गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । जसमध्ये दक्षिण एसियाली मुलुकका १२ हजार ६४५ र अन्य देशका २० हजार ३१८ पर्यटक रहेका छन् । गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष दुई हजार ४१६ पर्यटक बढी आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा. रविन कडरियाले बताए […]
पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी चारदिने चीन भ्रमण पूरा गरी सोमबार स्वदेश फर्किएकी छन्। उनी चीनको हेबोई प्रान्तस्थित स्योङआनमा आयोजित ‘ग्लोबल गभर्नेन्स फोरम’मा सहभागी भएकी थिइन्। अक्टोबर २३ देखि २५ सम्म चलेको फोरमलाई भण्डारीले सम्बोधन गरेकी थिइन्। कार्यक्रममा विभिन्न देशका राजनीतिक नेता, कूटनीतिज्ञ, व्यवसायी तथा सञ्चारमाध्यमका प्रतिनिधि सहभागी थिए। फोरममा बदलिँदो विश्व […]