नेपाल–भारत सीमानाका जमुनाहा हुँदै भारत जाने नेपालीहरुको संख्या बढ्न थालेको छ । असारे खेतीबाली सकेर परिवारको आवश्यकता पूरा गर्न दैनिक हजारौं संख्यामा नेपाली नागरिक भारततर्फ जाँदै गरेको दृश्य जमुनाहा नाकामा देखिन थालेका हुन् । धान रोपाई गरेर नेपालीहरु आयआर्जनका लागि दैनिक सयौँको संख्यामा भारत जाने गरेका छन् । धान रोपाई गरिसकेपछि स्वदेशमा काम नपाउने र काम पाएपनि उचित पारिश्रमीक नपाउने कारणले दैनिक नेपालीहरु भारत जान बाध्य भएका हुन् । नेपाल भन्दा सहज र ज्याला पनि बढी भएको कारण भारत