४५ प्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न

०७२ को महाभूकम्पले भत्किएका ३ लाख ३७ हजार ३ सय १९ निजी आवास पुनर्निर्माण भएको छ । राष्ट्रिय पुनर्निर्माण

सम्बन्धित सामग्री

साढे २१ अर्ब खर्च हुँदा थपिए १ लाख निजी आवास

काठमाडौं (अस) । भूकम्पपछिको निजी आवास पुनर्निर्माणका क्रममा १ लाख ७ हजार ३५२ घर थपिएका छन् । गत आर्थिक वर्ष २०७७÷७८ मा निजी आवास निर्माणका लागि मात्रै २१ अर्ब ५३ करोड खर्च हुँदा ती संख्याका निजी आवास लाभग्राहीले निर्माण गरेका हुन् । यससँगै हालसम्म ६ लाख १५ हजार ४९३ निजी आवास बनेको मंगलवार आयोजना गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको वार्षिक समीक्षा गोष्ठी जानकारी दिइएको हो । गत आर्थिक वर्षमा ३१ हजार ३५९ लाभग्राही पहिचान भएका छन् भने ४१ हजार ७३८ हजारले अनुदान सम्झौता गरेका छन् । कोभिड महामारीलगायत समस्याकै बीच गत आर्थिक वर्षमा पुनर्निर्माणमा उल्लेख्य वित्तीय प्रगति भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए । उनका अनुसार निजी आवासतर्फ विनियोजित कुल बजेट २३ अर्ब ८४ करोडमध्ये २१ अर्ब ५६ करोड रुपैयाँ खर्च भएको छ । यद्यपि समग्रमा पुनर्निर्माण कार्यका लागि भने गत आवमा ७० अर्ब ३५ करोड ८७ लाख बजेट विनियोजन गरिएको थियो । त्यसमध्ये ७५ दशमलव ३० प्रतिशत अर्थात् ५२ अर्ब ९७ करोड रुपैयाँ खर्च भएको छ । गत आर्थिक वर्षमा सार्वजनिक तथा ऐतिहासिक संरचनाको पुनर्निर्माणमा पनि उल्लेख्य प्रगति भएको छ । ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण सम्पन्न भई कात्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गरिएको थियो भने सिंहदरबारको पश्चिमबाहेकका मोहडाहरू र धरहरा स्तम्भको पुनर्निर्माण पनि सम्पन्न भएको छ । गत आवमै काठमाडौं जमलस्थित ऐतिहासिक दरबार हाईस्कुलको पुनर्निर्माण सम्पन्न भएर अध्ययन–अध्यापन शुरू भएको छ । प्राधिकरणले यो अवधिमा ४६ हजार ३०० गुनासोकर्ताले प्राधिकरणको पुनरावेदन समितिसमक्ष लाभग्राही कायम गरिदिन निवेदन दिएको जानकारी दिएको छ । प्राधिकरणका अनुसार गत आवमा ४७ हजार ३८४ ले प्रथम किस्ता लिएका छन् भने ६९ हजार १० जनाले दोस्रो र ९२ हजार ५७८ ले तेस्रो किस्ता लिएका छन् । उक्त आर्थिक वर्षमा थप ५८९ ओटा विद्यालय, ५३ ओटा स्वास्थ्य संस्था, १३३ ओटा सांस्कृतिक सम्पदा र ९ ओटा सरकारी भवनको पुनर्निर्माण भएको गोष्ठीमा जानकारी दिइएको छ । यसै अवधिमा पुनर्निर्माण भइरहेका सुरक्षा निकायका ९ ओटा भवनको पनि पुनर्निर्माण सम्पन्न भएको छ । योसँगै प्राधिकरणबाट पुनर्निर्माण हुने निश्चित भएका सुरक्षा निकायका २१६ ओटै भवनको पुनर्निर्माण सकिएको छ । गोष्ठीमा ज्ञवालीले प्राधिकरणको बाँकी अवधिमा निजी आवास पुनर्निर्माण गर्न इच्छुक लाभग्राहीलाई सहजीकरण गर्दै निजी आवासका मूलभूत कार्य सम्पन्न गर्ने बताए ।

६ लाख ११ हजार २४१ वटा निजी आवास पुनर्निर्माण सम्पन्न

काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बिहीबारसम्म अनुदान सम्झौता गरेकामध्ये ६ लाख ११ हजार २४१ घरधुरीले निजी आवास पुनर्निर्माण सम्पन्न गरेको जानकारी दिएको छ। यो भनेको कूल अनुदान सम्झौता गर्नेको ७४.६८ प्रतिशत हो। हालसम्म ८ लाख १८ हजार ६२४ जना अनुदान सम्झौता गरेका छन्। हाल पुनर्निर्माण गरिरहेका लाभग्राहीको संख्या एक लाख ४६ हजार १५३ छ जुन अनुदान सम्झौता गरेकामध्ये १७.८६ प्रतिशत हो।

६ वर्षमा ३ हजार घर निर्माण

पर्वत, नेस भूकम्प गएको ६ वर्षमा पर्वतमा ३ हजार ४४४ निजी आवास पुनर्निर्माण सम्पन्न भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन, इकाई अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालयले निजी आवास पुनर्निर्माणको भौतिक प्रगति ८५ प्रतिशत र वित्तीय प्रगति ७७ प्रतिशत सम्पन्न भएको जनाएको छ । जिल्लामा भूकम्पले घर भत्किएको भन्दै अनुदान सम्झौता गर्नेको संख्या […]

४३ प्रतिशत निजी आवास निर्माण सम्पन्न

भक्तपुर । भक्तपुरमा भूकम्पपछिको निजी आवास निर्माण ४३ प्रतिशत सम्पन्न भएको छ । जिल्लामा पुनर्निर्माण गर्नुपर्ने २८ हजार ६५० र प्रबलीकरण गर्नुपर्ने ६५२ गरी कुल २९ हजार ३०२ लाभग्राही सूचीमा परे पनि हालसम्म १२ हजार ३३२ निजी आवास पुनर्निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका इञ्जिनियर भोजराज भट्टले जानकारी दिए ।       पुनर्निर्माणका लाभग्राहीमध्ये २५ हजार १५४ले अनुदान सम्झौता गरेका छन् । यसमध्ये २४ हजार १५४ले प्रथम किस्ता, १३ हजार १९६ले दोस्रो किस्ता र १२ हजार ३३२ लाभग्राहीले तेस्रो किस्ताको रकम लगेका उनले जानकारी दिए । उनका अनुसार प्रथम किस्ता ८८ प्रतिशत, दोस्रो किस्ता ४६ प्रतिशत र तेस्रो किस्ता लैजाने ४३ प्रतिशत रहेका छन् । पहिलो किस्ताको रु ५० हजार अनुदान लिएर पनि घर नबनाउनेको संख्या भने ११ हजार ८२२ रहेको छ ।      यस्तै पूर्णक्षति नभएको तर प्रबलीकरण गर्नुपर्ने निजी आवास अन्तर्गत प्रवलिकरण लाभग्राही सूचीमा रहेका ६५२ मध्ये ३८० जनाले मात्रै अनुदान सम्झौता गरेर प्रथम किस्ता लगेका छन् भने दोस्रो किस्ता लैजाने पाँच लाभग्राही मात्रै रहेका छन् । जिल्लाका चार नगरपालिकामध्ये सबभन्दा धेरै सूर्यविनायक नगरपालिकामा ५२ प्रतिशतले निजी आवास निर्माण सम्पन्न गरेका छन् । यस नगरपालिकामा पुनर्निर्माणका लागि सात हजार १३२ ले प्रथम किस्ता, चार हजार १७४ ले दोस्रो किस्ता र तीन हजार ९२४ले तेस्रो किस्ताको अनुदान रकम लगेका छन् । रासस

भक्तपुरका ४३% निजी आवास पुनर्निर्माण सम्पन्न

वैशाख १३, भक्तपुर । विनाशकारी भूकम्पको गएको ६ वर्ष बितेको छ । भूकम्पले भक्तपुर जिल्लाको निजी आवास पुनर्निर्माण ४३ प्रतिशत सम्पन्न भएको छ ।  सोे अवधिमा जिल्लामा ४३ प्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले जानकारी दिएको छ ।  भक्तपुर जिल्लामा पुनर्निर्माण गर्नुपर्ने २८ हजार ६५० र प्रवलीकरण गर्नुपर्ने ६५२ गरी कुल २९ हजार ३०२ लाभग्राही सूचीमा परेपनि हालसम्म १२ हजार ३३२ निजी आवास पुनर्निर्माण सम्पन्न गरेको कार्यालयका इञ्जिनियर भोजराज भट्टले जानकारी दिए ।  पुनर्निर्माण लाभग्राहीमध्ये २५ हजार १५४ले अनुदान सम्झौता गरेका छन् । यसमध्ये २४ हजार १५४ले प्रथम किस्ता, १३ हजार १९६ले दोस्रो किस्ता र १२ हजार ३३२ लाभग्राहीले तेस्रो किस्ताको रकम लगेका उनले जानकारी दिए । उका अनुसार प्रथम किस्ता ८८ प्रतिशत, दोस्रो किस्ता ४६ प्रतिशत र तेस्रो किस्ता लैजाने ४३ प्रतिशत रहेका छन् । पहिलो किस्ताको रू. ५० हजार अनुदान लिएर पनि घर नबनाउनेको संख्या भने ११ हजार ८२२ रहेको छ । यस्तै पूर्णक्षति नभएको तर प्रवलिकरण गर्नुपर्ने निजी आवास अन्तर्गत प्रवलिकरण लाभग्राही सूचीमा रहेका ६५२ मध्ये ३८० जनाले मात्रै अनुदान सम्झौता गरेर प्रथम किस्ता लगेका छन् भने दोस्रो किस्ता लैजाने ५ लाभग्राही मात्रै रहेका छन् ।   जिल्लाका चार नगरपालिकामध्ये सबभन्दा धेरै सूर्यविनायक नगरपालिकामा ५२ प्रतिशतले निजी आवास निर्माण सम्पन्न गरेका छन् । यस नगरपालिकामा पुनर्निर्माणका लागि सात हजार १३२ ले प्रथम किस्ता, चार हजार १७४ले दोस्रो किस्ता र तीन हजार ९२४ले तेस्रो किस्ताको अनुदान रकम लगेका छन् । भूकम्पमा सबभन्दा धेरै आवासमा क्षति पुगेको चाँगुनारायण नगरपालिकामा भने निजी आवास निर्माणमा ४८ प्रतिशत सम्पन्न भएको छ । सो नगरपालिका १० हजार १२२ ले प्रथम किस्ता, पाँच हजार ६६९ले दोस्रो किस्ता र ५ हजार २८७ ले तेस्रो किस्ता लिएका छन् । यस्तै सबभन्दा कम क्षति भएको मध्यपुरथिमि नगरपालिकामा ४१ प्रतिशतले मात्रै निजी आवास निर्माण गरेका छन् । यहाँका दुई हजार ९९ जनाले प्रथम किस्ता, ९९७ ले दोस्रो किस्ता र ९५९ तेस्रो किस्ताको अनुदान रकम लगेको जिल्ला कार्यालयका इञ्जिनियर भट्टले जानकारी दिए ।  भक्तपुर नगरपालिकामा भने निजी आवास निर्माणमा २८ प्रतिशत मात्रै सम्पन्न भएको छ । यहाँ ५ हजार ८०१ ले प्रथम किस्ता, दुई हजार ३५६ ले दोस्रो किस्ता र दुई हजार १६२ ले तेस्रो किस्ता रकम लगेका छन् ।  जग्गासम्बन्धी मुद्दा मामिला, घर झगडा, बहुस्वामित्वको विवाद, पूराना बस्तीमा जग्गाको क्षेत्रफल सानो, हरित क्षेत्रमा परेको, नगरपालिकाको मापदण्डअनुसार बाटो, जग्गा क्षेत्रफल र नक्सा नरहेको, नरहेकोजस्ता कारणले पुनर्निर्माणमा अझै समस्या आएको छ ।  समस्या समाधानका लागि कार्यालयले अनुगमन एवम् अन्तरक्रिया कार्यक्रम, जनप्रतिनिधीसँग छलफल, इन्सेकलगायत विभिन्न संस्थाले सार्वजनिक सुनुवाई गर्र्दै आएको छ । यसैगरी सम्पदातर्फ जिल्लामा कुल १९३ सम्पदामा क्षति भएकोमा भक्तपुरमा ९१ को नगरपालिकासमेतको लगानीमा पुनर्निर्माण सम्पन्न भएको, ४ ओटाको पुनर्निर्माण क्रम जारी रहेको र ६ ओटा पुनर्निर्माण हुने क्रममा रहेको छ ।  मध्यपुर थिमिभित्र २३ ओटा सम्पदामा क्षति पुगेकोमा ७ ओटाको पुनर्निर्माण भएको, दुई ओटाको काम भइरहेको र ४ ओटा पुनर्निर्माणको तयारीको क्रममा रहेको छ । त्यस्तै चाँगुनारायणमा १६ ओटा सम्पदामा क्षति पुगेकोमा १० ओटाको पुनर्निर्माण भएको, ४ ओटाको काम भइरहेको र थप चारको पुनर्निर्माणको तयारीमा रहेको छ ।  सूर्यविनायकमा भने २९ ओटा सम्पदामा क्षति पुगेकोमा ९ ओटा पुनर्निर्माण सम्पन्न भएको, दुई ओटा पुनर्निर्माण भइरहेको र ६ ओटा तयारीमा रहेको बताइएको छ । रासस

तनहुँमा ६९ प्रतिशत पुनर्निर्माण सम्पन्न

विसं २०७२ वैशाख १२ गते गएको भूकम्पको ६ वर्ष पूरा हुँदा तनहुँमा ६९ प्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ । जिल्लामा १४ हजार ८ सय ३७ निजी आवास पूर्ण क्षति भएकामा हालसम्म १० हजार तीन सय ५९ आवास पुननिर्माण सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई तनहुँले जनाएको छ ।  कार्यालयका अनुसार हालसम्म व्यास नगरपालिकामा एक हजार पाँच सय ६, भानु नगरपालिकामा तीन हजार दुई सय ८१, भीमाद नगरपालिकामा सात सय ९८,शुक्लागण्डकी नगरपालिकामा एक हजार तीन सय १३, बन्दीपुर गाउँपालिकामा सात सय ९१, आँबुखै...

सिन्धुपाल्चोकमा ९० प्रतिशत घर ठडिए

विनाशकारी भूकम्पमा सर्वाधिक क्षति बेहोरेको सिन्धुपाल्चोकमा झन्डै ९० प्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ।

भूकम्पले भत्काएका ९० प्रतिशत घर ठडिए

बिनासकारी भूकम्पबाट सर्वाधिक क्षति बेहोरेको सिन्धुपाल्चोकमा झण्डै ९० प्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ। पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) का अनुसार ८१ हजार सात सय तीन घर बनेका हुन्।

व्यक्तिगत आवास पुनर्निर्माणः साढे ८१ हजार घर बने

बिनासकारी भूकम्पबाट सर्वाधिक क्षति बेहोरेको सिन्धुपाल्चोकमा झण्डै ९० प्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ।

निजी आवास पुनर्निर्माणमा ८८ प्रतिशत प्रगति : प्राधिकरण

काठमाण्डौ - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणमा ८८ प्रतिशत प्रगति भएको जनाएको छ । प्राधिकरणले ४ लाख ९४ हजार ४४ अर्थात ६३ प्रतिशत लाभग्राहीको निजी आवास पुनर्निर्माण सम्पन्न भएको र थप १ लाख ९० हजार १ सय ४५ अर्थात २५ प्रतिशत लाभग्राही निजी आवास पुनर्निर्माणको चरणमा रहेको सहित समग्रमा ८८ प्रतिशत भएको जा...