छ । सडकमा ढलेका आबेलाई अस्पताल लगिएको छ । गोली प्रहार गर्ने शङ्कास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

अमेरिकामा परेडमा गोली प्रहार गर्ने युवक पक्राउ

काठमाडौं । अमेरिकाको शिकागोमा साेमबार राष्ट्रिय स्वतन्त्रता दिवसमा परेडका क्रममा अन्धाधुन्ध गोली प्रहार गर्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । शिकागोको हाईल्याण्ड पार्कमा आयोजित परेडका दौरान गोली प्रहार गर्ने २२ वर्षीय युवक रोबर्ट इ क्राइमोलाई प्रहरीले पक्राउ गरेको हो । घटनामा ६ जनाको मृत्यु भएको थियो भने २४ जना घाइते भएका छन् । प्रहरीका अनुसार […]

अदालत परिसरमा काकीलाई गोली प्रहार गर्ने व्यक्ति पक्राउ

परासी । पश्चिम नवलपरासीको परासीमा गोली प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सरावल गाउँपालिका–४ मंगलापुरका २८ वर्षिय हंसराम यादव हुन् । उनले जिल्ला अदालतबाट करिब ५० मिटर पूर्वमा पर्ने व्यस्त सडकमा सोमबार दिउँसो आफ्नै ३४ वर्षिय काकी रोशनी यादवलाई गोली प्रहार गरेका थिए । हंसरामका बाबु र काकीबीच अदालतमा अंश मुद्दा चलेको […]

छिमेकीको घरमा गोली प्रहार गर्ने पक्राउ

काठमाडाैँ – छिमेकीको घरमा गोली प्रहार गरेको घटनामा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ। प्रहरीले छिमेकीको घरमा गोली प्रहार गर्ने पर्साएको सखुवा प्रसौनी गाउँपालिका-१ औराहा टोल बस्ने २७ वर्षका सल्टु महतोलाई पक्राउ गरेको हो। बिहीबार राति औराहा टोल बस्ने मंगलबहादुर भ्लोनको घरबाहिर गोली पड्किँदा उनको बाँसको टाटीमा गोली प्रवेश गरी घरभित्र […]

आफ्नै साथीलाई गोली प्रहार गर्ने पक्राउ

जनकपुरधाम : धनुषामा आफ्नै साथीलाई गोली प्रहार गरी फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ शिवपुर बस्ने २५ वर्षीय रुपेश यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। यादवले शनिबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१९ शिवपुरस्थित आफ्नो मामाको घरमा बस्दै आएका १८ वर्षीय मुकेश मुखियालाई गोली हानेर फरार भएका थिए। मुकेश धनुषाको कमला नगरपालिका वडा नम्बर-८ घर भई हाल मामा घरमा बस्दै आएका थिए। धनुषाका प्रहरी उपरीक्षक वसन्

आफ्नै साथीलाई गोली प्रहार गरेको आरोपमा एक युवक पक्राउ

जनकपुरधाम । धनुषामा आफ्नै साथीलाई गोली प्रहार गरी फरार रहेका युवकलाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–१९ शिवपुरस्थित मामाको घरमा बस्दै आएका कमला नगरपालिका–८ निवासी १८ वर्षीय मुकेश मुखियामाथि शनिबार राति गोली प्रहार भएको थियो । मुखियामाथि गोली प्रहार गरेको आरोपमा जनकपुरधाम १९ कै रुपेश यादवलाई नियन्त्रणमा लिइएको धनुषा प्रहरीले जनाएको छ । यादवलाई […]

आफ्नै साथीमाथि गोली प्रहार गर्ने युवक पक्राउ

जनकपुरधाम– आफ्नै साथीमाथि गोली प्रहार गर्ने जनकपुरधामका एक युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका १९ बेंगा शिवपुरका रुपेश यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए। शनिबार राति कमला नगरपालिका ८ घर भई जनकपुरधाम १९ मा आफ्नो मामाको घरमा बस्दै आएका १८ वर्षीय मुकेश मुखियामाथि गोली […]

पोखरा गोलीकाण्ड : ‘मनोजमाथि गोली प्रहार गर्ने व्यक्ति पक्राउ’

कास्की ।  गत माघ २३ गते पोखराको महतगौडामा पर्वतका मनोज विकमाथि गोली प्रहार गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पर्वत मोदी ८ चित्रे घर भई पोखराको कार्की तहरा बस्दै आएका विक माथि गोली प्रहार गरेको आरोपमा प्रहरीले बाराको बरियारपुर ४५ वर्षीय राजकिशोर पाण्डेलाई पक्राउ गरेको हो । पाण्डेलाई पोखराको सिम्पानीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए । उनी पोखरामा मेटल सम्बन्धी काम गर्दै आएका थिए ।पाण्डेको साथबाट ७.६५ एमएमको ३ राउण्ड गोली, पर्स र ए

महोत्तरीमा गोली प्रहार घटनाका अभियुक्त पक्राउ

२६ चैत, जनकपुरधाम । महोत्तरीमा चैत १८ गते गोली प्रहार गरी फरार भएका बर्दिबास नगरपालिका–३ का ३० बर्षीय सन्तोष यादव पक्राउ परेका छन् । औरही नगरपालिका–४ मा बर्दिवास नगरपालिका–१ का रोशन कोइरालामाथि गोली प्रहार गरेको आरोपमा उनी पक्राउ परेका हुन् । मोटरसाइकलमा घरतर्फ गइरहेका कोइरालाको हात र काखीमा दुई गोली लागेको थियो । यादवलाई विशेष […]