रोजगारीका लागि भारत जानेको संख्या बढ्न थाल्यो

नेपाल–भारत सीमानाका जमुनाहा हुँदै भारत जाने नेपालीहरुको संख्या बढ्न थालेको छ । असारे खेतीबाली सकेर परिवारको आवश्यकता पूरा गर्न दैनिक हजारौं संख्यामा नेपाली नागरिक भारततर्फ जाँदै गरेको दृश्य जमुनाहा नाकामा देखिन थालेका हुन् । धान रोपाईं गरेर नेपालीहरु आयआर्जनका लागि दैनिक सयौंको संख्यामा भारत जाने गरेका छन् । धान रोपाईं गरिसकेपछि स्वदेशमा काम नपाउने र काम पएपनि उचित पारिश्रमीक नपाउने कारणले दैनिक नेपालीहरु भारत जान बाध्य भएका हुन् । नेपालभन्दा सहज र ज्याला पनि बढी भएको कारण भारत जाने न

सम्बन्धित सामग्री

घाम पर्यटनको सम्भावना: अफसिजनका लागि बन्न सक्छ विकल्प

नेपालमा घाम ताप्नुलाई दैनिक जीवनको अंग मानिन्छ । मानिसको शरीरलाई घाम आवश्यक पनि छ । तर, यही घाम ताप्न चाहने व्यक्तिहरूलाई सेवा दिने घाम पर्यटन अहिले चलनचल्तीमा आउन थालेको छ । समुद्रीकिनारमा बालुवामा पल्टँदै घामको सेवन गर्ने पर्यटन समुद्री मुलुकमा प्रचलनमा रहेको धेरै लामो समयदेखि नै हो । तर, अहिले हिमाली वा पर्वतीय क्षेत्रमा पनि घाम ताप्ने वा सेवन गर्ने पर्यटन बढ्न थालेको छ । गर्मी याममा तराई वा गर्मी प्रदेशका बासिन्दा पहाडी क्षेत्र अर्थात् हिलस्टेशनमा आउने पर्यटन पनि राम्रो सम्भावना बोकेको क्षेत्र हो, नेपालका लागि । तर, अहिले यी हिलस्टेशन नै पनि घाम पर्यटनका लागि उपयुक्त थलो बन्न थालेको पाइन्छ ।  घाम पर्यटन भन्नेबित्तिकै सूर्य, बालुवा र समुद्र (सन, स्यान्ड र सी) भन्ने सामान्य बुझाइ छ । यो क्षेत्रले यूरोपेली पर्यटनमा ६० प्रतिशत अंश ओगटेको छ । अमेरिकामा ४३ प्रतिशत र चीनमा ६८ प्रतिशत रहेको छ । यसका लागि यूरोपेली पर्यटकमध्ये धेरैको रोजाइमा अहिले थाइल्यान्ड पर्न थालेको छ । तर, पहाडी भूभागमा जाडोका दिनमा न्यानो घाम ताप्न रुचाउने पर्यटन पनि शुरू भएको छ । खासगरी भारतमा अहिले हिमाचललगायत हिलस्टेशनमा यस्तो पर्यटन बढ्न थालेको छ ।  नेपाल पनि यस्तो पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्छ । घामको किरणको बीचमा अग्ला चुचुरा अवलोकन गर्नुको छुट्टै आनन्द छ । त्यसैले घाम पर्यटन पर्यटन उद्योगमा लोकप्रिय प्रवृत्ति बन्दै गएको छ । सुन्दर परिदृश्य, प्रशस्त घामसहितको शान्त वातावरणमा रमाइलो गर्न राम्रो मौसम खोज्ने पर्यटकमाझ यो प्रचलन बढ्दो छ । र, नेपालमा यसको सम्भावना बढ्दो छ ।  घाम पर्यटनले हिमालका चुचुराहरूको अचम्मको सौन्दर्य पान गर्ने अवसर मात्र दिँदैन, घामको स्पर्श पाउने अचम्मको आनन्द पनि दिन सक्छ । घाम पर्यटनका कारण पर्यटक बढ्नुको फाइदा छ । नेपालको पर्यटनमा यसले विविधीकरण गर्न र अफसिजनमा पर्यटक बढाउन पनि मद्दत गर्छ । यसले स्थानीय बासिन्दाको आयस्रोत पनि बढाउँछ । त्यसैले सूर्य पर्यटनको बढ्दो लोकप्रियतासँगै यसले पर्यटकीय सिजनलाई विस्तार गर्न मद्दत गर्छ, जसले स्थानीयहरूलाई मद्दत गर्छ । सूर्यको उत्साहजनक न्यानोसँग मिलेर प्राकृतिक दृश्यहरूको मिश्रण खोज्ने पहाड हेर्न चाहने पर्यटकबीच सूर्य पर्यटन बढ्दो रूपमा लोकप्रिय हुँदै गएको छ । यसले हिमाल प्रेमीहरूलाई बाहिरी गतिविधिहरूको आनन्द लिन मात्र नभई पहाडहरूको घामले चुम्बन गरेको आभासलाई अँगाल्न अनुमति दिन्छ । पर्याप्त घामको आरामदायी अँगालोमा बेरिएर तिनीहरू चुचुरा, शान्त उपत्यका र रमणीय वनहरूको प्राकृतिक सौन्दर्यमा रमाउन सक्छन् । नेपालको मौसम तातो वा चिसो दुवै खोज्ने पर्यटकलाई आकर्षित गर्न सक्ने खालको छ । अमेरिका, क्यानडा, आइसल्यान्ड, नर्वे, स्वीडेन, डेनमार्क, फिनल्यान्ड आदि मुलुकमा यो बेला निकै चिसो हुन्छ । यसर्थ, त्यहाँका पर्यटकलाई घाम ताप्नका लागि नेपाल ल्याउने पर्यटन प्याकेज बनाउन सकिन्छ । घमाइलो मौसम भएका पहाडहरूमा पर्यटक ल्याएर घाम पर्यटन गराउन सकिन्छ । परम्परागत रूपमा स्कीइङ, स्नोबोर्डिङ र ट्रेकिङजस्ता गतिविधिसँग यसलाई जोड्न पनि सकिन्छ । यसले पर्यटन सिजन विस्तार गरेर, पहिले जाडो गतिविधिहरूमा धेरै निर्भर हुने व्यवसाय, आवास र सेवा प्रदायकहरूका लागि आम्दानी प्रदान गरेर स्थानीय अर्थतन्त्रमा योगदान पुर्‍याउँछ ।  घाम पर्यटनले प्राकृतिक स्रोतहरूको दीर्घकालीन संरक्षणको ग्यारेन्टी गर्दै संरक्षण प्रयास, पर्यावरण–मैत्री पूर्वाधार र जिम्मेवार पर्यटन अभ्यासजस्ता दिगो अभ्यासहरूलाई बढावा दिन्छ । यसले पहाडी क्षेत्रहरूमा पूर्वाधार विकासलाई अगाडि बढाउँछ, जसले यातायात, पहुँच र सुविधाहरूमा सुधार गर्छ । यसले पर्यटकीय अनुभवमा वृद्धि मात्र गर्दैन, रोजगारीका अवसरहरू सृजना गर्नुका साथै स्थानीय अर्थतन्त्रलाई पनि बढावा दिन्छ । पछिल्लो समय यस्ता पर्यटकको संख्या बढेको छ । आफ्नो मुलुक छोडेर अन्य मुलुकमा घुम्न निस्कने पर्यटकमध्ये केही प्रतिशत घाम ताप्नकै लागि निस्कने गरेको पाइन्छ । समुद्रको किनारमा घण्टौंसम्म घाम तापेर बस्ने गरेका विदेशीहरू हामीले देख्ने गरेका छौं । विदेशीहरू घामलाई बढी नै मान्यता दिने भएकाले उनीहरू परिवारसहित घुम्न निस्कन्छन् । नेपालमा छत, आँगन, चउर आदिमा घाम ताप्न मजाले पाइन्छ । त्यसो हुँदा यस्तो पनि पर्यटन हुन सक्छ र भन्ने कुरा आउन सक्छ । तर, नेपालकै तराई क्षेत्रका बासिन्दा घामका लागि पहाड जानुपर्ने अवस्था विगत केही वर्षदेखि देखिँदै आएको छ । तराईमा हुस्सु र शीतलहर चल्न थालेपछि घाम ताप्नकै लागि नजिकको पहाडमा जाने प्रवृत्ति बढ्दो छ । यसलाई आन्तरिक पर्यटनका लागि अवसरका रूपमा प्रयोग गर्न सकिन्छ ।  हिउँदको घाम त्यसै पनि न्यानो र प्यारो हुन्छ । कात्तिकदेखि फागुनसम्म धुम्म चिसोले कठ्याङ्ग्रिने उच्च पहाडमा त हिउँदे घाम मीठो हुने नै भयो । हिउँदका बेला तराईमा पनि हुस्सु र शीतलहरले थर्थरी कमाउँछ । यस्तो बेला घाम बेचेरै व्यवसाय चलाउन सकिन्छ । भेडेटार तराईका लागि गर्मी छल्ने ठाउँमात्र होइन, पारिलो घाम ताप्नका लागि पनि उत्तिकै प्यारो बनेको देखिन्छ ।  घाम पर्यटन घाम ताप्नमा मात्र सीमित हुँदैन । सूर्योदय र सूर्यास्तको मनमोहन दृश्य हेर्नु पनि घाम पर्यटनकै अंग मानिन्छ । नेपालमा सूर्योदयकै दृश्य हेर्नका लागि अन्तु डाँडा होस् वा नगरकोट वा साराङकोट आन्तरिक र बाह्य पर्यटकको घुइँचो लागिरहेकै हुन्छ ।  घाम पर्यटन घाम ताप्नमा मात्र सीमित हुँदैन । सूर्योदय र सूर्यास्तको मनमोहन दृश्य हेर्नु पनि घाम पर्यटनकै अंग मानिन्छ । नेपालमा सूर्योदयकै दृश्य हेर्नका लागि अन्तु डाँडामा होस् वा नगरकोट वा साराङकोट आन्तरिक र बाह्य पर्यटकको घुइँचो लागिरहेकै हुन्छ । त्यतिमात्र होइन, कतिपय रिसोर्टहरू घमाइलो स्थानमा खोलिएका छन् जसको सम्बन्ध घाम पर्यटनसँग नै देखिन्छ । पहाडको थुम्काहरूमा रिसोर्ट खोल्नुको एउटा प्रयोजन घाम पर्यटन नै हो । तर, यसलाई सीधै घाम पर्यटन भन्ने गरिएको छैन । यही नामबाट पर्यटन प्रवर्द्धन गर्ने हो भने यसमा नयाँ प्याकेज बन्न सक्ने देखिन्छ ।  नेपाल बाह्रै महीना घुम्न मिल्ने गन्तव्य बनाउन सकिन्छ । नेपालमा जाडोमा घाम ताप्ने पर्यटक धेरै ल्याउन सकिन्छ । यो बेला चिसो हुने मुलुकका नागरिकलाई नेपालमा भित्त्याउन सकिन्छ । नेपालको मौसम तातो वा चिसो दुवै खोज्ने पर्यटकलाई आकर्षित गर्न सक्ने खालको छ । अमेरिका, क्यानाडा, आइसल्यान्ड, नर्वे, स्वीडेन, डेनमार्क, फिनल्यान्ड आदि मुलुकमा यो बेला निकै चिसो हुन्छ । यसर्थ, त्यहाँका पर्यटकलाई घाम ताप्नका लागि नेपाल ल्याउने पर्यटन प्याकेज बनाउन सकिन्छ । जाडो याम नेपालका लागि पर्यटनको अफ सिजन हो । यस्तो अफ सिजनमा छूटका प्याकेज ल्याउन सकिन्छ । यसमा नेपाल पर्यटन बोर्डले प्रवर्द्धनात्मक कार्यक्रम ल्याउन आवश्यक छ । त्यस्तै निजीक्षेत्रले पनि यस्ता प्याकेज बनाएर प्रचार गर्नु जरुरी छ । अहिले पनि घाम पर्यटन नभएको होइन तर त्यसलाई ब्रान्डिङ गरेर बजारीकरण भने भएको छैन । यस्तो नयाँ प्रडक्टप्रति धनाढ्य पर्यटक आकर्षित हुन सक्छन् । त्यसमा घाम ताप्नुमात्र नभई आयुर्वेदिक मसाज र उपचार आदि पनि जोड्न सके अझ बढी प्रभावकारी हुन्छ । घाममा बस्नु शरीरका लागि आरामदायी मात्र होइन, स्वास्थ्यलाभका लागि पनि जरुरी छ ।  हिलस्टेशनलाई गर्मी छल्ने ठाउँका रूपमा मात्र प्रचार गर्ने गरिएको छ । त्यसो हुँदा जाडोमा यिनले कम व्यवसाय पाउँछन् । घाम पर्यटनको प्रचार गर्ने हो भने यिनले जाडो महीनामा पनि राम्रो व्यवसाय गर्न सक्छन् । यही जाडो महीनामा इलाममा प्रशस्त भारतीय पर्यटक देखिए तर भेडेटारमा भने खासै चहलपहल देखिएन । कारण भेडेटारले घामको प्रचार गरेको छैन । त्यसैले भारत र अन्य मुुलुकमा समेत घाम पर्यटनको प्रचारप्रसार जरुरी देखिएको छ । अहिलेसम्म घाम ताप्न नेपाल उत्कृष्ट छ भन्ने सन्देश प्रवाह गरिएको छैन ।  पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२४ को पहिलो महीना जनवरीमा ७९ हजार १ सय पर्यटक नेपाल आएको देखिन्छ । यो संख्या अघिल्लो वर्ष जनवरीको तुलनामा २४ हजार बढी हो । बोर्डको तथ्यांकअनुसार सबभन्दा धेरै भारतबाट २४ हजार १ सय ३९ पर्यटक यो समय नेपाल आएका छन् । यो समय घाम पर्यटनको हो । आएका पर्यटक घाम ताप्नकै लागि वा घमाइलो वातावरणमा विभिन्न पर्यटकीय गतिविधि गर्नकै लागि आएका हुन् वा होइनन् भन्ने तथ्यांक पाइँदैन । त्यसैले नेपालले घाम पर्यटनलाई ब्रान्डिङ गर्न ढिला भइसकेको छ ।  लेखक पर्यटन व्यवसायी हुन् ।

रोजगारीका लागि भारत जानेको संख्या बढ्न थाल्यो

नेपाल–भारत सीमानाका जमुनाहा हुँदै भारत जाने नेपालीको संख्या बढ्न थालेको छ ।असारे खेतीबाली सकेर परिवारको आश्यकता पूरा गर्न दैनिक हजारौं संख्यामा नेपाली नागरिक भारततर्फ जाँदै गरेको दृश्य जमुनाहा नाकामा देखिन थालेका हुन् । धान रोपाईं गरेर नेपालीहरु अयआर्जनका लागि दैनिक सयौंको संख्यामा भारत जाने गरेका छन् । धान रोपाईं गरिसकेपछि स्वदेशमा काम नपाउने र काम […]

रोपाईं सकिएपछि रोजगारीका लागि धमाधम भारत फर्किन थाले नेपालीहरु

काठमाडौं। नेपाल-भारत सीमानाका जमुनाहा हुँदै भारत जाने नेपालीहरुको संख्या बढ्न थालेको छ। असारे खेतीबाली सकेर परिवारको आश्यकता पूरा गर्न दैनिक

रोजगारीका लागि भारत जाने बढे

काठमाडौं । नेपाल–भारत सीमानाका जमुनाहा हुँदै भारत जाने नेपालीको संख्या बढ्न थालेको छ । असारे खेतीबाली सकेर परिवारको आवश्यकता पूरा गर्न दैनिक हजारौं संख्यामा नेपाली नागरिक भारततर्फ जाँदै गरेको दृश्य जमुनाहा नाकामा देखिन थालेका हुन् । धान रोपाईं गरेर नेपालीहरु आयआर्जनका लागि दैनिक सयौंको संख्यामा भारत जाने गरेका छन् । धान रोपाईं गरिसकेपछि स्वदेशमा काम […]

रोजगारीका लागि भारत जानेको संख्या बढ्न थाल्यो

काठमाडाैँ- नेपाल-भारत सीमानाका जमुनाहा हुँदै भारत जाने नेपालीहरूको संख्या बढ्न थालेको छ। असारे खेतीबाली सकेर परिवारको आश्यकता पूरा गर्न दैनिक सयाैँकाे संख्यामा नेपाली नागरिक भारततर्फ जाँदै गरेको दृश्य जमुनाहा नाकामा देखिन थालेका हुन्। धान रोपाइँ गरेर नेपालीहरू अयआर्जनका लागि दैनिक सयौँको संख्यामा भारत जाने गरेका छन्। धान रोपाइँ गरिसकेपछि स्वदेशमा काम नपाउने र काम पाए […]

रोजगारीका लागि भारत जानेको संख्या बढ्न थाल्यो

नेपाल–भारत सीमानाका जमुनाहा हुँदै भारत जाने नेपालीहरुको संख्या बढ्न थालेको छ। असारे खेतीबाली सकेर परिवारको आश्यकता पूरा गर्न दैनिक हजारौं संख्यामा नेपाली नागरिक भारततर्फ जाँदै गरेको दृश्य जमुनाहा नाकामा देखिन थालेका हुन्।...

रोपाईं सकिएपछि रोजगारीका लागि धमाधम भारत फर्किन थाले नेपालीहरु

काठमाडौं : नेपाल-भारत सीमानाका जमुनाहा हुँदै भारत जाने नेपालीहरुको संख्या बढ्न थालेको छ। असारे खेतीबाली सकेर परिवारको आश्यकता पूरा गर्न दैनिक हजारौँ संख्यामा नेपाली नागरिक भारततर्फ जाँदै गरेको दृश्य जमुनाहा नाकामा देखिन थालेको छ। धान रोपाईं गरेर नेपालीहरु अयआर्जनका लागि दैनिक सयौँको संख्यामा भारत जाने गरेका छन्। धान रोपाईं गरिसकेपछि…

रोजगारीका लागि भारत जानेको संख्या बढ्न थाल्यो

नेपाल–भारत सीमानाका जमुनाहा हुँदै भारत जाने नेपालीहरुको संख्या बढ्न थालेको छ ।  असारे खेतीबाली सकेर परिवारको आवश्यकता पूरा गर्न दैनिक हजारौं संख्यामा नेपाली नागरिक भारततर्फ जाँदै गरेको दृश्य जमुनाहा नाकामा देखिन थालेका हुन् । धान रोपाई गरेर नेपालीहरु आयआर्जनका लागि दैनिक सयौँको संख्यामा भारत जाने गरेका छन् । धान रोपाई गरिसकेपछि स्वदेशमा काम नपाउने र काम पाएपनि उचित पारिश्रमीक नपाउने कारणले दैनिक नेपालीहरु भारत जान बाध्य भएका हुन् । नेपाल भन्दा सहज र ज्याला पनि बढी भएको कारण भारत

रोजगारीका लागि भारत जानेहरूको संख्या फेरी बढ्यो : RajdhaniDaily.com

RajdhaniDaily.com |   धनगढी । कोरोना कहरकैबीच सुदूरपश्चिमका नाकाबाट रोजगारीको लागि भारत जानेहरूको संख्या बढ्न थालेको छ । भारतमा नेपालीहरूले काम गर्ने प्रमुख क्षेत्रहरू - काेराेना, भारत, राेजगार