चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले खेलक्षेत्रको विकासका लागि खेलाडीलाई व्यावसायिक बनाउन आवश्यक रहेको बताएका छन् । जिल्ला खेलकुद विकास समितिले आइतबारदेखि नारायणी नदी किनारमा आयोजना गरेको बृहत् खेलकुद तथा व्यापारिक महोत्सवको उद्घाटन गर्दै उनले खेलाडीहरूलाई व्यावसायिक बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । महोत्सवलाई टेलिफोनबाट सम्बोधन गर्दै उनले खेल क्षेत्रको विकास गर्न सके राज्यको विकास […]
काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनाका साथै यसलाई निःशुल्क गर्नेतर्फ नीतिगत पहलकदमी आवश्यक भएको बताएकी छन्। वैदेशिक रोजगार बोर्डको १८औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले वैदेशिक रोजगारीलाई पारदर्शी, सम्मानजनक बनाउन अपरिहार्य भएको बताइन् । साथै उनले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको परिवारमा सम्मानजनक एकीकरण तथा सामाजिक सुरक्षा सुनिश्चित गर्नेतर्फ अग्रसर हुन बोर्डलाई […]
महामन्त्री गगन थापाले पुस १९ देखि १९ गतेसम्मको प्रस्तावको ‘काउन्टर’मा सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि २९ गतेसम्मको अर्को मिति प्रस्तावित गरेका छन्।
काठमाडौँ। चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त गरिएको छ। काठमाडौँको गणेशस्थानमा आज (मंगलबार) यो चलचित्रको शुभमुहूर्त गरिएको हो। शुभमुहूर्तमा चलचित्रका अधिकांश कलाकार पुगेका थिए। वसन्त निरौलाले निर्देशन गर्ने चलचित्रमा हरिवंश आचार्य, सीताराम कट्टेल (धुर्मुस), जितु नेपाल र सागर लम्साल (बले) रहनेछन्। यी कलाकार नै यो चलचित्रका मुख्य पात्र हुन्। ‘पाँच पाण्डव’को भूमिकामा यी कलाकार रहनेछन्। चलचित्र नामअनुसारकै […]
नेपाल राष्ट्र बैंकका ११ जना कार्यकारी निर्देशकहरूको जिम्मेवारी हेरफेर भएको छ । गभर्नर विश्वनाथ पौडेलले बुधबारदेखि कार्यान्वयन हुने गरी ११ कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरेका हुन् ।