कोरोना सङ्क्रमण घट्दो क्रममा

पछिल्लो समयमा कोभिड–१९ को सङ्क्रमण घट्दो क्रममा रहेको छ । पछिल्लो २४ घन्टामा पीसीआर र एन्टिजेन विधिबाट कूल तीन हजार ९३२ को नमूना परीक्षण गर्दा १३९ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।     योसँगै नेपालमा कूल सङ्क्रममितको सङ्ख्या आठ लाख १४ हजार ४१७ पुगेको छ । सो अवधिमा ६४९ सङ्क्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजार १४४ रहेको छ ।

सम्बन्धित सामग्री

२६ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । कोरोना भाइरस सङ्क्रमण निरन्तर घट्दो क्रममा रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार पाँच हजार १९२ मा कोरोना परीक्षण गर्दा २६ जनामा सङ्क्रमण पुष्टि भएको उल्लेख छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १४६ रहेको छ । पछिल्लो समयमा ७७ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त […]

प्रदेश नं १ मा कोरोना सङ्क्रमण घट्दो क्रममा

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा १५, मोरङमा चार, झापामा दुई र उदयपुरमा एक जनामा सङ्क्रमण देखिएको हो।...

भारतमा कोरोना सङ्क्रमण दर घट्दो

नयाँ दिल्ली । भारतको मुख्य शहरहरुमा कोरोना भाइरस सङ्क्रमण घट्दो क्रममा रहेको छ । भारतको दिल्ली, गुजरात, महाराष्ट्र जस्ता मुख्य शहरहरुमा पछिल्लो समय कोरोना सङ्क्रमण दर घटिरहेको छ ।

भारतमा कोरोना सङ्क्रमण दर घट्दो

नयाँ दिल्ली । भारतको मुख्य शहरहरुमा कोरोना भाइरस सङ्क्रमण घट्दो क्रममा रहेको छ । भारतको दिल्ली, गुजरात, महाराष्ट्र जस्ता मुख्य शहरहरुमा पछिल्लो समय कोरोना सङ्क्रमण दर घटिरहेको छ ।

थप २४ सय २८ जनामा कोरोना सङ्क्रमण, सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार नाघ्यो !

काठमाण्डाै - पछिल्लो २४ घण्टामा थप २४ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।१० हजार एक पीसीआर परीक्षणमा २३ सय ६५ र चार सय ४७ एन्टिजेन परीक्षणमा ६३ जना गरेर २४ घण्टामै २४ सय २८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।आज थपिएकासहित नेपालमा कोरोना पुष्टि हुनेको सङ्ख्या दुई लाख ९२ हजार एक सय ५२ पुगेको छ । यस्तै थप दुई सय ५२ जना निको भएसँगै अहिलेसम्म दुई लाख ७६ हजार तीन सय ४५ जना सङ्क्रमणमुक्त भएका छन् । यसैबीच कोरोना सङ्क्रमण हुने दर बढ्दो र निको हुने दर घट्दो क्रममा रहँदा सक्रिय सङ्क्रमितक...