बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु गरेर चर्चा बटुल्छन्, कसैले आफ्नो स्टाइलका कारण। तर अहिले एक युवा भने कुनै फिल्म वा अभिनयका कारण होइन, बलिउडका सुपरस्टार सलमान खानसँग मिल्ने अनुहारका कारण सामाजिक सञ्जालमा चर्चाको केन्द्रमा पुगेका छन्। उनी हुन् चर्चित फिल्म निर्माता साजिद नाडियाडवाला र वर्धा खान नाडियाडवालाका कान्छा छोरा सुफयान […]
१९ असोज, सुर्खेत । कर्णाली प्रदेशमा आगामी १६ देखि २७ मंसिरसम्म दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता कर्णाली प्रदेशका अधिकांश जिल्लामा सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । प्रतियोगितामा महिला तथा पुरुषका …
काठमाडौँ । सडक बोर्ड नेपालले खाली रहेको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्न दरखास्त आह्वान गरेको छ । सडक बोर्ड ऐन, २०५८ को दफा २१ बमोजिम न्यूनतम योग्यता र अनुभव पुगेका इच्छुक व्यक्तिहरूलाई सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र रीतपूर्वक दरखास्त पेश गर्न सार्वजनिक सूचनामार्फत आह्वान गरिएको हो । दरखास्त बुझाउने अन्तिम दिन सार्वजनिक […]
भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित जगातिमा रहेको एक कवाडी गोदाममा सोमबार भीषण आगलागी भएको छ। गोदाममा अचानक सल्किएको आगो क्षणभरमै फैलिएको थियो। घटनालगत्तै जुद्ध वारुण यन्त्रका दमकल, स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोली घटनास्थल पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। आगलागीको कारण र त्यसबाट भएको क्षति विवरण आउन बाँकी छ।
इरानमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेर प्रति ब्यारेल १०० अमेरिकी डलर नाघेको छ। बजारमा इन्धनको भाउ आकासिएकै समयमा प्रमुख सात तेल निर्यातकर्ता मुलुकहरूले भने आगामी नोभेम्बर महिनामा आफ्नो उत्पादन बढाउनुको सट्टा यथावत् राख्ने सहमति गरेका छन्। पेट्रोलियम निर्यातकर्ता मुलुकहरूको सङ्गठन अन्तर्गतको ‘ओपेक प्लस’ उपसमूहका प्रमुख सात राष्ट्रहरू-साउदी अरेबिया, रुस, […]