घर ठडियो, ऋण थपियो

तीन हिउँद र बर्खा टहरामा गुजारेका भूकम्पपीडितले अझै पनि घामपानी छेक्ने ओत भेट्न सकेका छैनन् । भूकम्प गएको तीन वर्ष पुग्न लाग्दा बल्ल पीडितहरुले सुरक्षित बासको जोहो गर्न थालेका छन् । पीडितले सरकारी अनुदानसँगै ऋण लिएर सुरक्षित घर बनाइरहेका छन् । केहीले ऋणमै घर ठड्याइसकेका छन्।

सम्बन्धित सामग्री

एक वर्ष थपियो पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको समय

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्नका लागि एक वर्ष समय थप गरिएको छ । राष्ट्रिय गौरवको योजनाअन्तर्गत विमानस्थल २०२१ जुलाई १० मा सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोेभिड–१९ का कारण समयमै निर्माण कार्य सम्पन्न गर्न समस्या भएपछि २०२२ को जुलाई १० सम्म समय थप गरिएको आयोजना प्रमुख विनेश मुनंकर्मीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,  ‘हामीले समयमै सम्पन्न गर्नका लागि द्रुत गतिमा काम गरेका छौँ तर कोभिड–१९ को कारण बाहिरबाट ल्याउनुपर्ने जनशक्ति र केही इक्युपमेन्टको कारणले समय धकेलिन पुग्यो ।’ उहाँले विमानस्थल सञ्चालनका लागि विमानस्थल पूर्वमा रहेको अग्लो डाँडा र ल्याण्डफिल साइड हटाउने कार्य पनि समस्याको रूपमा रहेको र यसबारेमा पनि कार्य अघि बढेको जानकारी दिनुभयो ।        उहाँका अनुसार विमानस्थल निर्माणका लागि ७०० जति जनशक्ति रहेकामा अहिले ४०० को हाराहारीले काम गरिरहेका छन् । चीनको सिएएमसी इञ्जिनीयरिङ कम्पनीले निर्माण कार्यको जिम्मा पाएको सो विमानस्थल कूल रु २२ अर्ब चिनियाँ ऋण सहयोगमा सन् २०१७ को नोभेम्बर महिनादेखि शुरू भएको थियो ।  सन् २०२१ जुलाई १० सम्म सक्ने गरी सम्झौता भएको थियो ।  आयोजनाका इञ्जिनीयर मिनराज ओझाका अनुसार हालसम्म विमानस्थलको ८२ प्रतिशत काम सकिएको छ । फिनिसिङ, लाइट हाल्ने, इलेक्ट्रिफिकेसन, इक्युपमेन्ट जडान, पाइपलाइन बिच्छ्याउने तथा भित्री सडकका काम भइरहेका छन् । उहाँले हालसम्म रन वे, ट्याक्सी पार्किङ, टर्मिनल भवन, एप्रोन, टावर, नाला निर्माण, ह्याङ्गरसँगै रनवे लाइट, ट्याक्सी लाइट, एप्रोज लाइटलगायत १४ वटा संरचनाको फिनिसिङ कार्य भइरहेको जानकारी दिनुभयो ।      पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १४ हजार ६०० स्क्वायर मिटरमा बन्नेछ । आठ हजार ६०० स्क्वायर मिटर अन्तर्राष्ट्रिय उडानका लागि र छ हजार स्क्वायर मिटर आन्तरिक उडानका लागि गरी १४ हजार ६०० स्क्वायर मिटरको टर्मिनल भवन निर्माण हुन लागेको हो ।      पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि विसं २०३२ देखि अधिग्रहण गर्ने कार्य शुरु भएको र जम्मा तीन हजार १०६ रोपनी जग्गाको मुआब्जा दिई अधिग्रहण गरिएको थियो । त्यससँग आउटर पेरीफेरी रोड, ग्लाइड पथ, एप्रोज लाइट, मिटरोलोजिकल ¥याडर, घर स्टेशनको लागि जग्गा र घरटहरा अधिग्रहण कार्य भएको छ । विमानस्थलले जम्मा तीन हजार ७९९ रोपनी क्षेत्रफल चर्चेको छ ।  रासस

शारीरिक रुपमा अशक्त चौधरी दम्पतीको पीडा, ‘हाम्रो त कोही भएन’

इन्दु धामी, कञ्चनपुर । रामबहादुर चौधरी र मुन्नी चौधरी शारीरिक रुपमा अशक्त छन्। चौधरी दम्पती जन्मजात अशक्त भने होइनन्। केही वर्ष अगाडि होटेलमा मजदुरी गर्ने क्रममा रामबहादुरको खुट्टाको नसा च्यापियो। उनको समयमै उपचार हुन सकेन। त्यसैले उनी सधैँभरलाई अशक्त भएर बसे। उनकी श्रीमती मुन्नीको हविगत पनि उस्तै छ। अशक्त भएकै कारण चौधरी दम्पतीलाई समाजमा हेला गरिँदै आएको छ। चौधरी दम्पतीका ४ छोरी छन्। कान्छी छोरी विपना पनि अशक्त नै छिन्। आँगनमा खेल्ने क्रममा सानैमा उनको हात भाँचियो। खर्च अभावका कारण उनको उपचार हुन सकेन्। ‘उपचार गर्न धनगढी लगेँ, डाक्टरले अप्रेसन गर्नुपर्छ भने, अप्रेसनका लागि चाहिने खर्च म सित थिएन, ऋण खोज्न ढिला भयो’ मुन्नीले पीडा सुनाइन्। अस्पतालमै भएका बेला उनकी छोरी विपना कोरोना भाइरसबाट सङ्क्रमित बनिन्। चौधरी दम्पती माथि एक पछि अर्को पीडा थपियो। ‘कोरोना रिपोर्ट पोजेटिभ आएपछि डाक्टरले तत्काल उपचार हुँदैन भने, छोरीलाई घर ल्याउन बाध्य भयौँ’ मुन्नीले बिलौना गरिन्। अहिले ६ वर्षीया विपना डोरीको सहायताले घाँटीमा हात झुण्डयाउँदै घरमै बसेकी छिन्। उनी मानसिक सन्तुलन गुमाए जस्तै बनेकी छिन्। आर्थिक अवस्था निकै दयनीय भएका कारण चौधरी परिवारलाई छाक टार्न धौ धौ हुने गरेको छ। साँझ बिहान के खाउँ भन्ने भएको छ। नेपालको संविधानले नेपाली नागरिकलाई जुनसुकै अवस्थामा पनि बाँच्न पाउने तथा रोजगारीको हकको व्यवस्था गरेको छ। तर उक्त नियम चौधरी परिवारको हकमा भने छैन। ‘गाउँ गाँउमा सिंहदरबार आयो भन्छन्, तर हाम्रा लागि कहिल्यै आएन’ राम बहादुर चौधरीले भने, ‘शारीरिक अवस्थाका कारण मजदुरी गर्न सकिएन, कसरी जीविकोपार्जन गर्ने ?’ शारीरिक अशक्तता भएकै कारण जसले पनि भेदभाव गर्ने गरेको चौधरी दम्पतीको भोगाइ छ। संविधानमा लेखिएका कुरा कागजमै सिमित भएको रामबहादुर बताउँछन्। शारीरिक रुपमा अशक्त नागरिकले विभिन्न अधिकार पाएपनि आफूहरुले केही सहयोग नपाएको मुन्नीको गुनासो छ। समस्या लिएर वडा कार्यालयमा जाँदा सुनवाइ नभएको उनी बताउँछिन्। ‘अरुको सहाराका लागि सरकारी निकाय छ, हाम्रा लागि कोही भएन्’ मुन्नीले भनिन्, ‘हाम्रा लागि न नगरपालिकाले केही गर्यो, न त वडा कार्यालयले नै।’ निर्वाचनका बेला घर घर धाउका जनप्रतिनिधि अहिले ...

व्यवस्थापनमा चुक्दा आत्माहत्याको बाटो

धादिङ : काठमाडौं चन्द्रागिरी–४ थानकोटमा २० वर्षदेखि बस्दै आएका ३५ वर्षीय विनय लामिछाने केही दिनदेखि तनावमा थिए। स्थायी घर मकवानपुर चित्लाङ भएका विनयले शिक्षण पेसा छाडेर अनलाइनमार्फत व्यापार गर्दै आएका थिए। त्यसबाट नाफा नभएपछि ऋण थपियो। ऋणको बोझ थेग्न नसकेपछि उनले बिहीबार गलत बाटो रोजे। त्यही घटनामा उनले पत्नी जमुना...

पीडामाथि पीडा थपियो दर्जी परिवारमा

वालिङ (स्याङ्जा): स्याङ्जाको वालिङ नगरपालिका ८ दमाई डाँडाकी सुकमाया दर्जीको घर २०७२ वैशाखमा गएको भूकम्पले बस्नै नहुने गरी भत्कायो। कच्ची घर भए पनि बस्नै डर लाग्दो भएपछि त्यो घर भत्काएर दर्जीले दुई तले पक्की घर बनाइन्। गरिब परिवार जसोतसो ऋण गरेर घर बनाइन् सुकमायाले। घर बनाउन सुरु गर्दै गर्दा श्रीमान अर्की श्रीमती लिएर ...