काठमाडौँ – कतारमा जारी विश्वकप फुटबलमा दक्षिण कोरिया घानासँग स्तब्ध भएको छ। कतारको एजुकेशन सिटी स्टेडियममा सोमबार भएको खेलमा घानाले दक्षिण कोरियालाई ३–२ गोल अन्तरले पराजित गरेको हो। मोहम्मद सलिसुले खेलको २४ औँ मिनेटमा गोल गर्दै घानालाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसको १० मिनेटपछि खेलको ३४ औँ मिनेटमा मोहम्मद कुदुसले गोल गर्दै घानाको अग्रता दोब्बर […]