काठमाडौँ । सार्वजनिक प्रशासन तथा शासकीय व्यवस्थासम्बन्धी दक्षिण एसियाली अन्तर्राष्ट्रिय सम्मेलन बुधबारदेखि ललितपुरमा सुरु हुने भएको छ । कात्तिक १८ देखि २० गतेसम्म नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा सञ्चालन हुने सम्मेलनमा करिब १५ देशका तीन सयभन्दा बढी प्रतिनिधि तथा अनुसन्धानकर्ताको सहभागिता अपेक्षा गरिएको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, सार्वजनिक प्रशासन संघ नेपाल र दक्षिण […]
एजेन्सी– दक्षिणी युक्रेनमा मानवीय सहायता लिन भेला भएका मानिसहरूलाई लक्षित गरी रुसले गरेको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या मंगलबार २९ पुगेको छ भने ४८ जना अझै बेपत्ता छन् । यसैबीच, रुसले रातभर युक्रेनका विभिन्न क्षेत्रमा विद्युत् केन्द्रलाई लक्षित गरी आक्रमण गर्दा अस्पतालहरूमा क्षति पुगेको छ भने दर्जनौँ मानिस घाइते भएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका […]
काठमाडौँ, १७ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले समाजलाई अति दलीयकरणबाट मुक्त गर्न आग्रह गर्दै यस कार्यमा समाजिक सङ्घसंस्थाको भूमिका अहम हुने बताएका छन् । आज सुनसरीमा तरहरा जेसीस सप्ताहको उद्घाटन गर्दै उनले सबैतिर राजनीतिकरण एवं दलीयकरणको दबदबाले अपेक्षति सामाजिक विकास हुन नसकेको औँल्याए । अहिलेको समाज विस्तारै दलीयकरणतर्फ […]
काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरुचे क्षेत्रमा मंगलबार बिहान दुईवटा हेलिकप्टर अवतरणका क्रममा एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने दुई पाइलट र एक न्युजिल्यान्डका नागरिक गरी तीन जना घाइते भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार मंगलबार नेपाली समयअनुसार बिहान ८:१२ बजे एयर डाइनेस्टीको ९एन-एओडीर फिस्टेल एयरको […]
दमौली (तनहुँ), १७ कात्तिक । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशय क्षेत्रमा रहेका रुख कटानका लागि प्रक्रिया सुरु गरिएको छ । यसका लागि आयोजनाले जलाशय क्षेत्रभित्र पर्ने २५ वटा सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिसँग पहिलो चरणको परामर्श बैठक गरेको छ । डिभिजन वन कार्यालय तनहुँको समन्वयमा आयोजित बैठकमा जलाशय क्षेत्रमा रहेका रुखको […]
मन्त्रिपरिषद्ले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको हकप्रद सेयरमा नेपाल सरकारले थप लगानी गर्न सहमति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयअन्तर्गतको उक्त प्रस्ताव स्वीकृत गरेको हो । यसैबीच सरकारले सडक सुधारका लागि एसियाली विकास बैंक (एडीबी) बाट प्राप्त हुने २८ करोड ५० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण र २ करोड अमेरिकी डलर अनुदान स्वीकार […]