युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले युवाहरू स्वरोजगार हुनुपर्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गहतराजले रोजगारीको मात्र उद्देश्य नराखी स्वरोजगार हुने प्रयास गर्नुपर्ने बताएका हुन् । अरूको अधीनमा रहेर रोजगार गर्नुभन्दा आफ्नै क्षमताले स्वरोजगार हुन बढी लाभदायी हुने उल्लेख गर्दै मन्त्री गहतराजले भने, “रोजगार होइन स्वरोजगार हुने प्रयास गरौँ ।” राष्ट्रिय युवा परिषद् र आइडिया स्टुडियो नेपालको साझेदारीमा सञ्चालित “युवा नवप्रवर्तन/इन्