मछिन्द्र क्लब र श्रीलंकन क्लब ब्लु स्टारबीचको खेल दशरथ रंगशालामा हुने

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगको लिडर मछिन्द्र क्लब र श्रीलंकन क्लब ब्लु स्टारबीचको खेल दशरथ रंगशालामा हुने भएको छ। एसियन फुटबल कन्फिडरेसन (एएफसी)ले तय गरेको खेल तालिका अनुसार एएफसी कप छनोट अन्तर्गतको यो खेल अप्रिल ५ तारिखमा साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ। जारी ‘ए’ डिभिजन लिगको सातौँ चरणको…

सम्बन्धित सामग्री

मछिन्द्र क्लब आज भारतको मोहन बगानसँग भिड्दै

काठमाडौं, साउन ३१ । एएफसी कप छनोटअन्तर्गत आज मछिन्द्र क्लबले इन्डियन सुपर लिग क्लब (आईएसएल) मोहन बगान सुपर जायन्टस्‌सँग खेल्दैछ। एएफसी छनोटअन्तर्गत यसअघि भुटानको पारो एफसीलाई हराएको मछिन्द्रले आज मोहन बगानसँग खेल्न लागेको हो। खेल नेपाली समयानुसार राति ७ः १५ बजे कोलकताको साल्टलेक रंगशालामा सुरु हुनेछ। आजको विजेता टोलीले बंगलादेशको ढाका अवामी वा माल्दिभ्सको क्लब […]

च्याम्पियन बन्यो चर्च ब्वाइज, एएफसीमा खेल्न भने मछिन्द्र जाने

काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिगमा यो सिजनको च्याम्पियन बन्यो - चर्च ब्वाइज युनाइटेड। उपविजेता मछिन्द्र क्लब। लिग जितेपछिको फस्ट एटेम्प्ट गर्ने माथिल्लो खेल हो, एएफसीमा छनोट खेल। लिग च्याम्पियन स्वत: छनोट खेलमा भिड्न पाउँछन्। तर, यसपटकको च्याम्पियन बनेको चर्च ब्वाइज भने यो अवसरबाट बञ्चित हुने भएको छ। उसको साटो प्रतियोगितामा लिग उपविजेता बनेको मछिन्द्रले नै…

पहिलो हाफसम्म मछिन्द्रविरुद्ध ब्लू स्टार २–० ले अगाडि

काठमाडौँ–  एएफसी कप छनोट–२०२२ को प्लेअफअन्तर्गत यतिबेला नेपालको मछिन्द्र क्लब र श्रीलंकाको ब्लू स्टार क्लबबीच प्रतिस्पर्धा भइरहेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी प्रतिस्पर्धामा पहिलो हाफको खेल सकिँदा ब्लू स्टार २–० ले अगाडि छ। ब्लू स्टारका लागि खेलको २४ औँ मिनेटमा गोल गर्दै मोहम्मद इशानले आफ्नो टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसको तीन मिनेटमै सेनल सन्देशले […]

मछिन्द्र क्लब र श्रीलंकाको ब्लु स्टारबीचको खेलको तयारी पूरा

काठमाडौँ– मछिन्द्र फुटबल क्लब र श्रीलंकाको ब्लु स्टार क्लबबीचको खेलको तयारी पूरा भएको छ। शनिबार मछिन्द्र क्लबले पत्रकार सम्मेलन गरेर खेलको सबै तयारी पूरा भएको जानकारी दिएको हो। एएफसी कप छनौट–२०२२ को प्लेअफअन्तर्गत मछिन्द्र र ब्लू स्टारबीच मंगलबार प्रतिस्पर्धा हुँदैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। खेलको टिकट दर भीआईपीतर्फ एक हजार र सामान्यतर्फ पाँच सय […]

मछिन्द्र बन्यो ‘ए’ डिभिजन लिगको च्याम्पियन

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज सम्पन्न खेलमा सातदोबाटो युथ क्लबलाई हराएसँगै मछिन्द्र क्लब दुई खेल बाँकी छँदै लिगको च्याम्पियन बनेको हो। शीर्षस्थानमा रहेको मछिन्द्र क्लबको २९ अंक छ भने दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङदी क्लबको २० अंक छ। हेड-टू-हेडमा मछिन्द्र अघि रहँदा लिगको उपाधि सुनिश्चित गरेको हो।…

डाँगी प्रकरणमा आलोचना खेपेपछि एन्फाको तर्क : डाक्टर राखेका थियौं, शौचालय गएछन्

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबार मछिन्द्र क्लब र च्यासल युथ क्लबबीच खेल चलिरहँदा राष्ट्रिय टोलीका सदस्यसमेत रहेका मछिन्द्रका खेलाडी मनिष डाँगीले गम्भीर चोट बोक्न पुगे। खेलको ६५ औं मिनेटमा उनी मैदानमा यान्निक केच्चासँग ठोक्किएपछि मैदानमै ढलेर बेहोस भएका थिए। त्यहीँ उपचार दिएर उनलाई ब्लुक्रस अस्पताल लगिएको थियो।…

जितको दवाबमा पुलिस, मछिन्द्रलाई एएफसी कप छनोटको अवसर

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज एक खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दरशथ रंगशालामा हुने खेलमा लिगको साविक विजेता मछिन्द्र क्लब र नेपाल पुलिस क्लब साँझ पौने ५ बजे आमने सामने हुनेछन्। मछिन्द्र क्लबले ६ खेलबाट १४ अंक जोडेर तालिकाको शीर्षस्थानमा छ। एएफसी कप छनोट खेल्नका लागि मछिन्द्रलाई आजको खेलमा…

मछिन्द्र र पुलिसको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन लिगको तयारीका क्रममा रहेको मछिन्द्र क्लब र नेपाल पुलिस क्लबको मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकिएको छ । पुलिसका लागि रवी पासवानले गोल गर्दा मछिन्द्रका लागि देवेन्द्र तामाङले गोल गरे । साविक विजेता मछिन्द्र यस सिजन खेलाडी अनुबन्धनमा आक्रामक देखिएको छ । क्लबका लागि नुर्लान नोभ्रुजोभ, सादिग गुलिएभ र […]

शहीद स्मारक लिग : मछिन्द्र क्लब शीर्ष स्थानमा

शहीद स्मारक ‘ए’ डिभिजन लिगको छैटौँ चरणको खेल सकिनलाग्दा मछिन्द्र क्लब १३ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ । मछिन्द्रले हालसम्म छ खेलमध्ये चारमा जीत तथा चार खेल बराबरी खेलेको छ ।