अस्ट्रेलियाका महान क्रिकेटर सेन वार्नको निधन

अस्ट्रेलियाका महान् लेग स्पिनर सेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण वार्नको निधन भएको बीबीसीले जनाएको हो । वार्नले आफ्नो १५ वर्षे करियरमा टेस्ट क्रिकेटका १४५ खेलमा सर्वाधिक दोस्रो ७०८ विकेट लिएका थिए । उनले सन् १९९९ को एकदिवसीय विश्वकपको उपाधि पनि जितेका थिए । एकदिवसीय क्रिकेटमा उनले १९४ खेलमा २९३ विकेट लिन सफल भएका थिए । सन् २००७ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका उनले सन् २०१३ सम्म फ्रेन्जाइजी टी २० क्रिकेट खेलेका थिए ।इंग्ल्याण्डका ब्याट्सम्यान माइक ग्या

सम्बन्धित सामग्री

जिम्बावेका क्रिकेटर हिथ स्ट्रीकको निधन

जिम्बावेका अलराउन्डर हिथ स्ट्रीकको निधन भएको छ। जिम्बावे क्रिकेट टोलीका पूर्वकप्तान तथा अनुभवी अलराउन्डर स्ट्रीकको ४९ वर्षको उमेरमा मंगलबार निधन भएको हाे। उनी लामो समयदेखि क्यान्सरबाट पीडित थिए। स्ट्रीकले जिम्बावेका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा ६५ टेस्ट र १८९ एकदिवसीय खेल खेलेका छन्। स्ट्रीकको निधनमा शोक व्यक्त गर्दै पूर्वभारतीय क्रिकेटर वीरेन्द्र सहवागले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा […]

विश्वकै सफल क्रिकेटर शेन वार्नको ५२ वर्षको उमेरमा निधन

काठमाण्डाै - विश्वकै सफल क्रिकेटर अस्ट्रेलियाका शेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ । उनको हिजो थाइल्यान्डमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अस्ट्रेलिया क्रिकेटका अर्का पूर्व खेलाडी रड मार्सको निधन भएको केही घण्टापछि वार्नकाे पनि निधनको खबर आएको हो । वार्नलाई हृदयघात भएको हुनसक्ने अनुमान गरिएको छ । लेगस्पिनर वार्नले अस्ट्रेलियाबाट १ सय ४५ टेस्ट र १ सय ९४ ओडीआई खेलेका थिए । उनले टेस्टमा ७ सय ८ विकेट र ओडीआईमा २ सय ९३ विकेट लिएका थिए । टेस्टमा वार्न श्रीलङ्का स्पिनर मथैया मुरलीधरनको ८ सय विकेट...

क्रिकेटर शेन वार्नको निधन

काठमाडौं । अस्ट्रेलियाका लेजेन्ड लेग स्पिनर शेन वार्नको निधन भएको छ । विश्व क्रिकेटकै एक महान खेलाडी वार्नको ५२ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो । वार्नले टेस्ट क्रिकेटमा ७०८ विकेट लिएका थिए । टेस्ट क्रिकेटमा धेरै विकेट लिनेमा वार्न दोस्रो स्थानमा छन् । १५ वर्षको खेलाडी जीवनमा उनले १४५ खेल खेलेका थिए । […]

रहेनन् अष्ट्रेलियन पूर्व क्रिकेटर शेन वार्न

काठमाडौँ । अस्ट्रेलियाका लिजेन्ड क्रिकेटर शेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ । वार्नको अष्ट्रेलियन समय अनुसार शनिवार बिहान थाइल्यान्डको कोह समुइमा निधन भएको वार्नको व्यवस्थापन सम्बन्धी संस्थाले जारी गरेको संक्षिप्त विज्ञप्तिमा उल्लेख छ । जारी सूचना अनुसार उनको हृदयाघातका कारण निधन भएको आशङ्का गरिएको छ । ‘उनी आफ्नै निवासमा अचेत अवस्थामा भेटिएका थिए […]

क्रिकेटर शेन वार्नको मृत्यु

सिड्नी : अष्ट्रेलियाका पूर्व क्रिकेटर शेन वार्नको ५२ वर्षको उमेरमा शुक्रबार निधन भएको छ। फक्स स्पोर्ट्सका अनुसार हृदयघातका कारण उनको मृत्यु भएको आशंका गरिएको छ।उनका व्यवस्थापकले स्पिन लिजेन्ड शेन वार्नको थाइल्याण्डमा निधन भएको बताएका छन्। व्यवस्थापकका अनुसार थाइल्याण्डको कोह समुईमा अचानक हृदयघातका कारण उनको मृत्यु भएको थियो।विज्ञप्तिमा भनिएको छ, 'शेन आफ्नो निवासमा अचेत अवस्थामा फेला परेका थिए र चिकित्सकको उत्कृष्ट प्रयास हुँदाहुँदै पनि बचाउन सकिएन।'यो समयमा परिवारले एकान्त खोजे

विश्व चर्चित क्रिकेटर सेन वार्नको निधन

एजेन्सी– विश्व चर्चित अष्ट्रेलियन क्रिकेटर सेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ । लेग स्पिनर वार्न थाइल्याण्डमा रहेका बेला अचेत भेटिएका थिए । उनको मेडिकल टिमले धेरै प्रयास गर्दा पनि होस आउन नसकेपछि मृत घोषणा गरिएको थियो ।  वार्नले १५ वर्षे क्रिकेट करियरमा टेस्ट क्रिकेटका १४५ खेलमा सर्वाधिक दोस्रो ७०८ विकेट लिएका थिए । […]

अस्ट्रेलियाका महान क्रिकेटर शेन वार्नको हृदयघातका कारण निधन

अस्ट्रेलियन क्रिकेट लिजेन्ट तथा महान लेग स्पिनर शेन वार्नको ५२ बर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण उनको थाइल्यान्डमा मृत्यु भएको बताइएको छ । वार्नको व्यवस्थापनले जारी गरेको छोटो विज्ञप्तीमा ‘चिकित्सकहरुले धेरै प्रयास गर्दा पनि उनलाई बचाउन सकिएन । उनको परिवारले यतिबेला गोपनियता राख्न अनुरोध गरेको छ । थप विवरण केहि समयमा उपलब्ध गराउँछौं […] The post अस्ट्रेलियाका महान क्रिकेटर शेन वार्नको हृदयघातका कारण निधन appeared first on राजधानी राष्ट्रिय दैनिक.

अष्ट्रेलियाका लिजेन्ड क्रिकेटर शेन वार्नको निधन

काठमाडौँ : लिजेन्ड क्रिकेटर शेन वार्नको निधन भएको छ । हृद्यघातका कारण ५२ वर्षको उमेरमा उनको निधन भएको फोक्स स्पोट्सले जनाएको छ । थाइल्याण्‍डमा रहेका वार्न अचानक गम्भीर बिरामी परेका बताइएकाे छ । उनी अचेत अवस्थामा रहेका र उपचारका लागि अस्‍पताल लगिएपनि हाेस् नआएपछि मृत घाेषणा गरिएकाे समाचारमा उल्लेख छ । उनले सन् १९९२ मा […]

बिख्यात क्रिकेटर सेन वार्नको आकस्मिक निधन

विश्वबिख्यात अष्ट्रेलियाली क्रिकेटर सेन वार्नको ५२ वर्षको उमेरमा शुक्रबार साँझ आकस्मिक निधन भएको छ। वार्नको व्यवस्थापकका अनुसार नेपाली समयअनुसार शुक्रबार साँझ उनको थाइल्यान्डमा निधन भएको फक्सस्पोर्ट्सले लेखेको छ। आफ्नो भिल्लामा अचेत अवस्थामा भेटिएका वार्नलाई तत्काल चिकित्सकीय सहयोग दिइए पनि उनलाई बचाउन नसकिएको उनको व्यवस्थापकले जानकारी दिएका छन्। परिवारले यसबारे थप जानकारी बिस्तारै गराउने बताएको छ।

भारतीय पूर्व क्रिकेटर यशपाल शर्माको निधन

एजेन्सी। भारतीय पूर्व क्रिकेटर यशपाल शर्माको निधन भएको छ। १९८३ मा भारतले विश्वकप जित्दा टोलीका महत्वपूर्ण सदस्य रहेका ६६ वर्षीय यशपालको मंगलबार बिहान ह्रदयघातका कारण निधन भएको जनाइएको छ। यशपालले १९७८ मा भारतबाट एकदिवशीय डेब्यु र इंग्ल्यान्डविरुद्ध लड्स मैदानमा १९७९ मा टेस्ट डेब्यु गरेका थिए। उनले भारतका लागि ३७ टेस्ट र ४२ एकदिवशीय क्रिकेट खेलेका थिए।